Butwal Today

नगर रनिङ्ग शिल्डको उपाधि पुनः कनकमुनीलाई

९ पुष २०७९, शनिबार
अ+
अ-

कपिलवस्तु, ९ पुस ।

कपिलवस्तु नगरपालिकाले आयोजना गरेको पाँचौं नगरस्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता यस बर्ष पनि कनकमुनी माविले जितेको छ । “स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद, अनुशासनका लागि खेलकुद, पहिचानका लागि खेलकुद” भन्ने नाराका साथ तौलिहवामा सम्पन्न रनिङ्ग शिल्डमा ९ स्वर्ण, ७ रजत ३ काष्य सहित कनकमुनीले उपाधि जितेको हो ।

बिजेता कनकमुनीलाई नगर प्रमुख सुदिप पौडेल, सामाजिक बिकास समितिका संयोजक दिरेप कुमार चौधरी, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष राजेश उपाध्याय, नगर शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख हरि प्रसाद ज्ञवाली लगायतले बिद्यालयका प्रधानाध्यापक अफाक अहमद खाँ र खेल शिक्षक युवराज अर्याललाई नगद २० हजार पुरस्कार सहितको शिल्ड हस्तान्तरण गरे ।

त्यसैगरी प्रतियोगितामा ७ स्वर्ण, ४ रजत ३ काश्य सहित राष्ट्रिय मावि बिकुली उपबिजेता बन्न सफल भएको थियो भने ३ स्वर्ण, १ रजत ३ काश्य सहित बुद्धपद्यम मावि तौलिहवा तेस्रो बनेको थियो । प्रतियोगितामा दोस्रो र तेस्रो बनेको बिद्यालयलाई १५ हजार र १० हजार नगद सहित शिल्ड दिईएको थियो । प्रतियोगिता अवधिभर एथलेटिक्समा छात्रतर्फ राष्ट्रिय मावि बिकुलीका सन्दिप घर्ती ४ स्वर्ण र छात्र तर्फ कनकमुनीकी पुजा घर्ती ४ स्वर्ण सहित उत्कृष्ट खेलाडी घोषित भएका थिए । त्यसैगरी भलिवल तर्फ राष्ट्रिय जनहितका छात्र सन्दिप बरई र यशोधरा माविकी छात्रा पिंकी यादव उत्कृष्ट घोषित भए भने उत्कृष्ट खेल शिक्षकको उपाधि कनकमुनीका खेल शिक्षक युवराज अर्यालले पाए ।

चार दिन सम्म चलेको प्रतियोगितामा ट्रयाक ईभेन्ट तर्फ ७ वटा बिद्यामा छात्र छात्राबीच प्रतिष्पर्धा गराईएको थियो । त्यसैगरी फिल्ड ईभेन्ट तर्फ हाईजम्प, लङ्गजम्प, त्रिपलजम्प, सर्टफुट र जेभलिङ्ग थ्रो र भलिवलमा छात्र र छात्रा टोली बीच प्रतिष्पर्धा गराईएको थियो । बिभिन्न खेलमा बिजेता बनेका विद्यालयका विद्यार्थीलाई वडा नम्बर १ का अध्यक्ष जाहिद खाँ, ३ का अध्यक्ष प्रकाश गैरे, ६ का अध्यक्ष रामजित प्रसाद कुर्मी, वडा नम्बर १० का अध्यक्ष मोहनलाल शर्मा, ११ का अध्यक्ष रामगोपाल यादव, सामाजिक विकास शाखाका प्रमुख पदमराज श्रेष्ठ, खेल प्रशिक्षक राजेशप्रताप शाक्य, प्रतियोगिताका संयोजक तथा शिक्षा अधिकृत युवराज भुसाल लगायतले मेडल र प्रमाणपत्र हस्तान्तरण गरेका थिए ।

नगरस्तरीय खेलकुदबाट जिल्ला र देशकै लागि आवश्यक पर्ने खेलाडी उत्पादन हुने विश्वास लिएको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष राजेश उपाध्यायले बताए । खेल सभ्य र भव्य रुपमा सम्पन्न हुन सकेकोमा नगर शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख हरि प्रसाद ज्ञवाली, बुद्धपद्यम माविका प्राधानाध्यापक रामनिवास चौधरी लगायतले खुसी व्यक्त गरे । पालिकास्तरीय खेल मार्फत तयार भएका खेलाडीलाई राष्ट्रका लागि खेल्न नगर प्रमुख पौडेलले आग्रह गरे । नगरले खेलक्षेत्र लाई प्रोत्साहन गर्ने प्रतिबद्धता व्यक्त गर्दै आफु पनि खेल क्षेत्रसँग जोडिएकाले खेलाडीको मर्म अनुसार कार्य गर्ने पौडेलले बताए । खेललाई सभ्य र भव्य रुपमा सफल पारि नगरका खेल प्रतिभालाई उजागर गर्न सहयोग गरेकोमा सामाजिक बिकास समितिका संयोजक दिरेप कुमार चौधरीले सबैलाई धन्यबाद दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?