ट्रेंडिंग:

>> म चुनाव लड्दिनँ, आफूविना पार्टी चल्दैन भन्ने भ्रम त्याग्नुपर्छ: अष्टलक्ष्मी शाक्य >> आईएस आक्रमण: सिरियामा २ सैनिकसहित ३ अमेरिकीको मृत्यु >> एमालेको बन्दसत्र ३ बजेलाई सर्‍यो >> मनाङ केन्द्रबिन्दु भएर ४.७ म्याग्निच्युडको भूकम्प >> एमाले विधान महाधिवेशनको निर्णय उल्टियो, स्थायी कमिटीको संख्या पुरानै कायम >> महान्यायाधिवक्ता सबिता भण्डारी ट्रान्सपरेन्सीबाट निलम्बित >> एमाले बन्दसत्र भृकुटीमण्डपमा नेकपाको इतिहासदेखि टिकटक पार्कसम्म >> प्रहरीलाई चाहिँदाको भाँडो, नचाहिँदाको ठाँडो बनाइन्छ : आईजीपी कार्की >> एमाले उपाध्यक्ष युवराज ज्ञवाली चुनाव नलड्ने >> एमाले महाधिवेशनपछि मात्र मधेशमा मन्त्रिपरिषद् विस्तार गर्ने >> कांग्रेसका नेता तथा पूर्वमन्त्री आमदप्रसाद उपाध्यायको निधन >> पार्टीभित्र पदाधिकारीको सङ्ख्या बढाउन माहोल बनाउँदै ओली >> ईश्वरमाथि ओलीको कटाक्ष : अरूका एजेन्डा बोकेर हिँड्ने, मलाई कारबाही गर्नु पर्‍यो भनेर माग गर्ने ? >> सुनको मूल्य हालसम्मकै उच्च, चाँदीको मूल्य कति ? >> अपडेट: पाल्पा दुर्घटनामा मृतकको सङ्ख्या ४ पुग्यो  >> एमालेको बन्दसत्र फेरि सर्‍यो >> कतारमा पर्वतेलीहरूको ‘बृहत् वनभोज’ उत्साहपूर्वक सम्पन्न >> हरि बहादुर पाण्डेको नेतृत्वमा मोबाइल व्यवसायी सङ्गठनको नयाँ समिति  >> विद्यार्थीको सपनामा: आशाको झोला >> राष्ट्रिय मूलधारको मिडियामा लुम्बिनी >> कतारमा रहेका पर्वतेलीहरुले बृहत् वनभोज धुमधामका साथ मनाए >> स्वास्थ्य चौकीमा पाइँदैन क्याल्सियम र आइरन  >> एमाले महाधिवेशन र अपेक्षा  >> चुनाव हारेका नै काङ्ग्रेसका ‘प्रस्तावित उम्मेदवार’ >> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न

चालू वर्षमा ८ सय मेगावाट बिजुली थपिँदै, भारततर्फको व्यापार नाफामा जाने

१३ पुष २०७९, बुधबार
१३ पुष २०७९, बुधबार

काठमाडौं, १३ पुस ।

चालू आर्थिक वर्ष राष्ट्रिय प्रसारण लाइनमा ८ सय मेगावाट बिजुली थपिने भएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालयका अनुसार चालू आर्थिक वर्ष २०७९÷८० मा ८ सय मेगावाट बिजुली राष्ट्रिय प्रसारण लाइनमा जोडिने भएको हो । यससँगै, नेपालको बिजुली उत्पादनको जडित क्षमता कूल ३ हजार मेगावाट पुग्नेछ । हाल नेपालको कूल जडित क्षमता २१ सय ९० मेगावाट छ । यो उत्पादन सकिएर राष्ट्रिय प्रसारण लाइनमा जोडिएका आयोजनाबाट हुने उत्पादन क्षमता हो । गत आर्थिक वर्ष राष्ट्रिय प्रसारण लाइनमा ६ सय मेगावाट बिजुली जोडिएको थियो ।

गत आर्थिक वर्षमा राष्ट्रिय गौरवको आयोजनामा सूचीकृत माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको समेत निर्माण सम्पन्न भएको थियो । यस्तै, यसबाहेक अन्य आयोजनाबाट समेत उत्पादन सुरू भएसँगै वर्षायाममा नेपाललाई चाहिनेभन्दा बढी उत्पादन हुन थाल्यो ।

