ट्रेंडिंग:

>> राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चार सय शैया सञ्चालन गर्ने तयारी >> ओलीको चेतावनी- हामीमाथि हात हाले देश ठप्प पार्छौँ, सरकार ढाल्छौँ >> बुटवलमा प्रदेशस्तरीय फिडे चेस सुरु, प्रदेशका एक सय विद्यार्थीहरू सहभागी >> रवि लामिछाने रिहा भए पनि अदालतले अघि सा-यो यी ५ महत्वपूर्ण सर्त >> रवि लामिछाने धरौटीमा रिहा भएपछि रास्वपाको प्रतिक्रिया : राजनीतिक प्रतिशोध खारेज >> रविलाई रिहा गर्न आदेश >> नेप्से १० अंकले घट्यो, तर कारोबार बढ्यो >> सरकार र जेनजीबिचको सम्झौताविरुद्ध सर्वोच्चमा रिट दर्ता, शुक्रबार पेसी >> रवि र छविको मुद्दामा बहस सकियो >> अध्यक्ष ओलीसहित निर्वाचित पदाधिकारीको शपथ तयारी >> पृथ्वीसुब्बा गुरुङले पदाधिकारी चुनावमा जिते सबैभन्दा बढी मत >> एमाले महाधिवेशन : भाइ सचिव, दाइ केन्द्रीय सदस्यमा विजयी >> विष्णु रिमाल केन्द्रीय सदस्यमा पनि पराजित >> निर्वाचन जितसँगै केपी ओली भृकुटीमण्डप पुगे >> एमालेको नवनिर्वाचित केन्द्रीय कमिटी आज अपराह्न ४ बजे शपथ ग्रहण गर्दै >> न्याम्स फेलोसिप कार्यक्रममा चिकित्सकलाई मासिक निर्वाह भत्ता दिने >> एमाले पदाधिकारीमा २ बहालवाला र ४ पूर्वमुख्यमन्त्री विजयी >> महासचिवमा विजयी भएपछि पोखरेलले भने– सबैसँग मिलेर काम गर्छौँ >> यी हुन एमालेमा निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्य (सूचीसहित) >> एमाले सचिवमा ओली प्यानल नै विजयी >> एमाले उपमहासचिव पदमा विष्णु रिमाल पराजित >> ईश्वर पोखरेल प्यानलबाट विष्ट र भट्टराई एमाले पदाधिकारीमा विजयी >> ब्रेकिङ :  एमाले महासचिवमा शंकर पोखरेल विजयी >> ब्रेकिङ : एमाले अध्यक्षमा केपी शर्मा ओली विजयी >> आधा मत गणना, कुन पदाधिकारीको कति ? (सूची) >> एमाले सचिव मत अपडेट : महेश बस्नेत सबैभन्दा अघि >> एमाले उपमहासचिव अपडेट : ओलीका विश्वास पात्र रिमाल पछाडि >> एमाले मतगणना : महासचिवमा शंकर पोख्रेललाई पछ्याउँदै सुरेन्द्र पाण्डे >> एमाले मतगणना : ओली ८४३, पोखरेल २९६ >> सचिवमा ओली समूहका ९ उम्मेदवारको अग्रता >> शिक्षामन्त्री पुनको आक्रोश : कछुवा गतिको प्रक्रियालाई पनि कृपावादी पापी समूहहरूले अल्झाए >> प्रतिनिधित्व सुनिश्चित नगरे आन्दोलन गर्ने लोकतान्त्रिक अपाङ्ग संघको चेतावनी >> लागु औषध कारोबारी पक्राउ >> जेनजी आन्दोलन जाँचबुझ : तत्कालीन आईजीपी खापुङको बयान जारी >> अनसन बसेका पुर्व मेयर गुप्ता असपताल भर्ना >> एमाले मतगणना : मतान्तर बढाउँदै ओली  >> महासचिवमा शंकर पोखरेलको अग्रता बढ्यो >> रवि र छविको मुद्दाको पेसी आज >> सुन फेरि २ लाख ६० हजार नाघ्यो, चाँदीको मूल्य कति ? >> एमाले उपाध्यक्ष- विष्णु पौडेल र पिएस गुरुङले पाए धेरै मत, ईश्वर प्यानलबाट गोकर्ण >> एमाले प्रारम्भिक मतपरिणाम : ओली १५६, पोखरेल ६७ >> औद्योगिक प्रदर्शनीको आज दिउँसो अर्थमन्त्रीबाट उद्घाटन हुने >> एमाले महाधिवेशन : सुरु भयो मतगणना >> नेपालको सार्वजनिक प्रशासन: चिरफारदेखि फेसलेससम्म >> ‘नेपालीको पहिचान हो राष्ट्रिय झन्डा’ >> पशुपतिमा विद्युतीय शवदाह मेसिन खरिद विवादको मुद्दामा मन्त्रालय र कोषसँग कागजात झिकाउन आदेश >> आजबाट बुटवलमा औद्योगिक प्रदर्शनी >> एमाले चुनावमा कसले हालेनन् भोट ? >> लुम्बिनीको सर्टिफिकेट चीनद्वारा मान्यता >> काठ चिरानमा जर्ती–दाउरा बढाएर घोटाला

