ट्रेंडिंग:

>> एमाले महाधिवेशन : सुरु भयो मतगणना >> नेपालको सार्वजनिक प्रशासन: चिरफारदेखि फेसलेससम्म >> ‘नेपालीको पहिचान हो राष्ट्रिय झन्डा’ >> पशुपतिमा विद्युतीय शवदाह मेसिन खरिद विवादको मुद्दामा मन्त्रालय र कोषसँग कागजात झिकाउन आदेश >> आजबाट बुटवलमा औद्योगिक प्रदर्शनी >> एमाले चुनावमा कसले हालेनन् भोट ? >> लुम्बिनीको सर्टिफिकेट चीनद्वारा मान्यता >> काठ चिरानमा जर्ती–दाउरा बढाएर घोटाला >> एमालेको मतदान सकियो : २२ सय २७ मत खस्यो, ३६ मतदानमा अनुपस्थित >> सुदूरपश्चिमका १६ क्षेत्रबाट चुनाव लड्न कांग्रेसमा सयभन्दा बढी आकांक्षी, देउवा र बडू मात्रै सर्वसम्मत >> एमाले मतदान अपडेट : अब १०० मत खस्न बाँकी >> जेनजी आन्दोलनपछि महिला जनप्रतिनिधिको मनोविज्ञानमाथि सशक्त बहस >> एमालेको मतदान ‘कछुवा गति’मा, भोलि बिहानमात्र सकिने >> जार पानीमै किरा ! बुटवलमा ‘बिस्लेरी’ नामको जार पानीको गुणस्तरमाथि गम्भीर प्रश्न (भिडियोसहित) >> गौतमबुद्ध विमानस्थलबाट कतारका लागि उडे खगेन्द्रप्रसाद र रुद्रकली हात्ती >> एमाले निर्वाचन : प्रतिनिधिहरूलाई टोकन लिएर ८ बजेभित्र होल्डिङ सेन्टर पुग्न आग्रह >> पाल्हीनन्दनबाट ४५ लाखको भेप बरामद >> जेनजी आन्दोलनमा सक्रिय ९ जना युवा बुटवलबाट रिहा >> बुटवलमा ठुलो धनराशिको राष्ट्रिय डेडलिफ्ट हुँदै >> उपहारस्वरुपका दुई हात्ती ल्याउन जहाज भैरहवामा आइपुग्यो >> इटालीका पहाडमा २१ करोड वर्ष पुराना डायनासोरका हजारौं पाइलाका छाप फेला >> अमेरिकाले थप ५ देशका नागरिकमाथि यात्रा प्रतिबन्ध लगायो >> एडीबीले नेपाललाई १४ अर्ब ५९ करोड रुपैयाँ बराबर सहुलियतपूर्ण ऋण दिने >> यू–१९ एशिया कप : अफगानिस्तानविरुद्ध नेपाल १ सय २४ रनमा अलआउट >> उपेक्षित उष्णप्रदेशीय रोग सरकारको बेवास्ताका कारण ओझेलमा  >> बुटवलमा १६औँ औद्योगिक प्रदर्शनीको पूर्वसन्ध्यामा जनचेतना -याली (फोटोफिचर) >> भेरी अस्पतालको गम्भीर लापरबाहीः मृत घोषणा गरिएको नवजात शिशु अन्त्येष्टिमा जीवित >> एमाले निर्वाचन : ४१५ मत खस्यो (अपडेट) >> देवराज लामालाई श्रम संस्कृति पार्टीले गर्‍यो निलम्बन >> चिरिबाबु महर्जन भन्छन् : जेनजीहरुले स्वर परिवर्तन गर्न थाले >> श्रमिकको योगदानबिना कुनै पनि विकास सम्भव छैन : केसी >> नयाँ जनभावनाअनुसारको सरकारलाई शक्ति हस्तान्तरण गर्न आतुर छु : प्रधानमन्त्री कार्की >> प्रतिनिधिसभा विघटनविरुद्ध कांग्रेसको रिटमा संवैधानिक इजलासमा सुनुवाइ हुँदै >> एमाले निर्वाचन नतिजा आजै राति सार्वजनिक हुन्छ : गौतम >> सुनको मूल्य घट्यो, चाँदी भने हालसम्मकै उच्च >> यू–१९ एसिया कप : अफगानिस्तानविरुद्ध नेपालको कमजोर सुरुवात >> लामिछानेविरुद्ध राहदानी दुरुपयोगसम्बन्धी मुद्दाको सुनुवाइ स्थगित >> एमाले निर्वाचन : अहिलेसम्म ३८० मत खस्यो, नतिजा आजै >> लामिछानेविरुद्ध राहदानी दुरुपयोगसम्बन्धी मुद्दाको पेसी आज >> अध्यक्षका दुवै र महासचिवका एक उम्मेदवारले हाले मत >> निर्वाचनको वातावरण बनाऊ  >> हुस्सु-कुहिरोले पश्चिम तराईको हवाई सेवा प्रभावित, भैरहवाको भिजिबिलिटी १०० मिटर मात्रै >> मन्दिरको भेटी दैनिक सार्वजनिक गर्न मेयरको निर्देशन  >> उम्मेदवारले घरदैलो गर्दा २५ जनाभन्दा धेरै कार्यकर्ता लान नपाउने, झण्डा १० वटा मात्रै प्रयोग गर्नुपर्ने >> १२ पास गरेर विवाह गर्ने छोरीलाई बिहे खर्च  !  >> २०८३ को पञ्चाङ्ग पहिलेकै अनुरूप निकाल्ने निर्णय >> एमालेको नयाँ नेतृत्व चयन गर्न आज चुनाव >> १६औँ कपिलवस्तु महोत्सव पुर्वमन्त्री आचार्यबाट समापन >> देउखुरीको राप्ती नदीमा जलपंक्षी गणना सुरु >> समृद्धि पन्तले जितिन् १४औं कपिलवस्तु डान्स आइडलको उपाधि

