ट्रेंडिंग:

>> विराटनगरले सुदूरपश्चिमविरुद्ध बलिङ गर्दै >> यी हुन् मन्त्रिपरिषद्ले लिएका १८ निर्णयहरू (सूचीसहित) >> टीओबी समूहका तेन्जिन विरुद्ध लागुऔषध र फर्जी नागरिकतासम्मको मुद्दा दर्ता >> शाहको एकल सिफारिसमा इतर पक्षको आपत्ति >> २०४६ यताको सबै उच्च पदस्थको सम्पत्ति छानबिन गरिनुपर्छ: प्रचण्ड >> पञ्चाङ्ग निर्णायक समितिको कार्यकारी निर्देशकमा अर्घाखाँचीका पन्थी नियुक्त >> देउवा डडेलधुराबाट अन्तिम पटक प्रतिनिधिसभा चुनाव लड्ने >> अपडेट : थाइल्यान्ड–क्याम्बोडिया सीमामा गोलाबारी, ७ जनाको मृत्यु >> राष्ट्रिय झन्डासहित राप्रपाका नेता कार्यकर्ता सडकमा >> सुस्ता अस्पताल शिलान्यास  >> निर्णय नगर्ने प्रवृत्ति नै देश विकासको मुख्य बाधक हो : मन्त्री घिसिङ >> देशभरका भन्सार कार्यालय आजदेखि ठप्प >> सुशासनका पक्षमा काम गर्दा आएका धम्कीबाट डराउँदैनौं : प्रधानमन्त्री कार्की >> समानुपातिकतर्फ चुनाव लड्न ६७ दलले दिए दल दर्ताको निवेदन >> कांग्रेस सभापति देउवा भन्छन् -अन्तिमपटक चुनाव लड्छु >> नेकपा एमालेको महाधिवेशनमा १६ वटा राजनीतिक दललाई निम्तो >> जरिबाना नतिर्ने राजनीतिक दलले चुनाव लड्न पाएनन् >> सर्वोच्चको आदेशपछि सिलवालको प्रतिक्रिया : म बिदामा छु >> थाइल्यान्ड र कम्बोडियाबीच जारी सीमा विवादमा रातभर झडप >> आज फेरि घट्यो सुनको मूल्य, चाँदीको कति बढ्यो ? >> नेकपा एमाले महाधिवेशन : उपाध्यक्ष शाक्य र सचिव भट्टको आज छुट्टाछुट्टै अन्तरसंवाद >> आजदेखि जाँचबुझ आयोगले सशस्त्रका आईजी अर्यालको बयान लिदैँ >> अनेरास्ववियुले भोलिदेखि दुई हप्ता जेनजी महोत्सव आयोजना गर्दै >> हितेन्द्र भन्छन् – न्यायको जीत भयो >> लैङ्गिक हिंसा रोक्न कानुनको पालना र कर्तव्य नर्बिसौं >> भ्रष्टाचार नियन्त्रणमा युवाहरूको चिन्ता  >> एजेन्टको आन्दोलनले भन्सारको राजस्व प्रभावित >> राहतबारे अनविज्ञ छन् किसान >> एनपीएलमा आजदेखि प्लेअफका खेलहरु सुरु हुँदै >> सर्वोच्चलाई प्रधानमन्त्रीको जवाफ : जाँचबुझ आयोगमा अदालतले हस्तक्षेप गर्न मिल्दैन >> कतारमा निःशुल्क “स्वास्थ्य परीक्षण अभियान” कार्यक्रम हुँदै >> कुलमानलाई सर्वोच्च अदालतको धक्का, हितेन्द्रदेव शाक्य प्राधिकरणमा पुनर्स्थापित >> अख्तियारद्वारा पक्राउ परेका इन्जिनियर यादव घुस प्रकरणमा दोषी ठहर >> बुटवलमा पुस १४ देखि नवौं जिल्लास्तरीय खुल्ला स्नूकर प्रतियोगिता >> सञ्चारमन्त्री खरेलद्वारा एनसेल डाटा सेन्टर अवलोकन, लगानीमैत्री वातावरण निर्माणमा सरकार प्रतिबद्ध >> साढे ५७ लाख रुपैयाँसहित हुन्डी कारोबारी पक्राउ >> एनसेलद्वारा नयाँ ९७१ नम्बर रेन्जको मोबाइल नम्बर वितरण सुरु >> समुदाय केन्द्रित सरसफाइ सम्पन्न  >> १८ औँ निर्माण दिवसमा दीप प्रज्वलन निर्माण व्यवसाय मुलुक विकासको मेरुदण्ड हो: अध्यक्ष भुसाल >> लगातार छैटौं दिन घट्यो सेयर बजार >> हर्कराज राईको दाबी : हामी नै जित्छौँ, हामी नै सरकार बनाउँछौँ >> रिसन खेल महोत्सवका विजेता पामिरका विद्यार्थी सम्मानित >> जेनजी आन्दोलनका ४५ शहीदको नाम सीडीओ कार्यालयमा राख्न सर्कुलर जारी >> ओलीले विदा लिनु सम्मानजनक हुनेछ: कर्ण थापा >> पोखरेल समूहले महाधिवेशन अवधारणापत्र पार्टी कार्यालयमा बुझायो >> काठमाडौँमा इजरायली नागरिकमाथि आक्रमण गर्ने २ जना पक्राउ >> सचिव बढुवाका लागि पौडेल, भट्टराई र घिमिरे सिफारिस >> आज एनपीएलमा खेल हुँदैन, भोलि पहिलो क्वालिफायरमा सुदूरपश्चिम र विराटनगर भिड्ने >> दुई पटक भन्दा बढी अध्यक्ष बन्न नपाइने कानुनी प्रावधान आवश्यक छ : सुरेन्द्र पाण्डे >> नेकपाद्वारा पुस ५ गते काठमाडौँमा ‘एकता सन्देश सभा’ आयोजना हुने

