Butwal Today

सरकारमा सहभागिताबारे निर्णय गर्न राप्रपा नेताहरु आन्तरिक छलफलमा

१० पुष २०७९, आइतबार
अ+
अ-

काठमाडौं, १० पुस ।

एमाले अध्यक्ष केपी शर्मा ओलीसँग नयाँ सरकार गठनबारे छलफल भएपछि राप्रपाका नेताहरू आन्तरिक छलफलमा जुटेका छन् । बालकोटमा अध्यक्ष राजेन्द्र लिङ्देनले आइतबार दिउँसो छलफल गरेका थिए ।

लगत्तै लिङदेनले बैठकबारे नेताहरूलाई जानकारी गराएका छन् । केही सांसद र पार्टीका शीर्ष नेताहरूलाई बोलाएर लिङ्देनले भेटबारे ब्रिफिङ गरेका हुन् ।  सो बैठकमा लिङदेनले सरकारमा सहभागिताबारे प्रस्ताव आएको भन्दै नेताहरूको राय मागेको स्रोतको भनाइ छ । आजै राप्रपाको संसदीय दलको बैठक समेत बस्ने तयारी भएको छ ।