बिपीको मेलमिलाप नीति थप सान्दर्भिक

१६ पुष २०७९, शनिबार
१६ पुष २०७९, शनिबार

कपिलवस्तु, १६ पुस

नेपाली काँग्रेस कपिलवस्तुको आयोजनामा ४७ औं मेलमिलाप दिवसको अवसर पारेर विचार गोष्ठीको आयोजना गरिएको छ । नेपाली काँग्रेसको पार्टी कार्यालय तौलिहवामा आयोजित विचार गोष्ठीमा बोल्ने अधिकांश वक्ताले बामपन्थीहरु एक भएको अवस्थामा बिपीको मेलमिलाप नीति थप सान्दर्भिक भएकाले पार्टीमा मेलमिलापको नीति अख्तियार गर्नु पर्नेमा जोड दिए ।

सो अवसरमा बोल्दै पार्टीका लुम्बिनी प्रदेश महामन्त्री तथा साँसद सुरेन्द्रराज आचार्यले काँग्रेस बीचको ईमान्दारिता नहुँदा पार्टी कमजोर बनेको बताए । नेताले आदर्शको कुरा गरे पनि व्यवहारमा लागु गर्न नसक्ने र कार्यकर्ता अनुशासनमा बस्न नसक्ने अवस्थालाई सुधारेर अगाडि बढ्नु पर्ने अवस्था आएको आचार्यले बताए । आपसी मनमुटावले केन्द्रको नीति, निर्देशन नमानेका कारण पार्टीको यो हविगत भएको उनले बताए ।

पार्टीका नेताको कार्यशैलीले वर्तमान मूल्याङ्कन गर्ने र भविष्यको निश्चितता गर्ने भएकाले काँग्रेस सुधारेर लैजाने अवस्था आएको निवर्तमान केन्द्रीय सदस्य तथा साँसद अतहर कमालले बताए । पार्टीको नीति र निर्देशन मान्ने नैतिक दायित्व र कर्मशिलता कायम गरेर पार्टीलाई सुदृढ बनाउन सकिने उनको सुझाव थियो । काँग्रेसबीचको समस्या पत्ता लगाई समाधानको उपाय खोजेर अगाडि बढ्न सकिए पार्टी सशक्त हुने नेता दिप कुमार उपाध्यायले बताए ।

देशमा अन्य दल एकजुट भएका बेला काँग्रेसका नेता कार्यकर्ताले आफु भित्रका तिता मिठा बिर्सेर मेलमिलापको नीति अख्तियार गर्नुपर्ने पुर्व जिल्ला सभापति तथा प्रदेश साँसद सुधाकर पाण्डेयको भनाई थियो । राष्ट्रिय शक्ति एक भई जनताको अधिकार पुनःस्थापित गराउने उद्देश्यले बिपी २०३३ सालमा नेपाल फर्किएको स्मरण गर्दै संकटका बेला काँग्रेसमा मेलमिलापको नीतिले थप महत्व पाउनु पर्ने पुर्व जिल्ला सभापति कमलेश कुमार शर्माको भनाई थियो । पार्टी नेतृत्वमा युवा पुस्तालाई पुर्याएर पार्टी सशक्त बनाउन तथा अन्य पार्टीतिर लागेका काँग्रेस कार्यकर्तालाई पार्टीमा फेरि जोड्न आवश्यक रहेको निवर्तमान साँसद अभिषेक प्रताप शाहको सुझाव थियो ।

बिपीको मेलमिलापको नीतिले अहिलेको अवस्थामा सान्दर्भिकता पाएको पार्टीका पुर्व जिल्ला सभापति राजेश आचार्यको भनाई थियो । पार्टीका नेता कार्यकर्ता एकजुट भएर संगठन सशक्तिकरणमा लाग्नु पर्ने पार्टीका लुम्बिनी प्रदेश सदस्य रवि ठाकुरले बताए । मेलमिलाप दिवस सबै काँग्रेसका नेता कार्यकताका लागि महत्वपूर्ण दिन भएको र पार्टी भित्र मेलमिलाप आवश्यक रहेकोमा क्षेत्र नम्बर १ को (क) का प्रदेश सभापति दुर्गा केसीले बताए ।

पार्टीका नेता कार्यकर्तामा बिचलन देखिदै जानु दुःखद भएको बताउँदै अबै सबै परिवर्तित भएर पार्टी सुदृढ बनाउन लाग्नु पर्नेमा जिल्ला सदस्य सिता न्यौपानेले जोड दिईन् । आफु भित्रको गलत भावना त्यागी मेलमिलापको नीति अख्तियार गर्नु पर्ने नेपाल शिक्षक संघका जिल्ला अध्यक्ष अफाक अहमद खाँले बताए । जिल्ला सभापति अब्दुल कलाम खाँको अध्यक्षतामा सम्पन्न विचार गोष्ठीमा जिल्ला उपसभापति हुमकान्त खनाल र जिल्ला सचिव शक्ति सिंह ठकुरीले पार्टीमा मेलमिलापको नीति अख्तियार गरेर अगाडि बढ्नु पर्ने सुझाव दिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?