संघदेखि प्रदेशसम्म प्याकेजमै भागवण्डा हुनुपर्ने दाहालको अडान

८ पुष २०७९, शुक्रबार
८ पुष २०७९, शुक्रबार

काठमाडौं, ८ पुस ।

सांसदहरुले सपथग्रहण गरेसँगै पाँचदलीय गठबन्धनले नयाँ सरकार गठनको कसरत थालेको छ । कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र लोसपाले संसदीय दलको नेता चयन गरेपछि नयाँ सरकार गठनको गृहकार्य सुरु भएको हो ।

कांग्रेसका ८९, माओवादीका ३२, एकीकृत समाजवादीका १०, लोसपाका ४ र राष्ट्रिय जनमोर्चाका १ गरी पाँच दलीय गठबन्धनसँग १ सय ३६ सांसद छन् । यो गठबन्धनलाई बहुमत जुटाउन दुई सांसद अपुग भएको अवस्था छ । ६ सिट रहेको जनमत पार्टीले सरकारमा सहभागी हुने निर्णय गरेको छ ।

जनमत पार्टीको साथले कांग्रेस नेतृत्वको गठबन्धनलाई केन्द्रमा बहुमत पुगे पनि सातै प्रदेशमा सत्ता गठबन्धनको सरकार बनाउन जसपालाई पनि साथमा लिनुपर्ने बाध्यता छ । प्रदेश १, मधेस प्रदेश र लुम्बिनीमा जसपाको समर्थन हुँदा गठबन्धनलाई सरकार बनाउन सहज बहुमत पुग्ने देखिन्छ ।

यद्यपि सरकार गठनबारे आफूहरुसँग घनीभूत छलफल नभएको जसपाका प्रवक्ता मनिष सुमनले बताए । राष्ट्रिय स्वतन्त्र पार्टी पनि सरकारमा सहभागी हुन इच्छुक देखिएको छ । जसपा र रास्वपा नयाँ सरकारमा सहभागी भए सत्ता गठबन्धन दुई तिहाइ नजिक पुग्ने छ ।

सत्ता गठबन्धनको दोस्रो ठूलो दल माओवादीले जसपा र रास्वपालाई पनि सरकारमा सहभागी गराउने गरी छलफल थालेको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जसपा अध्यक्ष उपेन्द्र यादव र रास्वपा सभापति रवि लामिछानेलाई सरकारमा सहभागी हुन आग्रह गरेको बुझिएको छ ।

कांग्रेस भने जनमत र नागरिक उन्मुक्तिलाई मात्र लिएर अगाडि बढ्ने सोचमा छ । कांग्रेस सभापति शेरबहादुर देउवाले जसपा र रास्वपालाई खासै महत्व नदिएको देखिन्छ । सरकार पहिलो कार्यकाल हत्याउने दाउमा रहेका देउवा र प्रचण्ड आफू अनुकुलको रणनीति बनाइराखेका छन् ।

देउवाले ३ पुसमा केन्द्रीय कार्यसम्पादन समिति बैठकबाट कांग्रेसकै नेतृत्वमा सरकार बनाउने संस्थागत निर्णय गराइसकेको अवस्था छ भने प्रचण्डले पनि आफ्नो नेतृत्वका लागि दबाब बढाइरहेका छन् । गठबन्धन सम्बद्ध एकीकृत समाजवादी र बाहिरका दल आफ्नो पक्षमा रहेको भन्दै प्रचण्डले बार्गेनिङ पावर बढाएको कांग्रेस नेताहरुको बुझाइ छ ।

राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, उपसभामुख र सात प्रदेशका मुख्यमन्त्री प्याकेजमा टुङ्ग्याएर पहिलो चरणमै आफू प्रधानमन्त्री हुनुपर्ने प्रचण्डको अडान छ । तर कांग्रेसले एमाले–माओवादी गठबन्धनको २०७४ को मोडल अनुसार पावर सेयरिङ गर्ने योजना बनाएको छ ।

