ट्रेंडिंग:

>> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य >> लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास >> किसानको मिहिनेतमा व्यापारीको कमाई >> ज्याला–मजदुरीकै भरमा अपाङ्गता सन्तानको भरणपोषण >> सुदूरपश्चिम पहिलो ‘क्वालिफायर’मा, चितवन ४९ रनले पराजित >> विशेष महाधिवेशन पक्षधर नेता भन्छन्ः ‘नियमित’ स्वीकार गरेर महामन्त्रीहरूले गल्ती गरे >> राजमार्गबाट ६० क्विन्टल रासायनिक मल बरामद >> ६ हजार ८८७ नयाँ मतदाता थपिए >> सुदूरपश्चिमविरुद्ध चितवनले बलिङ गर्दै >> यस्तो बन्दैछ गुण्डुमा ओली निवास >> घोषित मितिमा चुनाव गराउन सरकार सम्पूर्ण रूपमा सक्रिय छ : प्रधानमन्त्री कार्की >> अध्यक्ष पदमा केपी ओली फाइनल भइसक्यो : विष्णु रिमाल
विचार

चिसोको बढ्दो जोखिम र बच्ने उपाय

१४ पुष २०७९, बिहीबार
१४ पुष २०७९, बिहीबार

चिसो बढ्दै गर्दा यातायातका साधन कम चल्दा समूहमै लाइनमा बस्दा र बढेको चिसो मौसमले इन्फ्लुयन्जा, क्षयरोग र निमोनियाजस्ता सरुवा रोगका बिरामी बढेका छन् । बसभित्र कोचाकोच गरी यात्रा गर्नुपर्ने बाध्यताले एक व्यूिक्तबाट अन्यमा रोग सरिरहेका छन् । बसभित्र अट्न नसकी छतमा यात्रा गर्नेहरू निमोनियाको जोखिममा छन् । हरेक १० जनामा ६ जनामा रहेको क्षयरोगका जीवाणु मात्र नभई स्वासप्रस्वास र सम्पर्कबाट सर्ने अनगिन्ती रोगहरू यस्तो भीडभाडमा सर्छन् । भनिन्छ, चिसोको हिसाबले पुस महिना फासफुस र माघ महिना बाघ हो, तर पुष महिना सुरु नहुँदै गर्दा चिसोले सयौं बिरामी पारिसकेका छन् भने माघमा झन् कतिको मृत्यु हुनेछ भन्ने आशंका सिर्जना भएको छ । चिसो र शीतलहरले शारीरिक कमजोरी भएका वृद्धवृद्धा, सडक बालबालिका, विस्थापित परिवार, घरवारविहीन परिवार, सडक मजदुरहरू बढी प्रभावित हुन्छन् । झाडापखाला, निमोनिया र टाउको र छाती दुख्ने समस्या देखिन्छ । जाडोमा शारीरिक सरसफाइमा कमी हुनाले लिंग तथा योनीमा फोहर जम्ने र कापमा संक्रमण हुन सक्छ । हातखुट्टाका औंला र कान रातो हुने, चिलाउने, सुन्निने र कहिलेकाहीं घाउ हुने, रूघाखोकी, दम र यसका जटिलताहरू, छालासम्बन्धी समस्याहरू, दाद, अनुहारमा सेतो दाग, ओठ फुट्ने, हातखुट्टा फुट्ने, शरीर चिलाउने, छाला सुख्खा हुने, फुस्रो हुने र फुट्ने, चिसोको एलर्जी हुने, अपच, पखाला, आउँजस्ता पाचनसम्बन्धी रोगहरू देखा परिरहेका छन् । हातखुट्टा र जोर्नी सुन्निने अवस्था पनि त्यत्तिकै निम्त्याउँछ । मुटु, श्वासप्रश्वास र दमका पुराना विरामी, कुपोषित बालबालिकालाई बढी आक्रान्त पार्दछ चिसोले । शीतलहरले मुटु र मस्तिष्कमा असर पारी हृदयाघात बढी हुने, कोलेस्ट्रोल बढाउने, पक्षाघात गराउने र बालबालिकामा दादुरा, ठेउला, पनि ल्याउछ ।

