ट्रेंडिंग:

>> कोल्याटर बेचेर फाइदा उठाउने प्रवृत्ति करप्सन हो : गभर्नर पौडेल >> हेटौंडा बजार क्षेत्रमा ५ सयभन्दा बढी घर भत्काइयो >> सुनको मूल्य २०० रुपैयाँले घट्यो, चाँदीको कति ? >> गोकुल बास्कोटा भन्छन् : प्रतिनिधि छनोटमा पाखुरा सुर्किने प्रवृत्ति घातक >> जनार्दन शर्मालाई गृहजिल्लामा कार्यकर्ताहरुले देखाए कालोझण्डा >> ओली कुटीलाई लिएर शिक्षामन्त्री पुनको कटाक्ष- इञ्जिनियरलाई कारबाही गर्नुपर्छ >> दार्चुलामा ४.६ म्याग्निच्युडको भूकम्प >> रामग्रामका संघाराम क्षेत्रको पोखरी संरक्षणमा बौद्ध भिक्षुको चासो >> मिचाहा वनस्पतिको बिस्तारः संरक्षणमा चुनौती >> नेपाली आकाश सुरक्षित हुने कहिले ?  >> सुख्खा ग्रस्त गाउँमा हरियाली: शिक्षक दिलबहादुर बने प्रेरणाका स्रोत >> धानको रैथाने जात संरक्षण गर्दै गङ्गानारायण >> समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु >> सचेतना र गरिबीले गुम्दै आँखाको ज्योति >> नागरिकता नपाएर बाबु–छोरीको आत्महत्या, प्रधानमन्त्री कार्कीको सार्वजनिक माफी >> एनपीएलमा लिग चरणको अन्तिम खेल आज : जनकपुर र कर्णाली भिड्दै >> गोवाको नाइट क्लबमा सिलिन्डर विस्फोट : २३ जनाको मृत्यु >> इभी लहरः दाङमा नयाँ ट्रेन्ड >> मधेसबाट सुरु भएको नयाँ समीकरण बाँकी प्रदेशमा पनि अगाडि बढ्छ : प्रचण्ड >> चौरासीपूजामा ज्वाइँहरूको अनौठो सम्मान : ८४ वर्षीया केशरी पाण्डेको जीवनीसहितको पुस्तक विमोचन >> ओलीको प्रश्न– फेरि दलकै सरकार नबनेर हाहुकै भरमा चल्ने हो र ? >> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर >> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह
विचार

मेला महोत्सवमा पर्यटनः समस्या र सम्भावना

२८ मंसिर २०७९, बुधबार
२८ मंसिर २०७९, बुधबार

पर्यटन क्षेत्र अहिले ठूलो व्यवसायिक क्षेत्रको रुपमा अघि बढिरहेको छ । पर्यटन व्यवसाय उद्योगको एउटा पाटो भएकोले हरेक दिन यसमा नयाँ अभ्यास र नयाँ पहिचान भैरहेको देखिन्छ । मानिसमा घुम्ने बानीको विकास भैरहेकोले पर्यटन व्यवसायी, उद्यमीहरुले उनीहरुको घुमघामलाई सहयोग पु¥याउने सेवा, सुविधा र प्रविधिको विकासमा ठूलो लगानी गरिरहेका छन् । नेपाल सबै किसिमका पर्यटकको लागि उपयुक्त थलो भएकोले विगतदेखि नै विदेशीहरु घुम्नको लागि नेपाल आउने गरेकोमा पछिल्लो दशकमा नेपालीहरु पनि देशभित्रै घुम्न निस्कन थालेका छन् । नेपालीहरुमा पनि घुम्नको लागि खर्च गर्ने प्रवृति विकास भैरहेको छ । तर अहिलेसम्मको अवस्थालाई हेर्दा सिमित ठाउँमा मात्र नेपाली र विदेशीहरु घुम्न निस्कने गरेका छन् । यसको मुख्य कारण नयाँ पर्यटकीय क्षेत्रको पहिचान नगर्नु र पर्यटन उद्यमीहरुले पनि चालु भएका पर्यटकीय क्षेत्रलाई मात्र भजाएर पर्यटकीय सेवा प्रदान गर्न खोज्नु तथा पर्यटन ब्ववसायमा आधुनिकिकरण हुन नसक्नु हो ।

पर्यटन उद्योगमा ठूलो सम्भावना भएपनि त्यसतर्फ उद्योगीहरुको व्यवसायिक आँखा पुग्न सकिरहेको छैन । २०५० साल पछिका ब्यापार मेला, महोत्सवको नामको पछाडी पर्यटन महोत्सव भन्ने शब्द पनि झुन्डिन थालेको छ । यसो गर्नुको मुख्य कारण सरकार र पर्यटन बोर्डको सहयोग प्राप्त गर्नु हो भन्दा फरक पर्दैन । चितवन महोत्सवमा जलविहार, तानसेन महोत्सवमा हेलिकप्टरबाट तानसेनको दृश्यावलोकन, पोखरा महोत्सवमा डुंगा शयर र प्याराग्लाईडिङ्ग, बुटवल भैरहवामा हुने महोत्सवमा लुम्बिनी घुमाउने काम कहिलेकाही हुने गरेका छन् तर यी काम नामको लागि मात्र हुने गरेको देखिन्छ । मेला महोत्सवमा पर्यटनको एउटा स्टल येनकेन राखिएको हुन्छ । त्यहाँ परिचित स्थलका केही आकर्षक तस्विरहरु समेत झुन्ड्याइएको हुन्छ । तर, त्यहाँ पुग्न चाहने दर्शकलाई पु¥याउने व्यवस्था भने गरिएको हुदैन । प्रदर्शनी लागेको ठाउँका स्थानीय पर्यटकीय क्षेत्रहरु कुन कुन हुन् ? ति क्षेत्रका विशेषता के कस्ता छन् ? र, त्यहाँ कसरी जान सकिन्छ ? त्यहाँ पुग्दा के कस्ता सेवाहरु पाइन्छ र कति खर्च गर्नु पर्छ भन्ने कुराको जानकारी समेत मेला महोत्सवबाट दर्शकले प्राप्त गर्न सक्दैनन् । मेलाको सचिवालयमा पर्यटन व्यवसायी, विज्ञहरुले पर्यटनको बारेमा सम्बाद, छलफल गर्छन, कार्यपत्र प्रस्तुत गरिन्छ तर मेलाबाट र मेला सकिएपछि स्थानीय क्षेत्रको पर्यटन उद्योग उस्तै रहन्छ ।

