ट्रेंडिंग:

>> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर >> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य

नयाँ सरकारका कार्यभार र चुनौती

१२ पुष २०७९, मंगलवार
१२ पुष २०७९, मंगलवार

नेपालको ४४ औं प्रधानमन्त्रीको रुपमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) लाई देशको नेतृत्व गर्ने आकस्मिक अवसर जुरेको छ । आईतवार विहानसम्म कांग्रेस माओवादीसहितको पाँचदलीय गठबन्धनको नेतृत्वमा नयाँ सरकार गठन हुने संभावनाका वीच दिउँसो एकाएक विकसित फरक राजनैतिक घटनाक्रमको करिव दुई घण्टामै प्रचण्डलाई सरकारको नेतृत्व गर्ने अवसर आएको छ । प्रचण्डले सोमबार साँझ राष्ट्रपति भवन शीतल निवासमा पद तथा गोपनीयताको सपथसमेत लिईसक्नुभएको छ । भनिन्छ– राजनीतिमा असम्भव भन्ने हुँदैन । आईतवार कांग्रेस माओवादी सहितको पाँचदलीय गठबन्धनको सरकार बन्ने प्रवल संभावनाका वीच दुई घण्टाभित्रै राजनैतिक परिस्थिति युटर्न भएर प्रचण्डलाई सरकारको नेतृत्व गर्ने आकस्मिक अवसर प्राप्त भयो । यसबाट सरकारको नेतृत्वमा पटक–पटक पुग्न सक्ने क्षमता राख्नुलाई प्रचण्डको नेतृत्व क्षमताकै खुबीका रूपमा लिनुपर्ने हुन्छ । एमाले अध्यक्ष ओली र माओवादी अध्यक्ष प्रचण्डवीच दुरी बढेको बेला भएको आकस्मिक एकताले नेपाली राजनीतिमा स्थायी शत्रु र मित्र भन्ने हुँदैन भन्ने पनि पुष्टी भएको छ ।

अव तेश्रोपटक देशको प्रधानमन्त्री बनेका प्रचण्डलाई सरकारलाई सफल बनाउन ठूलो दबाब हुनेछ । त्यसका निम्ति उनले सरकारलाई गति दिनुपर्ने अवस्था छ । अव फरक विशेषता बोकेको सातदलीय गठबन्धनलाई एक ढिक्का बनाएर अगाडि बढाउनु प्रचण्डको लागि ठूलो चुनौती हुनेछ । प्रचण्डको यस पटकको सत्तायात्रा सहज छैन । प्रधानमन्त्रीसँग यसपटक चौतर्फी अपेक्षा र दबाब छन् । शासन सञ्चालनमा देशले नैतिक मूल्य तथा मान्यताको अपेक्षा गरेको छ । मुलुकको संसदीय राजनीतिमा देउवा विकृतिको कारकका रूपमा चिनिएका छन । अव प्रचण्डमाथि पनि त्यो नियती दोहोरिने छैन भन्न सकिदैन । तैपनि यसपटक उनले आफूलाई सुधार गर्नेमात्र होइन, समग्र लोकतान्त्रिक पद्धतिप्रति उत्पन्न हुन लागेका वितृष्णा रोक्न पहल गर्छन भन्ने आशा छ । प्रधानमन्त्री प्रचण्डले लिने सबै निर्णयमा निर्मम समीक्षा हुनेछ । हिजो देउवाले गरेका बेठिक काम र व्यवहार प्रचण्डबाट दोहोरिए भने त्यो जनताका लागि स्वीकार्य हुँदैन । अहिले प्रचण्डको हातमा सत्ता एउटा भिन्न परिस्थितिमा आएको छ । तसर्थ सरकार विस्तारका क्रममा मन्त्री नियुक्तिमै उनीमाथि ठूलो दवाव हुनेछ । सात दललाई मिलाएर मन्त्रिपरिषद विस्तार गर्नु कम चुनौतिको विषय होइन । प्रचण्डले मन्त्रीको नियुक्ति र भोलि हुने अन्य नियुक्तिमा आफूलाई कति खरो उतार्न सक्छन्, त्यसबाट सरकारको भविष्य निर्धारण हुनेछ । सरकारको सफलता असफलता प्रमाणित हुनेछ । प्रचण्डमाथि अर्को गंभीर चुनौति छ– देशको अर्थतन्त्र सही दिशामा ल्याउनु । यो कठिन चुनौति पार लगाउन उनलाई दह्रो सहयात्रीको खाँचो छ । सरकारको नेतृत्व गर्ने जिम्मेवारी पाएका प्रचण्डका निम्ति लोकतान्त्रिक शासन व्यवस्थाको आदर्श प्रदर्शन गर्ने यो अवसर पनि हो । प्रचण्डले संसदलाई विधि निर्माणको थलो र त्यसप्रति आफू र मन्त्रिपरिषद्लाई व्यक्तिगत र सामूहिकरूपमा जिम्मेवार बनाउनुपर्छ । पाँचदलीय गठबन्धन भंग भएपछि बनेको सातदलीय गठबन्धनको महत्वपूर्ण नेताका रूपमा प्रचण्डले नेतृत्वको अवसर पाएका छन् । अव विधिसम्मत ढंगले सरकार सञ्चालन हुनुपर्छ । लोकतन्त्रमा पारदर्शिता पहिलो सर्त हुनुपर्छ । देशलाई भ्रष्टाचारमुक्त बनाउने संकल्प प्रचण्डका लागि राम्रो अवसर हुनेछ । देशमा देखापरेका विकृति, विसंगति, अस्थीरता लगायतका यावत समस्या नियन्त्रण र समाधानमा प्रचण्ड नेतृत्वको सरकारका चुनौति हुन । उनले देशको नेतृत्व गर्ने अवसर पाएका छन । अवको साढे दुई बर्ष देशको राजनीति प्रचण्ड वरिपरी घुम्नेछ । यो ऐतिहासिक एवं महत्वपूर्ण अवसर उनका लागि इतिहास निर्माण गर्ने मौका पनि हो । नयाँ सरकार जनउत्तरदायी हुनुपर्ने अपेक्षाका वीच देशको समग्र अवस्थामा परिवर्तन उनको मूख्य चुनौति हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?