ट्रेंडिंग:

>> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य >> लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास >> किसानको मिहिनेतमा व्यापारीको कमाई >> ज्याला–मजदुरीकै भरमा अपाङ्गता सन्तानको भरणपोषण >> सुदूरपश्चिम पहिलो ‘क्वालिफायर’मा, चितवन ४९ रनले पराजित >> विशेष महाधिवेशन पक्षधर नेता भन्छन्ः ‘नियमित’ स्वीकार गरेर महामन्त्रीहरूले गल्ती गरे >> राजमार्गबाट ६० क्विन्टल रासायनिक मल बरामद >> ६ हजार ८८७ नयाँ मतदाता थपिए >> सुदूरपश्चिमविरुद्ध चितवनले बलिङ गर्दै >> यस्तो बन्दैछ गुण्डुमा ओली निवास >> घोषित मितिमा चुनाव गराउन सरकार सम्पूर्ण रूपमा सक्रिय छ : प्रधानमन्त्री कार्की >> अध्यक्ष पदमा केपी ओली फाइनल भइसक्यो : विष्णु रिमाल

साइ ग्लोबल कलेज कप क्रिकेट हुँदै

५ पुष २०७९, मंगलवार
५ पुष २०७९, मंगलवार

भैरहवा, ५ पुस ।

क्रिकेट संघको आयोजनामा बुधबारदेखि भैरहवामा साइ ग्लोबल कलेज कप–२०७९ हुने भएको छ । क्रिकेटको विकासमा स्कुल र कलेज स्तरको खेलाडी उत्पादन गर्ने प्रतियोगिताको लक्ष्य रहेको संघका अध्यक्ष हरि बहादुर थापाले बताएका छन् ।

प्रतियोगिताले भविष्यका निम्ति नया प्रतिभाहरु उत्पादन गर्ने दिशातर्फ महत्वपूर्ण भूमिका खेल्ने उनको भनाइ छ । कार्यक्रमबारे जानकारी दिंदै अध्यक्ष थापाले साइ ग्लोबल कलेजको एकेडमीको सहकार्यमा जिल्ला स्तरीय इन्टर कलेज प्रतियोगिता “साई ग्लोबल कप २०७२” को आयोजन गरिएको बताए ।

सिद्धार्थ रंगशालामा टी–२० को फर्मेटमा खेलाइने यो खेलमा २० वटा टीमको सहभागिता रहने संघका सचिव सन्जय गुरुङले बताए । पुस ६ गते देखि १६ गते सम्म सञ्चालन हुने प्रतियोगितामा प्रथम हुनेले ४० हजार रुपैयाँको साथै ट्रफी, मेडल र प्रमाणपत्र, उपविजेताले नगद २० रुपैयाँको साथै ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने गुरुङले बताए । यस्तै म्यान अफ द सिरिज ५ हजारक्क साथै ट्रफी र प्रमाणपत्र, बेस्ट ब्याटर २ हजार ५ सय साथै ट्रफी र प्रमाणपत्र, बेस्ट बलर २ हजार ५ सयका साथै ट्रफी र प्रमाणपत्र र प्रत्येक खेलको म्यान अफ द म्याच हुनेलाइ १ हजार रुपैया पुरस्कार दिइने उनले बताए ।

साइ ग्लोबल एकेडमीमा प्रवन्ध निर्देशक मोती प्रसाद पौडेलले बिगतका दिनमा साइ ग्लोबल एकेडमीले यो प्रतियोगिता आफै गराउंदै आएकोमा क्रीकेटको विकासको लागि यो बर्ष देखि रुपन्देही क्रिकेट संघको सहकार्यमा प्रतियोगिता गर्न लागिएको बताए ।

प्रतियोगितामा साई ग्लोबल एकेडेमी ‘ए’, भैरहवा, साई ग्लोबल एकेडेमी ‘बी’, भैरहवा, काशी नोबल एकेडेमी, भैरहवा, लुम्बिनी वाणिज्य क्याम्पस, बुटवल, न्यू होराईजन कलेज, बुटवल, लिलाराम न्यौपाने उच्च मावि भैरहवा, लुम्बिनी इन्जिनियरिङ्ग कलेज, भलवारी, बुटवल मोडल कलेज, लखनचोक, ओमसतिया–१, सेन्ट जोसेफ कलेज, भलवारी, शान्ति नमुना उच्च मावि, मणिग्राम, नेपथ्य कलेज, मणिग्राम, सिद्धार्थ इन्टरनेशनल कलेज, बुटवल, लुम्बिनी बुद्धिष्ट विश्वविद्यालय, बेलवास, होराईजन जी बी एस, ड्राईभरटोल, कालिका उच्च मावि, बुटवल, सी सी टी, बुटवल, जेसिस उच्च मावि, भैरहवा, राममणि क्याम्पस, मणिग्राम र ग्रीनप्लान्ट उच्च मावि, देवदह कलेजले सहभागीता जनाउने कार्यक्रम संयोजक बिजय सिंह ज्ञवालीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?