जाडोमा शारीरिक सरसफाइमा कमी हुनाले लिंग र योनीमा फोहर जम्ने, कापमा संक्रमण हुने, योनीद्वारबाट सेतो पानी बग्ने, यौनांग वरिपरि चिलाउने योनिरसको बहाव बढ्ने हुनसक्छ । मौसम भोजभतेरको समय पनि भएकाले बढी खाना, बोसो र गरिष्ठ खानाले अपच, ग्यास्ट्रिाइटिस, झाडा, पखाला हुन सक्छ र जन्डिस र टाइफाइड पनि प्रसस्त पाइन्छ । जाडोमा रगत बाक्लो हुने भएकाले सुगर र रक्तचाप मात्र बढ्दैन, प्रायः सबै दीर्घकालीन रोगीहरू बढी गम्भीर बन्छन् । दमखोकी भन्नाले स्याँस्याँ (उक्सासो) हुने, सास फेर्न गाह्रो हुने र समय समयमा खोकी आइरने जीर्ण रोग भएको अवस्थालाई जनाउँछ । पीडित व्यक्तिको श्वास तथा उपश्वास नलीको श्लेष्मिक आवरण सुन्निनाले श्वास मार्ग साँगुरिने र श्वास नलीमा श्लेष्मा थुप्रिने कारणले गर्दा श्वास फेर्दा फोक्सोमा अक्सिजन सहज तरिकाले नपुगी आराम अवस्थामा पनि नकारात्मक असर परी श्वास तीव्र गतिले चल्छ । सामान्य अवस्थामा पनि श्वासको गति प्रतिमिनेट १४ देखि १५ पटकभन्दा बढी भएको अवस्थालाई दम भनिन्छ । मुलुककै अस्पतालका सघन उपचार केन्द्र ‘आईसीयू’मा भर्ना हुनेमा ७० प्रतिशत क्रोनिक अब्सट्रक्टिभ पल्मोनरी डिजिजले गर्दा हुन्छन् । ३० वर्ष माथिका उमेरमा पुरुषमा ५ प्रतिशत तथा महिलामा २.७ प्रतिशतमा सीओपीडी छ । सामान्यतः ४० वर्षपछि देखिने भए पनि ९÷१० वर्षबाटै धुम्रपान गर्ने बानीले ३० पुग्दा नपुग्दै पीडित हुन्छन् ।

गाउँघरका घरमा झ्याल धेरै कम हुने, घरभित्र चुलोमा दाउरा बालेर खाना पकाउने, आगो ताप्ने गर्दा घरभित्र धुवाँ भरिएर बस्दछ । धुवाँलाई मित्र वा अभिन्न अंग बनाइएको हुन्छ । घरका थाम र दलीन धुवाँले मक्किन दिँदैन भन्ने विश्वासले पनि धुवाँलाई घरभित्र प्रश्रय दिइन्छ । तसर्थ, धुवाँ नआउने चुलोको चलन चलाउन स्वास्थ्य मन्त्रालयलगायत हामी सबै लाग्नुपर्छ । शरीर तथा कोठा न्यानो बनाउने निहुँमा धुम्रपान, मद्यपानको सेवन गर्ने, झ्याल, ढोका थुनेर गुइँठा, दाउराको आगो बाल्ने गर्नुहुँदैन । कतिपयमा समस्या पहिलेदेखि नभए पनि अकस्मात् बादल लागेर चिसो हावा चल्दा, हावामा धुलो, धुवाँ, वायुमण्डलीय सुष्म कण, विभिन्न प्रकारका रसायन, कीटनाशक औषधि, पुष्प, परफ्युम, टेलकम पाउडर, दोहोरो हावा नछिर्ने कोठा, भान्छामा खाना पकाउँदा उत्पन्न हुने खार पर्दछन् । एलर्जी, हाच्छ्यूँ आई खोकी लागेर श्वास बढ्छ । बढ्दो जनसंख्या, अव्यवस्थित सहरी करण, थोत्रा सवारी साधन, काठ, दाउरा, गुइठा बाल्दाको धुवाँको प्रदूषण बढ्छ । स्मरणीय छ स्वयंले नगरे पनि गरी रहने मानिसको नजिक बस्नेलाई समेत असर पार्छ । गर्भवती महिलाले धु्रमपान गर्दा नवजात शिशुमा दम पाइन्छ । अत्यधिक मानिस तनाव, चिन्ता, रिस, भय आदिबाट पनि दम आउन सक्छ ।

अधिकांश दमका रोगी चुरोटका अम्मली हुन्छन् । औषधि विज्ञानले दमको प्रमुख कारण सुर्ती र त्यसमा पनि चुरोट सेवनलाई मानेको छ । लामो समयसम्म चुरोट सेवन गरेका र धुवाँमा जीवन बिताएका मानिसलाई यो सीओपीडीले समात्छ । साथै निकै कममा चुरोट सेवन नगरे पनि शरीरमा एउटा इन्जाइमको अनुपस्थितिले भएको देखिन्छ । सीओपीडी प्रभावित ८० प्रतिशत व्यक्ति धुम्रपानका अम्मली हुन्छन् । त्यस्तैगरी गुईठा, दाउरामा खाना पकाउने, भान्सा कोठामा उचित निकास नहुने विशेषतः ग्रामीण महिलामा समेत खतरा बढी हुन्छ । इँट्टाभट्टामा काम गर्ने, रगंरोगनको काम गर्ने, आरा मसिन र कपासको कारखानामा काम गर्ने व्यक्तिहरू पनि जोखिममा पर्दछन् । तसर्थ, कोइला, धुवाँ, धुलो र पुर्खाबाट आएको गुण तथा बाल्यकालमा छातीमा संक्रमण, क्षयरोगका कारणले पनि सीओपीडी हुन्छ ।

