ट्रेंडिंग:

>> गौतमबुद्ध विमानस्थलबाट कतारका लागि उडे खगेन्द्रप्रसाद र रुद्रकली हात्ती >> एमाले निर्वाचन : प्रतिनिधिहरूलाई टोकन लिएर ८ बजेभित्र होल्डिङ सेन्टर पुग्न आग्रह >> पाल्हीनन्दनबाट ४५ लाखको भेप बरामद >> जेनजी आन्दोलनमा सक्रिय ९ जना युवा बुटवलबाट रिहा >> बुटवलमा ठुलो धनराशिको राष्ट्रिय डेडलिफ्ट हुँदै >> उपहारस्वरुपका दुई हात्ती ल्याउन जहाज भैरहवामा आइपुग्यो >> इटालीका पहाडमा २१ करोड वर्ष पुराना डायनासोरका हजारौं पाइलाका छाप फेला >> अमेरिकाले थप ५ देशका नागरिकमाथि यात्रा प्रतिबन्ध लगायो >> एडीबीले नेपाललाई १४ अर्ब ५९ करोड रुपैयाँ बराबर सहुलियतपूर्ण ऋण दिने >> यू–१९ एशिया कप : अफगानिस्तानविरुद्ध नेपाल १ सय २४ रनमा अलआउट >> उपेक्षित उष्णप्रदेशीय रोग सरकारको बेवास्ताका कारण ओझेलमा  >> बुटवलमा १६औँ औद्योगिक प्रदर्शनीको पूर्वसन्ध्यामा जनचेतना -याली (फोटोफिचर) >> भेरी अस्पतालको गम्भीर लापरबाहीः मृत घोषणा गरिएको नवजात शिशु अन्त्येष्टिमा जीवित >> एमाले निर्वाचन : ४१५ मत खस्यो (अपडेट) >> देवराज लामालाई श्रम संस्कृति पार्टीले गर्‍यो निलम्बन >> चिरिबाबु महर्जन भन्छन् : जेनजीहरुले स्वर परिवर्तन गर्न थाले >> श्रमिकको योगदानबिना कुनै पनि विकास सम्भव छैन : केसी >> नयाँ जनभावनाअनुसारको सरकारलाई शक्ति हस्तान्तरण गर्न आतुर छु : प्रधानमन्त्री कार्की >> प्रतिनिधिसभा विघटनविरुद्ध कांग्रेसको रिटमा संवैधानिक इजलासमा सुनुवाइ हुँदै >> एमाले निर्वाचन नतिजा आजै राति सार्वजनिक हुन्छ : गौतम >> सुनको मूल्य घट्यो, चाँदी भने हालसम्मकै उच्च >> यू–१९ एसिया कप : अफगानिस्तानविरुद्ध नेपालको कमजोर सुरुवात >> लामिछानेविरुद्ध राहदानी दुरुपयोगसम्बन्धी मुद्दाको सुनुवाइ स्थगित >> एमाले निर्वाचन : अहिलेसम्म ३८० मत खस्यो, नतिजा आजै >> लामिछानेविरुद्ध राहदानी दुरुपयोगसम्बन्धी मुद्दाको पेसी आज >> अध्यक्षका दुवै र महासचिवका एक उम्मेदवारले हाले मत >> निर्वाचनको वातावरण बनाऊ  >> हुस्सु-कुहिरोले पश्चिम तराईको हवाई सेवा प्रभावित, भैरहवाको भिजिबिलिटी १०० मिटर मात्रै >> मन्दिरको भेटी दैनिक सार्वजनिक गर्न मेयरको निर्देशन  >> उम्मेदवारले घरदैलो गर्दा २५ जनाभन्दा धेरै कार्यकर्ता लान नपाउने, झण्डा १० वटा मात्रै प्रयोग गर्नुपर्ने >> १२ पास गरेर विवाह गर्ने छोरीलाई बिहे खर्च  !  >> २०८३ को पञ्चाङ्ग पहिलेकै अनुरूप निकाल्ने निर्णय >> एमालेको नयाँ नेतृत्व चयन गर्न आज चुनाव >> १६औँ कपिलवस्तु महोत्सव पुर्वमन्त्री आचार्यबाट समापन >> देउखुरीको राप्ती नदीमा जलपंक्षी गणना सुरु >> समृद्धि पन्तले जितिन् १४औं कपिलवस्तु डान्स आइडलको उपाधि >> एमाले महाधिवेशनमा मतदानको समय सर्‍यो, भोलि बिहान ८ बजेदेखि >> न्यू होराइजनलाई अन्तर विद्यालय छात्र-छात्रा कबड्डीको उपाधि >> मतदान सुरु हुनै लाग्दा प्रतिनिधिका हात–हातमा थमाइयो ओली प्यानलका उम्मेदवारको सूची >> एनसेल फाउन्डेसनले एनपीएल दोस्रो संस्करणका चौकाहरु बापत २४ सय शैक्षिक सामग्री वितरण गर्ने >> हर्क साम्पाङको पार्टीका उपाध्यक्ष राजकुमार पक्राउ >> उपेक्षित उष्णप्रदेशीय रोग सरकारको प्राथमिकतामा पर्न सकेन >> बुटवलमा हुने राष्ट्रिय औद्योगिक प्रदर्शनीको तयारी पूरा >> बिस पचहत्तर युवा परिवारको सातौँ वार्षिकोत्सव >> सिरियल नम्बर विवादः गगन थापा समूह एक्लियो >> लामो समयपछि सेयर बजार दोहोरो अंकले बढ्यो >> सहकारी पिडित सँगै पूर्व मेयर रिले अनशनमा >> गढवामा बाढी प्रभावितका लागि १ सय ५० क्षमताको सेल्टर हाउस निर्माण हुने >> राष्ट्रियसभा उम्मेदवार बन्न थापाले दिए राष्ट्रपति सल्लाहकार पदबाट राजीनामा >> संविधान पुनर्लेखन गरी निर्वाचन सुनिश्चित गर्न जसपा नेपालको माग

