© 2026
बुटवल, १८ पुस ।
दलित तथा पिछ्डा वर्गहरुका लागि तिलोत्तमा नगरपालिका वडा नं. ४ ले पाँच दिने नेतृत्व तथा क्षमता विकास तालिम सञ्चालन गरेको छ । तालिमको उदघाटन सत्रमा बोल्दै तिलोत्तमा नगरपालिका उप प्रमुख जगेश्वरदेवी चौधरीले महिलाले हिम्मत गरेमा हरेक क्षेत्रको नेतृत्व गर्न सक्नेमा जोड दिइन् ।
कार्यक्रममा वडा नं. ४ का अध्यक्ष हिरा बहादुर जिसीले सिकाइलाई व्यवहारमा लगाउन आग्रह गरे । कार्यक्रममा कार्यपालिका सदस्य रवि सेन्चुरी, वडा सदस्य मित्रलाल न्यौपाने, माओवादी केन्द तिलोत्तमा नगरपालिका प्रमुख बेल प्रसाद शर्मा लगायतले मन्तव्य व्यक्त गरेका थिए भने विभिन्न टोल विकास संस्थाका अध्यक्षहरुको समेत सहभागिता रहेको थियो । वडा नं. ४ भित्रका प्रत्येक टोलबाट ३÷३ जना दलित महिलाको सहभागिता रहेको तालिमको प्रशिक्षण पर्वती न्यौपानेले गरेकी थिइन् । त्यस अवसरमा वडा सदस्य रम्भा घिमिरे, वडा सचिव काशिराम ज्ञवालीलगायतले बोलेका थिए । प्रशिक्षण ५ दिन सम्म चल्ने छ ।