ट्रेंडिंग:

>> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य >> लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास >> किसानको मिहिनेतमा व्यापारीको कमाई

‘असुरक्षाले सुनचाँदी व्यवसायी संकटमा’

१२ पुष २०७९, मंगलवार
१२ पुष २०७९, मंगलवार

बुटवल, १२ पुस ।

सुनचाँदी व्यवसायीहरुले विभिन्न क्षेत्रबाट आफ्नो व्यवसायमा असुरक्षा बढेर गएको हुँदा व्यवसाय पलायन बढेर जाने खतरा देखिएको भन्दै व्यावसायिक सुरक्षाको माग गरेका छन् । उनीहरुले आपराधिक तत्वबाट हुने चोरी, लुटपाट तथा सुनको अभावमा व्यवसाय सञ्चालन गर्न निकै कठिन भएको बताउँदै त्यसमा राज्यको ध्यानाकर्षण गराएका छन् ।

सोमवार बुटवल सुनचाँदी व्यवसायी संघ, बुटवलको तेस्रो बार्षिक साधारणसभाको उद्घाटन सत्रमा बोल्ने सो व्यवसायीका अगुवाहरुले यस्तो धारणा राखेका हुन् । बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेले बुटवल नगरमा रहेका सुनचादी व्यवसायीहरुको संरक्षण, व्यवस्थापन र सुरक्षाको जिम्मेवारी स्थानीय सरकारको पनि रहेको हुँदा त्यसमा आफु प्रतिवद्ध रहेको बताए । व्यवसायीहरुको समस्यालाई सम्बोधन गर्न योजनाबद्ध रुपमा कामहरु गर्ने बताउँदै सुनचाँदी व्यवसायीहरुको प्रमुख समस्याका रुपमा रहेको सुरक्षाको विषय राज्यकै जिम्मेवारी भएको हुँदा बुटवल सुनचाँदी व्यवसायीहरुका लागि सुरक्षित क्षेत्र हो भन्ने बनाउन सबैमा आग्रह गरे ।

सम्बोधनका क्रममा पाण्डेले बुटवलमा छरिएर रहेका सुनचाँदी व्यवसायीहरुलाई एक छातामुनी राख्ने व्यवस्था गर्ने सोंच नगरपालिकाले गरेको उल्लेख गर्दै त्यसमा व्यवसायीहरुको स्पष्ट धारणा दिन अनुरोध गरे । उनले बुटवलको वजार विविधिकरणको अभावले व्यावसायिक पलायन बढेको हँुदा त्यसमा गम्भीर बनेर वजारलाई चलायमान बनाउने स्थानीय तह र व्यवसायीहरु सहकार्य गरेर अगाडि बढ्ने समय आएको धारणा राखे ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका केन्द्रीय उपाध्यक्ष जोगलाल विकले सुनचाँदी व्यवसायीहरुका समस्याका बारेमा राज्यलाई धेरै पटक अवगत गराएको भएपनि नीतिगत रुपमा कुनै परिवर्तन हुन नसकेको बताउँदै काँचो सुनको अभावले व्यवसायीहरुले आफ्नो व्यवसाय बन्द गर्नु पर्ने अवस्थामा आएको उल्लेख गरे ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका केन्द्रीय सदस्य एमवी विश्वकर्माले सुनचाँदी व्यवसाय अति सम्बेदशील व्यवसाय भएका कारण यसलाई सञ्चालन गर्दा अति गम्भीर भएर गर्नु पर्ने धारणा राखे । महासंघका अर्का केन्द्रीय सदस्य दीपक कुमार विकले परम्परागत रुपमा चलेको हाम्रो व्यवसाय एवं व्यावसायिक संस्थामा पुस्तान्तरण हुन नसक्दा समस्याहरु ज्युका त्यू रहेको उल्लेख गर्दै कानुनी रुपमा हामीले झेल्नु परेका समस्या र राज्यले हामीलाई हेर्न दृष्टीकोणमा परिवर्तन आउनु जरुरी भएको बताए ।

संघका अध्यक्ष गकुल विश्वकर्मा, सचिव चुरामणी विक, उपाध्यक्ष मिलन विश्वकर्मा, बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष उज्जवल कसजु, रुपन्देही व्यापार संघका महासचिव दयानिधि भण्डारी, नेपाल घरबहाल सरोकार संघ, रुपन्देहीका अध्यक्ष राजु लिगल, बुटवल वडा नं. ४ का अध्यक्ष नरिश्वर पौडेल, रुपन्देही सुनचाँदी व्यवसायी संघका जिल्ला अध्यक्ष रामकिशन बिक, प्रदेश उपाध्यक्ष विक्रम सुनार, सिद्धार्थनगर सुनचाँदी व्यवसायी संघका अध्यक्ष दिपक कौशल, विजेन कम्पनीका कोषाध्यक्ष विजेन कालिराज लगायत बोलेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?