समूहमार्फत जीवन परिवर्तन गर्दै मुक्त कमलरी

१९ पुष २०७९, मंगलवार
१९ पुष २०७९, मंगलवार

दाङ, १९ पुस ।

घोराही –४ सुनपुरकी सुधनी चौधरी पनि पूर्व कमलरी हुन् । उनी कमलरी मुक्त भएपछि व्यावसायिक रुपमा बंगुरपालन गरेकी छन् । मुक्त कमलरी विकास मञ्च र आइएम नेपालले विपन्न र मुक्त कमलरीलाई आर्थिक र मानसिक रुपमा सक्षम बनाउने उद्देश्यले स्थापना गरेको सुनौलो पशुपालन महिला समूहमा आवद्ध भएर उनले व्यावसायिक रुपमा बंगुर पालन गरेकी हुन् । विपन्न वर्गको उत्थानका लागि उपलब्ध गराउँदै आएको घुम्ती कोषबाट २० हजार निःशुल्क ब्याजमा ऋण लिएर व्यावसायिक बंगुर पालन गरेको उनले बताइन् । तीन वटा बंगुरबाट व्यावसाय सुरु गरेको उनीसंग अहिले २० वटा बंगुर छन् । छुट्टाछुट्टै सातवटा खोर छन् । साना र ठूलालाई अलग अलग स्थानमा राख्न सकिने व्यवस्था छ । वंगुर पालनसंगै तरकारी खेती गरेकी सुधनी अहिले हरेक कुरामा अगाडि छन् । बंगुर र तरकारी खेतीले आम्दानी प्रशस्त भएको उनको भनाई छ ।

