ट्रेंडिंग:

>> ओलीको प्रश्न– फेरि दलकै सरकार नबनेर हाहुकै भरमा चल्ने हो र ? >> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर >> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण 

पैचोको स्थापना दिवसमा रक्तदान

१५ पुष २०७९, शुक्रबार
१५ पुष २०७९, शुक्रबार

बुटवल, १५ पुस

 

 

पैचो पसल प्रालिले आफ्नो आठौ वार्षिकोत्सबको अवसरमा रक्तदान तथा सम्मान कार्यक्रम गरि मनाएको छ। नेपाल रेडक्रस सोसाइटी, रक्तसंचार केन्द्र बुटवलको प्राविधिक सहयोगमा शुक्रबार सुख्खानगरस्थित कार्यालयमा भएको कार्यक्रमको प्रालिका अध्यक्ष दुर्गा प्रसाद भण्डारीले उद्घाटन गर्दै सामाजिक उत्तरदायित्वमा संस्थाको योगदान रहेको बताए। कृषिको ब्यवसायिकरण गर्दै अघि बढेको संस्था प्रत्येक वर्ष स्थापना दिवसमा रक्तदान, वृद्धाश्रम, अनाथ आश्रममा सहयोग गर्दै आएको उनले बताए। पैचोको योगदानप्रति सरकारले उच्च सम्मानसहित प्रदेश रत्न पदक, राष्ट्रपति युवा पुरस्कार, नीति अनुसन्धान प्रतिष्ठानबाट सफल युवा ब्यवसायी तथा कर्पोरेट एक्सलेन्स अवार्ड २०२२ बाट पुरस्कृत भएको उनले बताए।
कार्यक्रममा नेपाल स्वयंसेवी रक्तदाता समाज रुपन्देहीका अध्यक्ष कृष्ण चौहान क्षेत्रीले रगतको दानभन्दा माग बढि हुदा अभाव देखिने गरेको बताए। चिसो बढेसंगै रगतको खपत कम हुने हुदा ब्लड बैकमा रगत पर्याप्त रहेको प्राविधिक निरंजन राजभण्डारीले बताए।
कार्यक्रममा प्रबन्ध निर्देशक ध्रुव न्यौपानेले ६० युनिट रगत संकलन भएको बताए। वर्षभरि उत्कृष्ट कार्य गर्ने कर्मचारीहरुलाई सम्मान गरिएको थियो। उत्कृष्ट विभागिय प्रमुख आईटि शाखा प्रमुख मनिष थापा, लेखा तर्फ सृष्टि शर्मा, चालक झविन्द्र टण्डन, उत्पादन दुर्गा ज्ञवाली, बजार प्रतिनिधि धन बहादुर रोका र ईमर्जिङ ईम्प्लोईमा तुलसा थापालाई पुरस्कृत गरिएको उनले बताए। ग्रामिण उत्पादनलाई बजारिकरणमा पैचो लामोसमयदेखि योगदान दिएको छ। पहाडी तथा उच्च पहाडी क्षेत्रको सिजनल कृषि उत्पादनलाइ संकलन, प्रशोधन गरि बजारमा लैजान गर्छ। पैचोको रुपन्देहीमा ३, पाल्पामा २, गुल्मीमा ८ वटा गरि १३ वटा शाखाहरु छन। जहाँ गाउमै उत्पादन भएका तरकारीहरुको संकलन र बिक्रिवितरण हुँदै आएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?