Butwal Today

प्रधानमन्त्रीको शपथग्रहण आज ४ बजे

११ पुष २०७९, सोमबार
अ+
अ-

काठमाडौं, ११ पुस ।

नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष आज सोमबार प्रधानमन्त्रीको पद तथा गोपनीयताको शपथ ग्रहण गर्दै छ् ।

राष्ट्रपति भण्डारीका प्रमुख स्वकीय सचिव डा. भेषराज अधिकारीका अनुसार, नवनियुक्त प्रधानमन्त्रीसहित मन्त्रीहरूको शपथ ग्रहण समारोह सोमबारै हुने भएको हो ।

सोमबार अपरान्ह ४ बजेका लागि समय तय भएको हो । उनलाई प्रतिनिधि सभाका १७० भन्दा बढी सांसदको समर्थन रहेको जानकारी पनि डा. अधिकारीले दिए । यसअघि दाहालले प्रधानमन्त्रीका लागि प्रतिनिसभाका कुल १६९ जना सदस्यको समर्थनसहितको दाबी पेश गरेका थिए ।