घोराही–४ लक्ष्मीपुरका निशा चौधरी पूर्व कमलरी हुन् । कमलरीबाट मुक्त भएपछि उनले आइएम नेपाल र मुक्त कमलरी विकास मन्चले दिएको कुखुरा काट्ने तालिम गरिन् । सोही तालिमले उनलाई व्यवसायी बनाएको छ । घोराही– ४ लक्ष्मीपुरमा मासिक तीन हजार दिने शर्तमा कोठा भाडामा लिएर (निसा फ्रेस हाउस) का नाममा कुखुरा काट्न सुरु गरेकी छन् । पहिले एक्लै सुरु गरेको व्यवसाय अहिले श्रीमान्ले पनि सघाउने गरेको उनले बताइन् । भारतमा कामका लागि गएका श्रीमान् गोपाल चौधरीलाई गत वर्ष घरमा बोलाएर संगसंगै व्यवसाय गरेकी छन् ।

मुक्त कमलरी विकास मंच र आइएम नेपालको सहयोगमा श्री उज्ज्वल पशुपालन महिला समूह गठन गरिएको छ । सदस्य रहेर उनले मासिक बचत र अन्य जीवन उपयोगी सिप सिकेको बताइन् । स्वदेशमा केही गर्नु पर्छ भन्ने कुरा पनि समूहमा सिकेकाले घर बाहिर रहेका श्रीमान्लाई घरमा बोलाएको उनको भनाई छ । धेरै कुरा जानेको, व्यवसाय गर्न हौसला मिल्नुका साथै चार जनाको परिवारलाई सजिलोसंग खर्च पुगेको छ । घर खर्च र दुइवटा बच्चाको पढाइ खर्च सबै फ्रेस हाउसको आम्दानीले धानेको उनले बताइन् । अब श्रीमान् श्रीमती दुबै मिलेर व्यवसायलाई थप गरेर स्वदेशमा आम्दानी गर्ने विचार उनको छ ।

मुक्त कमलरी र विपन्न परिवारको जीवनमा परिवर्तन गर्नका लागि आइएम (स्विडिस्) को सहयोगमा व्यावसायिक कृषि, सरसफाइ, समूह व्यवस्थापन, घुम्ती कोष परिचालन जस्ता विविध विषयमा संस्थाले सहजीकरण गर्ने गरेको छ । दाङ जिल्लाको घोराही उपमहानगरपालिका भित्रका तीनवटा वडामा १३ वटा समुह बनाएर महिलाहरुलाई सशक्तिकरणका लागि सहजीकरण गरेको छ ।

समूहमा आबद्ध महिलाहरु बालविवाहको विरुद्धमा आवाज उठाउन सक्ने र बाल विवाहलाई रोक्न सक्ने भएका छन् । गाउँघरमा हुने महिला माथिका विभेदका विरुद्ध आवाज उठाउन सक्ने भएका छन् । समूहमा बस्दा आफ्नो नाम भन्न पनि डराउने, लजाउने महिलाहरु आहिले आफ्ना समस्याका बारेमा खुलेर छलफल गर्ने भएको फिल्डमोटिभेटर सुनिता चौधरी बताउँछिन् । “समूहमा बस्न नमान्नेहरु अहिले बैठक बस्ने दिन कुरेर बसेका हुन्छन्”–उनले भनिन् ।

मुक्त कमलरीहरु आर्थिक समाजिक रुपमा सशक्त हुनुपर्छ भन्ने मान्यताका साथ ४२ वटा सहकारी र एक समूह मार्फत आय आर्जनका विभिन्न काम गरिरहेका छन् । सहकारीमा १४ हजार ७ सय २१ जना सदस्य रहेका छन् । सहकारीबाट घुम्ती कोष अनुदान सहयोग लिएर तरकारी खेती, कुखुरा पालन, बंगुर पालन, किराना पसल र नास्ता पसल संचालन गरेर आयआर्जन गर्दै आएको मुक्त कमलरी बिकास मंचका केन्द्रीय अध्यक्ष हिरा चौधरीले जानकारी दिइन् । उनले मुक्त कमलरी सबैलाई आयआर्जनमा जोडेर जीवन परिवर्तन गर्न खोजेको बताइन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?