ट्रेंडिंग:

>> इभी लहरः दाङमा नयाँ ट्रेन्ड >> मधेसबाट सुरु भएको नयाँ समीकरण बाँकी प्रदेशमा पनि अगाडि बढ्छ : प्रचण्ड >> चौरासीपूजामा ज्वाइँहरूको अनौठो सम्मान : ८४ वर्षीया केशरी पाण्डेको जीवनीसहितको पुस्तक विमोचन >> ओलीको प्रश्न– फेरि दलकै सरकार नबनेर हाहुकै भरमा चल्ने हो र ? >> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर >> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक

राष्ट्रिय औद्योगिक प्रदर्शनी र अपेक्षा

८ पुष २०७९, शुक्रबार
८ पुष २०७९, शुक्रबार

रुपन्देही उद्योग संघको आयोजनामा ‘संमृद्ध नेपाल निर्माणको आधारः स्वदेशी उद्यमशीलताको विस्तार’ भन्ने मूल नाराका साथ विहीवारदेखि बुटवलमा १५ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी कृषि, प्रविधि तथा पर्यटन महोत्सव–२०७९ सुरु भएको छ । प्रदर्शनीको पूर्व सन्ध्यामा बुधवार औद्योगिक जनचेतना ¥याली प्रदर्शन गरिएको छ । यो औद्योगिक ¥यालीले औद्योगिक जागरण सिर्जना गर्न महत्वपूर्ण सहयोग पुग्ने ठानिएको छ । स्वदेशी उत्पादनको प्रदर्शन र बजारीकरण गर्ने मुख्य उद्देश्यका सुरु भएको प्रदर्शनी आर्थिक विकासमा कोसेढुंगा हुने विश्वास गरिएको छ । प्रदर्शनीको ७ लाख दर्शकले अवलोकन गर्ने र २५ करोडको आर्थिक कारोवार हुने लक्ष्यले नै प्रदर्शनीको सफलता झल्किएको छ । अर्कोतर्फ प्रदर्शनीमा औद्योगिक प्रविधि, उद्योग प्रविधि, रेष्टुरेन्ट, कृषि, हस्तकला, फलोरीकल्चर, गार्मेन्ट, बेकरी तथा कन्फेक्सनरी, छालाजुत्ता, खाद्यान्न, आइटी लगायतका गरी ४ सय ५० स्टलले उद्योग र उपभोक्तावीचको सम्वन्ध अझै नजिक ल्याउन सहयोग पुग्ने आधार तयार भएको छ । त्यसैगरी प्रदर्शनीमा प्रविधिबारे जानकारी दिने, उद्योगी र उपभोक्ताहरूको सोझो सम्पर्कको स्थापना गर्ने, उत्पादित बस्तुहरूको बजार प्रवद्र्धन र गुणात्मक प्रतिस्पर्धाको विकास गर्ने, उद्योगीहरूका बीचमा समस्या, अवसर र चुनौतीबारे अन्तरक्रिया गर्ने, सूचना र प्रविधिको विकास, विस्तार र आदान–प्रदान गर्ने, पर्यटन क्षेत्रको विकास, सान्दर्भिक गोष्ठी, अन्तरक्रिया र कार्यशालाको आयोजना गर्ने आयोजकको योजनाले यो प्रदर्शनी सफल भैसकेको छ भन्दा अत्युक्ति हुँदैन ।

बुटवलमा हुने प्रदर्शनी, मेला र महोत्सवले निश्चित रुपमा स्थानीय गतिविधि बढाउन सहयोग पुग्छ । स्थानीय उत्पादन प्रवद्र्धन गर्न टेवा पुग्छ भने त्यसका कारण औद्योगिक एवं व्यापारिक गतिविधि बढाउन सहयोग पुग्छ । मेला र महोत्सवको रौनकले निश्चित रुपमा नेपालमा औद्योगिक एवं व्यापारिक चहलपहलमा बृद्धि गर्न थप सहयोग पुग्छ भन्ने मान्न सकिन्छ । मुलुकमा आर्थिक संकटको यो घडीमा समेत प्रदर्शनी, मेला र महोत्सव आयोजना हुनु राम्रो संकेत हो । मेला र महोत्सवले त्यस क्षेत्रको चहलपहलमा बृद्धिमात्र भएको छैन, स्थानीय गतिविधि बृद्धि गरि राष्ट्रिय उत्पादनमा सहयोग पुगेको छ भन्ने ठान्न सकिन्छ । वास्तवमा देश संकटमा हुँदा पनि आर्थिक गतिविधि बढ्ने अवस्थाले आशाको संचार गरेको छ । यो भनेको जनता चलायमान छन र देशले थोरै फडको मारेपनि यहाँको आर्थिक सूचकाँक राम्रो विन्दुमा पुग्नसक्छ भन्ने हो ।

पछिल्लोसमय रुपन्देहीमा भैसकेका मेला र महोत्सवले यस क्षेत्रको उद्योग र व्यापारको क्षेत्र प्रवद्र्धनमा ठूलो टेवा पुगेको छ । भैरहवामा सम्पन्न लुम्विनी महोत्सवले नेपालका उद्योगले उत्पादन गरेका उत्पादन उपभोक्ताले चिन्न र किन्ने मौका पनि पाए । नेपालकै उत्पादनको विषयमा उपभोक्तालाई जानकारी नभएको अवस्थामा महोत्सवले त्यो अवसर जुराएको छ । त्यसैगरी मणिग्राममा सम्पन्न तिलोत्तमा मेलाले पनि यस क्षेत्रको औद्योगिक जागरणमा महत्वपूर्ण सहयोग पुगेको हो । त्यसै त अहिले राष्ट्रिय अर्थतन्त्र सुधारोन्मुख भन्दा पनि कमजोर अवस्थामा छ । यही अवस्था रहे नेपालले विकासमा अघि बढ्न धेरै वर्ष कुर्नुपर्ने हुनसक्छ । मुलुकको आर्थिक अवस्था कमजोर रहँदा पनि यहाँ भैरहेको गतिविधिले भने केही आशाातीत संभावनालाई उजागर गरिरहेका छन । प्रदर्शनी, मेला र महोत्सवको चहलपहलले देशलाई आर्थिक सम्मृद्धितर्फ उन्मुख गराउन ठूलो मद्दत गर्दछ । यस प्रकारका प्रदर्शनी र महोत्सवलाई आगामी दिनमा पनि प्रवद्र्धन गर्नु आवश्यक छ । रुपन्देही उद्योग संघले गरेको प्रयास सराहनीय छ । आगामी दिनमा पनि यस्तै प्रदर्शनी, मेला र महोत्सवले आर्थिक गतिविधि बढाउन ठूलो सहयोग गर्ने हुँदा यस प्रकारका राम्रा र असल कामले निरन्तरता पाउनुपर्दछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?