ट्रेंडिंग:

>> इभी लहरः दाङमा नयाँ ट्रेन्ड >> मधेसबाट सुरु भएको नयाँ समीकरण बाँकी प्रदेशमा पनि अगाडि बढ्छ : प्रचण्ड >> चौरासीपूजामा ज्वाइँहरूको अनौठो सम्मान : ८४ वर्षीया केशरी पाण्डेको जीवनीसहितको पुस्तक विमोचन >> ओलीको प्रश्न– फेरि दलकै सरकार नबनेर हाहुकै भरमा चल्ने हो र ? >> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर >> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक

गण्डक नहर मर्मतमा गाउँपालिकाको लगानी

८ पुष २०७९, शुक्रबार
८ पुष २०७९, शुक्रबार

नवलपरासी, ७ पुुस ।

जिल्लामा पहिलो पटक सुस्ता गाउपालिकाले किसानलाई सिचाई सुविधामा सहज होस भनेर गण्डक नहरमा लगानी गरेको छ । किसानलाई जेबाट सजिलो सुविधा हुन्छ, त्यसै क्षेत्रमा लगानी गर्नु पर्ने मान्यताले सुस्ता गाउपालिकाले गण्डक नहरको प्रशाखा मर्मतमा लगानी गरेको हो ।

धेरै पालिकाले सिचाईको नाममा बोरिङ, पम्पिङसेट लगायत अन्य सिचाई पूर्वाधारमा रकम खर्चने तथा गण्डक नहरको शाखा प्रशासनको मर्मतका कुरा आउँदा गण्डक परियोजनाले बनाउने भन्दै तर्कने गरेका छन् । तर सुस्ता गाउँपालिका भित्र पर्ने गण्डक नहर अन्तरगतको पिपरपाती प्रसौनी नहर सिचाई प्रणालीबाट सुस्ताको कुडिया गाँउका किसानलाई सिचाई गर्ने प्रशाखा नहरको सफाई र मर्मतमा लगानी गरेको हो । करिब १० लाखको लागनीमा सो नहर प्रणालीबाट कुडिया गाँउ तर्फ जाने रुपौलिय पुल नजिकै भत्किएको अवस्थामा रहेको प्रशाखा नहर मर्मत गराउन थालेको गाउपालिकाले जनाएको छ ।

“गण्डक परियोजनालाई प्रशाखा मर्मतका लागि कुर्ने हो भने बर्षाै लाग्न सक्छ”–गाउँपालिकाका अध्यक्ष टेकनारायण उपाध्यायले भने,“तत्कालै किसानलाई सिचाई सुविधा पुर्याउनका लागि गाउँपालिकाले नै मर्मत गरिदिएपछि मुल नहरबाट किसानले सजिलै पानी खेतमा लगेर सिचाई गर्न पाउँछन् । “स–सानो लगानी गरेर किसानलाई तत्काल राहत पुर्याउने हो”–उनले थपे,“सबै कुरा परियोजना कार्यालयको पर्खाईमा गाउपालिका बस्ने होईन्, ढिलो भयो भने आखिरमा आफ्नै गाउपालिकाका जनताले दुःख पाउने हुन्, सिचाई नभएर उत्पादन ह्रास हुन्छ, त्यसले किसानको घाटामा मात्रै नभई राष्ट्रिय घाटा हो ।”

“लगानी चाहे गण्डक परियोजना मार्फत होस वा गाउँपालिका मार्फत आउने स्रोत नेपाल सरकारबाटै हो”–गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बुद्ध प्रकाश पौडेलले भने, “सुस्ता गाउपालिका गण्डक कमाण्ड क्षेत्र भित्र पर्ने गाउपालिका हो, भुमिगत सिचाई भन्दा गण्डक नहरबाटै यदि सिचाई सहज छ भने बोरिङ पम्पिङसेट भन्दा त्यही नहरको शाखा प्रशाखा मर्मत गरेर सिचाई गर्नु पर्छ । सतही सिचाईले जमिन भित्रको आद्रता कायम राखि रहन्छ, सिचाई लागत पनि कम पर्छ । यस्ले किसानको उत्पादन लागत घटाउनमा सहयोग गर्छ ।”

सुस्ता गाउँपालिकाको गण्डक नहर प्रणालीमा लगानी सराहनीय भएको नेपाल गण्डक नहर सिचाई प्रणाली ब्यवस्थापन कार्यालयका प्रमुख रनधिर शाहले बताए । सुस्ताले अन्यपालिकाका लागि उदाहरणिय कार्य गरेको देखाएको उनले प्रशंसा समेत गरे । गण्डक परियोजनाले मात्रै गण्डक क्षेत्रमा सबै शाखा र प्रशाखा, एफडी, एमएफडी सफाई गराउन एकै पटक सकिरहेको छैन् । मुल नहरमै सिचाई ब्यवस्थापन कार्यालय लािग परेको छ । उनले भारतीय नहरमा पानी नभए पनि नेपाली नहरमा पानी प्रवाह गराउद दुई बर्ष देखी सफल भएको बताए । सिचाई ब्यवस्थापन कार्यालय संघ सरकार अन्तर्गतको कार्यालय हो । “स–सानो कामका लागि पनि प्रकृया लामो गर्नु पर्छ, तर अहिले सुस्ता गाउँपालिकाले जुन किसानको प्रशाखा नहर मर्मतमा जुन सोचले काम गरेको छ, त्यो अति नै सराहनीय छ”–उनले भने ।

नेपाल गण्डक पश्चिमी नहर सिचाई प्रणाली, पिपरपाती नहर सिचाई प्रणाली गरी १ हजार १ सय हेक्टर भन्दा बढी सिचित क्षेत्र भएको गण्डक कमाण्ड क्षेत्र जिल्लाको सुस्ता गाउँपालिका, प्रतापपुर गाउपालिका, वर्दघाट नगरपालिका, सरावल,गाउपालिका, रामग्राम नगरपालिका र पाल्हीनन्दन गाउपालिका गरी जिल्लाको सात पालिका मध्ये ६ वटा पालिकालाई सिचाई गर्ने गरेको छ । तर पालिका स्तरबाट नहर संरचनामा लगानी गर्ने सुस्ता पहिलो गाउपालिका भएको प्रमुख शाहले बताए ।

“संघ सरकार होस वा प्रदेश सरकार होस वा स्थानिय सरकारको रुपमा रहेका पालिकाहरु सबैले तिनै नेपाली किसानका लागि काम गर्छाै”– प्रमुख शाहले भने, “सबै सरकारले अपनत्व लिएर गण्डक सिचाई क्षेत्रमा गण्डक सिचाई प्रणालीलाई बलियो र ब्यवस्थित बनाउन सके भुमिगत सिचाईको भर पर्ने अवस्था आउँदैन ।” कार्ययोजना बनाएर पनि मुल नहर र शाखा नहर संघ सरकार, प्रशाखाहरु प्रदेश सरकार र एफडि, एमएफडिहरुको मर्मत सम्भारमा स्थानीय तहले काम गरिदिएमा किसानलाई राहत पुग्ने उनको भनाई थियो । यसको लागि समन्वय गर्न पनि आवश्यक देखिएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?