गठबन्धनमा यसरी हुँदैछ सातै प्रदेशको शक्ति बाँडफाँट

२०७४ मा एमालेले राष्ट्रपति, प्रधानमन्त्री, ४ प्रदेशमा मुख्यमन्त्री लिएको थियो भने माओवादीले उपराष्ट्रपति, सभामुख र दुई प्रदेशमा मुख्यमन्त्री पाएको थियो । केपी शर्मा ओलीले पहिला अढाई वर्ष र प्रचण्डले बाँकी समय सरकारको नेतृत्व गर्ने भनेर गोप्य सहमति भएको थियो । कांग्रेसका एक पदाधिकारीका अनुसार अहिले पनि सोही मोडलमा प्याकेजमै सहमति गर्ने रणनीति देउवाको छ ।

आलोपालो सरकारको नेतृत्व गर्ने विषयमा पारदर्शी रुपमा नै लिखित सम्झौता गर्न देउवा तयार रहेको ती पदाधिकारीको दाबी छ । तर ०७४ मा एमाले अध्यक्ष केपी शर्मा ओलीसँगको सहमतिमा धोका पाएका प्रचण्ड अहिले देउवासँग त्यही खालको सहमति नगर्ने पक्षमा रहेको बुझ्न गाह्रो छैन ।

संस्थागत रुपमा आफ्नो नेतृत्वमा सरकार गठनको निर्णय गरेकाले पहिलो चरण प्रचण्डलाई दिन कांग्रेसलाई पनि सहज छैन । देउवाका विश्वासपात्र उपसभापति पूर्णबहादुर खड्काले पनि पार्टीले आफ्नै नेतृत्वमा सरकार गठन गर्न छलफल अघि बढाएको बताए ।

उनले भने, ‘पार्टीले आफ्नै नेतृत्वमा सरकार गठन गर्न छलफल अघि बढाउने भनेर संस्थागत निर्णय लिइसकेको छ । पार्टीको प्रस्ट निर्णय यही छ । यही अनुसार गृहकार्य भइरहेको छ ।’

यस्तै कांग्रेस नेता डा.शेखर कोइरालाले अबको नयाँ प्रधानमन्त्री र राष्ट्रपति कांग्रेस पार्टीबाटै बन्ने दाबी गरे । महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा पनि प्रधानमन्त्री र राष्ट्रपतिमा कांग्रेसको दाबी रहने बताउँछन् । संसदको सबैभन्दा ठूलो दलको हैसियतले सरकारको नेतृत्व लिनुपर्नेमा कांग्रेसभित्र एकमत छ ।

यता माओवादी केन्द्रका एक पदाधिकारीका अनुसार यो गठबन्धन जोगिने वा नजोगिने विषय पनि सरकारको नेतृत्वमै गएर अड्किएको छ । मंगलबार साँझ प्रधानमन्त्री देउवालाई भेटर माओवादी केन्द्रका एक नेताले गठबन्धन जोगाउन पहिलो चरणमा प्रचण्डलाई प्रधानमन्त्रीमा प्रस्ताव गर्न आग्रह गरेका थिए । ती नेताका अनुसार गठबन्धन जोगाउने कि नजोगाउने विषय देउवाको हातमा छ ।

राष्ट्रपतिमा पौडेलको बलियो सम्भवना

गठबन्धनभित्र राष्ट्रपतिको विषय पनि आलोपालो प्रधानमन्त्री जत्तिकै पेचिलो बनेको छ । कांग्रेसले राष्ट्रपति र प्रधानमन्त्री दुवैमा दाबी गरेपछि गठबन्धनभित्र असमञ्जस पैदा भएको छ ।

प्रचण्डले पहिलो चरणमा सरकारको नेतृत्व गर्न पाउँदा राष्ट्रपतिको विषय सहज हुने माओवादी नेताहरुको तर्क छ । उनीहरुका अनुसार माओवादीले पहिलो चरणको प्रधानमन्त्रीलाई पहिलो प्राथमिकतामा राखेको छ ।

प्रधानमन्त्री नपाउने अवस्थामा गठबन्धनको निरन्तरता भइहाले पनि माओवादीले राष्ट्रपति छाड्ने छैन । तर देउवाले वरिष्ठ नेता रामचन्द्र पौडेललाई राष्ट्रपतिको आश्वासन दिएको कांग्रेसवृत्तमा चर्चा छ । बुधबार सम्पन्न कांग्रेस संसदीय दलको निर्वाचनमा देउवाका प्रस्तावक बसेका पौडेललाई भावी राष्ट्रपतिको रुपमा चर्चा गरिएको छ ।

१४ औं महाधिवेशनमा तटस्थ बसेर देउवालाई सहयोग पु–याएका पौडेल अहिले प्रस्तावक नै बने । संसदीय दलमा गगन थापा समूहका केही सांसदको मत देउवालाई दिलाउन पौडेलले भूमिका खेलेका थिए । प्रधानमन्त्रीको आकांक्षा राखेका पौडेलले राष्ट्रपति पदको आश्वासनमा देउवाको प्रस्तावक बसेको कांग्रेसका एक पदाधिकारी बताउँछन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?