नेत्रहीन संघ रोल्पाद्वारा नगरप्रमुखलाई ज्ञापन पत्र

१२ पुष २०७९, मंगलवार
१२ पुष २०७९, मंगलवार

रोल्पा, १२ पुस ।

रोल्पामा अपांगता भएका व्यक्तिहरुले रोल्पा नगरपालिकाका नगरप्रमुख सुरेन्द्र थापा घर्तीलाई ज्ञापन पत्र वुझाएका छन् । रोल्पा नेत्रहीन संघ रोल्पाको आयोजनामा वुझाइएको ज्ञापन पत्रमा अन्य अपाङ्गता भएका व्यक्तिहरुको पनि उपस्थिति रहेको थियो ।

अपांगता भएका व्यक्तिहरु आर्थिक रुपमा गरिव र सामजिक रुपमा अपहेलित जीवन विताउन वाध्य भएको ज्ञापन पत्रमा उल्लेख गरिएको छ । आफुहरु देश भित्रै दोश्रो दर्जाको नागरिकको रुपमा जीउन वाध्य भएको उल्लेख गर्दै जीवन समेत अत्यन्तै कष्टकर रहेको उल्लेख गरिएको छ ।

“घर आँगनको सरकार भएका कारण स्थानीय सरकार अपाङ्गताका विषयमा बढी गम्भीर र जिम्मेवार वन्ने कुरामा दुई मत छैन” ज्ञापन पत्रमा भनिएको छ । सवैभन्दा नजिक भेटिने सरकार भएका कारण हामी रोल्पाली अपांगता भएका व्यक्तिहरुले स्थानीय सरकार खोज्दै आएको उल्लेख गरिएको छ ।

ज्ञापन पत्रमा रोल्पा जिल्लामा रहेका तीन वटा श्रोत कक्षाहरुमा श्रोत शिक्षकको सट्टामा साङ्ग शिक्षक रहेकाले ती कोटामा अपांग शिक्षक भर्ना गर्ने व्यवस्था मिलाउन माग गरिएको छ । यसैगरी तीनवटै श्रोत कक्षाहरुमा शिक्षाको गुणस्तर वृद्धिका लागि थप अपांगमैत्र शैक्षिक सामग्री र खेलकुद सामग्रीको यथोचित व्यवस्था गर्न, अपांगता भएका व्यक्तिहरुको आयआर्जन र सशक्तीकरणका लागि सीपमुलक तालिम तथा क्षमता विकास तालिमको व्यवस्था गर्न आग्रह गरिएको छ ।

ज्ञापन पत्रमा जिल्लाका तीनवटै श्रोत कक्षाहरुमा अपांगमैत्री भवन नहँुदा अपांगता भएका विद्यार्थीहरुले कठिनाई भोग्दै आएको हँुदा ती श्रोत कक्षाहरुलाई अपांगमैत्री वनाउन आवश्यक वजेट व्यवस्था गर्न आग्रह गरिएको छ । ज्ञापन पत्रमा तीनवटै विशेष कक्षाको पठनपाठनलाई थप प्रभावकारी बनाउन आवश्यक कार्ययोजना सहित अघि वढ्न पहल गर्न आग्रह गरिएको छ ।

रोल्पा नेत्रहीन संघ रोल्पाले पेश गरेको ज्ञापन पत्रमारोल्पाका तीनवटै श्रोत कक्षाहरुमा अध्यापन गराउने अपांग शिक्षक नभएकाले हाल जिल्लामै त्यस्तो जनशक्ति उपलव्ध भएकाले नगरपालिकावाट अनुदान शिक्षकको रुपमा ती विद्यालयहरुमा अपांग शिक्षक भर्ना गर्न पहल माग गरिएको छ ।

ज्ञापन पत्र वुझ्दै रोल्पा नगरपालिकाका नगरप्रमुख सुरेन्द्र थापा घर्तीले ज्ञापन पत्रवारे आफु गम्भिर रहेको वताएका थिए । अपांगता भएका व्यक्तिहरुको सामाजिक र आर्थिक सशक्तीकरणका लागि नगरपालिकाका सहकार्य गरेर अघि वढ्न तयार रहेको नगरप्रमुख घर्तीको भनाई थियो ।

कार्यक्रमको सहजीकरण रोल्पा नेत्रहीन संघ रोल्पाका सचिव शिशिर डाँगीले गरेका थिए । ज्ञापन पत्र वुझाउँदा अपांगता भएका विद्यार्थीहरुको समेत सहभागिता थियो ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?