दम केही रोगीमा वंशानुगत हुन्छ भने धेरै जसोमा घरायसी उपभोग्य सर सामानको धुलो, कुकुर र बिरालोको रौं, सांगा मुसा आदिको संसर्गबाट, दाउरा, गुइठा बाल्दा निस्कने धुवाँ, ग्यास चुलो र चुरोटको धुवाँले चुरोट नखानेलाई समेत एलर्जी भएको र दम भएको पाइन्छ । केही प्रोटिनयुक्त खानाले पनि दमको थालनी गर्न सक्छन् । दम रोगको प्रमुख कारक तत्व वातावरणीय प्रदूषण हो । सुरु–सुरुमा रूघाखोकीका लक्षण घाँटी चिलाउने, खसखसाउने, कोक्याउने, नाक सनसनाउने, हाछ्यू आउने, खोकी लाग्ने, पातलो कफ आउने गर्छ । श्वासभित्र लिँदाभन्दा बाहिर फ्याक्दा बढी समस्या हुन्छ । पछि गएर सुख्खा खोकी, विशेषगरी बिहान बेलुकी महिनौंसम्म सास थुनिएजस्तो हुने, स्वाँस्वाँ हुने, छाती कस्सिएको भान हुने, सास फेर्दा घ्यारघ्यार वा चुइँचुइँ आवाज आउने, दमले निकै च्यापेमा सास फेर्न गाह्रो हुने हुन्छ । यस्तो अवस्थामा छिटो–छिटो सास फेर्ने, ज्यादै खोकी लाग्ने, सास बढेर भन्न खोजेको कुरा पूरा भन्न समेत नसक्ने, रोकिइ–रोकिइ बोल्नुपर्ने हुन्छ । खकार पनि बाक्लो र पहेंलो आउन थाल्छ । सुतेर श्वास फेर्दा गाह्रो हुने निस्सासिने हुन्छ । राति सुत्यो कि खोकी लाग्ने तर उठेर बस्दा अलि कम हुन्छ, बेला–बेलामा ओठ, जिब्रो निला हुन्छन् ।

साधारण अवस्थामा रोगीको मुटु छिटोछिटो चल्ने, श्वासको गति प्रतिमिनेट १४ देखि १५ भन्दा बढी ३० देखि ४० पटकसम्म पुग्छ र जाँच्दा छातीभित्र चुइचुई आवाज आउँछ सास फेर्न निकै गाह्रो भएको, घाँटीमा जुगुलर भेन फुलेको नाक, घाँटी र छातीका मासंपेशीहरू सक्रिय रहेका, तर थोरै वायु प्रवेशले गर्दा छाती फुलेको नदेखिने र साइनोसिसका लक्षणहरू आंैला, नाक, जिब्रो निलो भएको हुन सक्छ र ढिलो भई आउँदा ज्यादै सिकिस्त पुरै निलो, श्वास लिनै नसक्ने वा बेहोस भएको हुन सक्छ । शरीरको भित्री तापक्रम ३०० सेल्सियसभन्दा कम हुन गई उत्पन्न हुने समस्यालाई हाइपोथर्मिया वा सितांग भनिन्छ । यो एउटा मेडिकल इमरजेन्सी हो, जसमा तुरून्तै उपचारको जरुरत पर्दछ । शरीरको तापक्रम ३२० सेल्सियस पुग्दासम्म शरीरले अनुकूल काम गर्दछ । तर, त्योभन्दा कम भए ३० डिग्री सेल्सियसभन्दा कम हुँदा शरीरमा अक्सिजनको परिपूर्र्तितमा ह्रास तथा कार्बनडाइअक्साइडको मात्रामा वृद्धि भई शरीर काम्नुको साटो मांशपेशी कडा हुने, निदाउने, शिरा धमनी संकुचन हुने र रक्तचाप मुटुको चाल र श्वासप्रश्वास घट्दै जान्छ । प्रभावित व्यक्तिलाई उपचारको क्रममा प्राथमिक उपचारको अपरिहार्य महत्व छ । न्यानोपन नै प्रमुख उपचार हो । चिसोका कारण होस् या जुनसुकै स्थितिमा पनि रोग लागेपछि उपचारका लागि स्वास्थ्य संस्थामा जानुपर्ने त छँदै छ । तापनि चिसोका कारण उत्पन्न हुन सक्ने रोग लाग्न नदिन धुवाँ धुलोबाट बच्ने, न्यानो लुगा लगाउने, पोषणयुक्त सन्तुलित खाना खाने, भिटामिन ‘सी’ पर्याप्त मात्रामा भएको र मौसमअनुसारका ताजा फलफूल तथा सागपात पर्याप्त मात्रामा खाने गर्नुपर्छ । सरसफाइमा बढी ध्यान दिने, प्रशस्त मात्रामा तातो झोल पदार्थ खाने गर्दा चिसोबाट बच्न सकिन्छ । यसका अतिरिक्त धुलो, धुवाँ, चिसो र संक्रमणबाट जोगिन मास्क लगाउने गर्नुपर्छ । शरीर तथा कोठा न्यानो बनाउने निहुमा धुम्रपान, मद्यपानको सेवन गर्ने, झ्याल, ढोका थुनेर गुइँठा, दाउराको आगो बाल्ने गर्नुहुँदैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?