यद्यपि, सुख्खा यामको समयमा भने नेपालले भारतबाट बिजुली किन्दै आइरहेको छ । समग्रमा गत वर्षसम्ममा भारतसँगको बिजुली व्यापार घाटामा थियो । जुन, चालू वर्षदेखि नाफामा जाने प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले बताए । ‘चालू आर्थिक वर्षमा राष्ट्रिय प्रसारण लाइनमा ८ सय मेगावाट बिजुली थपिने हाम्रो प्रक्षेपण छ,’ निर्देशक घिसिङले भने, ‘तर, यसमा केही तल–माथि हुन सक्छ ।’

निर्देशक घिसिङका अनुसार ८ सय मेगावाट बिजुली प्रसारण लाइनमा जोडिने लक्ष्य रहेपनि ७ सय देखि ८ सय मेगावाटको बीचमा बिजुली थपिने छ । यस सँगै, हाल करिब २२ सय मेगावाट आसपास रहेको बिजुली उत्पादन ३ हजार मेगावाट पुग्ने उनले बताए ।

यस्तै, विद्युत विकास विभागका महानिर्देशक चिरञ्जिवी चटौतका अनुसार चालू आर्थिक वर्षमा नेपालको उत्पादन क्षमता ३ हजार मेगावाट पुग्ने छ । उनले निजी क्षेत्रको लगानी रहेको अधिकांश आयोजनाहरू चालू वर्षमा सम्पन्न भइ सञ्चालनमा आउने बताए ।

‘कुन–कुन आयोजना कुन मितिमा आउँदैछन् भन्ने विषयमा गहन जानकारी प्राधिकरणसँग हुन्छ,’ चटौतले भने, ‘तर, चालू वर्षमा करिब ७ सयदेखि ८ सय मेगावाट बिजुली प्रसारण लाइनमा थपिन्छ ।’

कुन वर्ष कति बिजुली थपिन्छ ?

ऊर्जा मन्त्रालयका अनुसार गत आर्थिक वर्षको अन्त्य सम्ममा २१ सय ९० मेगावाट बिजुली राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ । यस्तै, थप १ हजार मेगावाट बिजुली निर्माणको चरणमा रहेको र निकट भविष्यमै सम्पन्न हुने मन्त्रालयको तथ्याङ्क छ । जसमध्ये ८ सय मेगावाट बिजुली उत्पादन गर्ने आयोजनाको निर्माण चालू वर्षको अन्त्यसम्ममा सकिने छ । यस्तै, १५ सय ५३ मेगावाट बिजुली विभिन्न स्टेजमा छन् । हालसम्म सबैगरी ७ हजार ३२ मेगावाट क्षमताका आयोजनाको निर्माणका काम अघि बढेका छन् ।

तथ्याङ्कअनुसार आगामी ६ वर्षको अवधि भित्रमा नेपालमा थप ४ हजार ७४२ मेगावाट बिजुली थपिनेछ । चालू वर्षमा ८ सय ८ मेगावाट बिजुली प्रसारण लाइनमा थपिँदा आगामी आर्थिक वर्षमा ९ सय मेगावाट बिजुली थपिने छ । यस्तै, आर्थिक वर्ष २०८१÷८२ मा ७ सय ४२ मेगावाट, २०८२÷८३ मा ८ सय २२ मेगावाट, २०८३÷८४ मा ७ सय ३२ मेगावाट र २०८४÷८५ मा ७ सय ३८ मेगावाट बिजुली थपिनेछ ।

भारतर्फको बिजुली व्यापार नाफामा

बिजुली उत्पादन बढेसँगै नेपाल–भारतबीच भइरहेको बिजुली व्यापारसमेत नाफामा जाने देखिएको छ । हाल नेपालले वर्षा याममा भारततर्फ बिजुली बेचेपनि सुख्खा याममा किन्दै आइरहेको छ । र, यो व्यापार घाटामा छ । तर, आगामी आर्थिक वर्षदेखि भने नेपाल–भारतबीचको विद्युत व्यापार नाफामा जाने प्राधिकरण बताउँछ ।

प्रबन्ध निर्देशक घिसिङले चालू वर्षदेखि भारतबाट आयात हुने बिजुलीको परिमाणभन्दा निर्यात हुने परिमाण बढी हुने बताए । उनले नेपालमा बिजुलीको उत्पादन बढेसँगै भारतसँगको व्यापार नाफामा जान लागेको बताएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?