ट्रेंडिंग:

>> १३ दिनसम्म राष्ट्रपति कार्यालयमा पुगेन भूमि अध्यादेश >> महाधिवेशन उद्घाटन सत्रका लागि ओलीले पठाए पत्र >> पोखरा विमानस्थल अनियमितता प्रकरण : ५ पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध मुद्दा चलाउने निर्णय >> सेयर बजारका सबै सूचक घटे, ३ कम्पनीमा १० प्रतिशत मूल्य बढ्यो >> पूर्वराष्ट्रपति भण्डारी र प्रधानमन्त्री कार्कीबिच पहिलो भेटवार्ता >> कर्णालीले जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै >> मिराज ढुंगानाले मागे प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा >> एकैपटक १३ उपसचिव र १८ शाखा अधिकृत सरुवा >> जनार्दन शर्माको गृहजिल्लामा माओवादीको सम्पत्ति नेकपा र प्रलोपाको नाममा भागबण्डा गरियो >> मानव अधिकार आयोगमा एक वर्षमा १०५ वटा नयाँ उजुरी दर्ता >> प्रदीप अधिकारीसहितको मुद्दा दर्ताका लागि अख्तियारको तयारी >> सिंहदरबार अवलोकनमा पूर्वराष्ट्रपति भण्डारी, प्रधानमन्त्रीसँग भेटवार्ता पनि >> मलेखु–मुग्लिङ सडकखण्डमा २ बस एक आपसमा ठोक्किए >> लुम्बिनी निर्माण व्यवसायी संघले १८औँ निर्माण दिवस सामाजिक सेवासहित मनाउँदै >> गुल्मीमा यस वर्ष सुन्तला उत्पादनमा कमी >> एनसेल फाउन्डेसनले एनपीएलका चौका बापत दुई हजार बढी शैक्षिक सामग्री वितरण गर्ने >> देशकै नमुना तीन मुखे पुल हस्तान्तरण नै भएन >> ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु  >> बाँके र बर्दियालाई टुक्राउने षड्यन्त्रविरुद्ध थारु युवाहरु एकजुट >> क्यानका महानिर्देशक अधिकारीको भ्रष्टाचार मुद्दामा थुनछेक बहस >> प्रदीप ज्ञवाली भन्छन् : देश जलाउनेलाई नो भनौँ >> प्रत्यक्षतर्फ उम्मेदवार बन्न रास्वपाले तोक्यो २५ हजार शुल्क >> मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले गरे शपथ ग्रहण >> खजुरीको पफ बजारबाट फिर्ता लिन विभागको निर्देशन, ट्रान्स फ्याट मात्रा उच्च >> जसपा लुम्बिनी प्रदेशको नेतृत्वमा पठान >> मधेसका नवनियुक्त मुख्यमन्त्री यादवले शपथ लिँदै >> कोल्याटर बेचेर फाइदा उठाउने प्रवृत्ति करप्सन हो : गभर्नर पौडेल >> हेटौंडा बजार क्षेत्रमा ५ सयभन्दा बढी घर भत्काइयो >> सुनको मूल्य २०० रुपैयाँले घट्यो, चाँदीको कति ? >> गोकुल बास्कोटा भन्छन् : प्रतिनिधि छनोटमा पाखुरा सुर्किने प्रवृत्ति घातक >> जनार्दन शर्मालाई गृहजिल्लामा कार्यकर्ताहरुले देखाए कालोझण्डा >> ओली कुटीलाई लिएर शिक्षामन्त्री पुनको कटाक्ष- इञ्जिनियरलाई कारबाही गर्नुपर्छ >> दार्चुलामा ४.६ म्याग्निच्युडको भूकम्प >> रामग्रामका संघाराम क्षेत्रको पोखरी संरक्षणमा बौद्ध भिक्षुको चासो >> मिचाहा वनस्पतिको बिस्तारः संरक्षणमा चुनौती >> नेपाली आकाश सुरक्षित हुने कहिले ?  >> सुख्खा ग्रस्त गाउँमा हरियाली: शिक्षक दिलबहादुर बने प्रेरणाका स्रोत >> धानको रैथाने जात संरक्षण गर्दै गङ्गानारायण >> समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु >> सचेतना र गरिबीले गुम्दै आँखाको ज्योति >> नागरिकता नपाएर बाबु–छोरीको आत्महत्या, प्रधानमन्त्री कार्कीको सार्वजनिक माफी >> एनपीएलमा लिग चरणको अन्तिम खेल आज : जनकपुर र कर्णाली भिड्दै >> गोवाको नाइट क्लबमा सिलिन्डर विस्फोट : २३ जनाको मृत्यु >> इभी लहरः दाङमा नयाँ ट्रेन्ड >> मधेसबाट सुरु भएको नयाँ समीकरण बाँकी प्रदेशमा पनि अगाडि बढ्छ : प्रचण्ड >> चौरासीपूजामा ज्वाइँहरूको अनौठो सम्मान : ८४ वर्षीया केशरी पाण्डेको जीवनीसहितको पुस्तक विमोचन >> ओलीको प्रश्न– फेरि दलकै सरकार नबनेर हाहुकै भरमा चल्ने हो र ? >> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर >> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा
तिलोत्तमा मेयर कप क्रिकेट प्रतियोगिता २०७९

उदघाटन खेलमा वडा नं. १६ विजयी

२० पुष २०७९, बुधबार
२० पुष २०७९, बुधबार

बुटवल, २० पुस ।

तिलोत्तमा नगरका युवा खेलाडीहरुलाई प्लेटफर्म दिने उद्देश्यका साथ क्रिकेट प्रतियोगिता सुरु भएको छ । तिलोत्तमा नगरपालिकाको आयोजना तथा नवजिवन क्लबको सहआयोजनामा बुधबारदेखि प्रथम तिलोत्तमा मेयर कप क्रिकेट प्रतियोगिता २०७९ सुरु भएको हो ।

एक समारोहका बीच तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाँणले प्रतियोगिताको उदघाटन गर्दै युवा खेलाडीहरुलाई खेलमार्फत एकतावद्घ र प्रोत्साहन गर्ने रुपमा खेल गतिविधिलाई अघि बढाएको बताए । नगरमा आयोजना हुने प्रतियोगिता खेलाडी उत्पादनको आधार भएको भन्दै उनले नगरमा पूर्वाधार विकास गर्दै खेलकुद गतिविधिमा जोड दिएको बताए । ‘खेलकुद विकासमा पालिकाबाट बजेट विनियोजन गर्दै आएका छौ’– उनले भने ।
कार्यक्रममा उपप्रमुख जगेश्वरदेवी चौधरी, वडा नंं. ६ का वडाअध्यक्ष गणेश पाठक, क्लबका अध्यक्ष गोविन्द प्रसाद भुसालले नगरभित्र रहेका क्लब र संघहरुलाई जोड्दै दीर्घकालिन योजनावद्घका साथ अघि बढ्नुपर्ने बताए ।

कार्यक्रमका संयोजक प्रकाश न्यौपानेले पूर्वाधार सहितको मैदानमा क्रिकेट गतिविधिलाई जोड दिने रुपमा प्रतियोगिता गर्न लागेको बताए । प्रतियोगिताको उपाधि विजेताले नगद ५० हजार रुपैयाँ, कप, मेडल, प्रमाणपत्र तथा उपविजेता टिमले नगद २५ हजार रुपैयाँ, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने उनले बताए । यसैगरी प्रतियोगिताको प्लेयर अफ सिरिजलाई नगद १० हजार रुपैयाँ, कप, प्रमाणपत्र तथा उत्कृष्ट बलर, ब्याट्सम्यान नगद ५ हजार रुपैयाँ, कप, प्रमाणपत्रबाट पुरस्कृत गरिने उनले बताए । पुस २८ गतेसम्म संचालन हुने प्रतियोगिता आयोजना गर्न ५ लाख रुपैयाँ खर्च हुने अनुमान रहेको छ ।

नवजिवन खेलमैदानमा भएको उदघाटन खेलमा वडा नं. १६ ले विजयी सुरुवात गरेको छ । वडा नं. ८ माथि ६१ रनको जित निकाल्दै वडा नं. १६ विजयी भएको हो । वडा नं. ८ ले टस जितेर फिल्डिङ गर्ने निर्णय गरेपछि ब्याटिङ गर्न मैदान छिरेका वडा नं. १६ का ब्याट्सम्यानहरुले निर्धारित २० ओभरमा ८ विकेटको नोक्सानीमा १ सय २९ रनको लक्ष्य खडा गरेका थिए । वडा नं. १६ का अनुराग थापाले ४६, शम्भु थापाले २१ रनको योगदान दिएका थिए । खेलका वडा नं. ८ का निश्चल पराजुली र राहुल भण्डारीले समान ३–३ विकेट लिएका थिए । मध्यम लक्ष्य पछ्याएको वडा नं. ८ का ब्याट्सम्यानहरु १५.१ ओभरमा ६८ रनमा समेटियो । खेलमा आकाश बराईलीले १७ र सुमन ज्ञवालीले १५ रनबाहेक अन्य खेलाडीहरुले दोहोरो रन जोड्न सकेनन् । कम स्कोरमा रोक्न वडा नं १६ का सौभाग्य बश्याल, किशन भण्डारीले समान २–२ विकेट तथा अनुराग थापाले १ विकेट लिएका थिए । खेलमा वडा नं. १६ का अनुराग थापा म्यान अफ द म्याच घोषित हुँदै पुरस्कृत भए । तिलोत्तमा नगरका वडा नं १२, १५ बाहेक वडास्तरमा १५ टिमहरु प्रतिस्पर्धा गर्ने छन । विहीबार वडा नं. २ र ७, वडा नं ६ र १४ का बीचमा खेल हुने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?