मेला महोत्सव आफैमा पर्यटनका क्षेत्रहरु बनिसकेका छन् । मेलामा पर्यटकीय स्वभावका मानिसहरु पुग्ने भएकोले मेला महोत्सव पर्यटन प्रवद्र्धनको राम्रो अवसर हुन् । मेलामा पुग्ने मानिसलाई छेउछाउमै घुम्ने ठाउँहरु छन् भन्ने चिनाउने मात्र नभएर पर्यटन व्यवसायीले कहाँ कस्तो सेवा प्रदान गर्न सक्छन भन्ने बताउने राम्रो अवसर मेला महोत्सव हुन् । जसरी उपभोग्य सामान उत्पादकले आफ्ना सामानहरुको प्रदर्शन र विक्री वितरण गर्दछन, त्यसैगरी होटेल ब्यवसायीले आफ्नो होटेलको सम्पूर्ण जानकारी मेलामा दर्शकहरुलाई प्रदान गर्न सक्ने हो भने नागरिक र होटेल व्यवसाय दुबैलाई फाइदा पुग्छ । ट्राभल एजेन्सी तथा टुर अपरेटरहरुले स्थानीय क्षेत्रमा दर्शनीय ठाउँहरुको प्रचारप्रसार गर्ने र मेलामा पुगेका दर्शकलाई प्याकेज बनाएर ति ठाउँमा घुमाएर ल्याउन सक्ने हो भने मेलामा जोडिएको पर्यटन महोत्सव भन्ने शब्दको सार्थकता रहन्थ्यो । अहिले पर्यटन उद्योग ठूलो सम्भावना बोकेको उद्योगको रुपमा अगाडी बढिरहेको छ । यो सम्भावनालाई टेवा पु¥याउनको लागि मेला प्रदर्शनीहरुले महत्वपूर्ण भूमिका खेल्न सक्छन् । यस्ता प्रदर्शनीमा पर्यटकीय क्षेत्रको प्रचार प्रसार गर्ने मात्र नभई होटेल व्यवसाय, टुर अपरेटर, ट्रेकिंग, पर्वतारोहण, जलयात्राका क्षेत्रमा उपयोगी नयाँ नयाँ वस्तु र प्रविधिहरुको जानकारी दिने र त्यस्ता वस्तुहरु विक्री गर्ने, पर्यटकहरुलाई बेच्न सकिने मौलिक वस्तु तथा उत्पादनहरु पस्कने काम मेला महोत्सवमा हुन सकेमा पर्यटन ब्यवसायमा लागेकाहरुलाई ब्यवसाय प्रवद्र्धन गर्न ठूलो टेवा पुग्न सक्दथ्यो तर यसतर्फ मेला संचालकहरुले ध्यान दिएको देखिदैन ।

  • मेला महोत्सव व्यवसाय प्रवद्र्धनको राम्रो अवसर हो । यो स्टक क्लियरेन्स गर्ने बेला मात्र नबनाई नयाँ व्यवसायिक सोचको विकास गर्ने र त्यसलाई ग्राहक उपभोक्तासम्म पु¥याउने अवसरको रुपमा उद्योगी व्यवसायीले लिनु पर्दछ । नेपाली व्यवसायीले वस्तु उत्पादनमा अरुलाई जित्न कठिन होला तर पर्यटन उद्यममा कोसिस गर्ने हो भने छिमेकी देशहरुले जतिकै फाइदा लिन भने सक्छन् ।

बुटवलमा नियमित रुपमा ब्यापार मेला र औद्योगिक प्रदर्शनी लाग्न थालेको अढाई दशक बितिसकेको छ । बुटवल छेउछाउका सिद्धार्थनगर, तिलोत्तमा, सैनामैना, देवदह, सुनवल, बर्दघाट, बाणगंगा लगायतका नगरहरुमा पछिल्ला वर्षमा नियमित रुपमा मेला महोत्सव लागिरहेका छन् । बुटवल र छेउछाउ लाग्ने धेरै मेला महोत्सवको नाम पर्यटन महोत्सव समेत हुने गरेको छ तर यी महोत्सवले यो क्षेत्रको पर्यटन विकासमा योगदान पु¥याएको देखिदैन । लुम्बिनी, जितगढ़ी, रानी महल, तानसेन दरबार, पाकड़ी रुख जस्ता प्रचलित पर्यटकीय सम्पदाको प्रारूप बनाएर मेलामा राख्ने, पर्यटकीय क्षेत्रका तस्विर र ब्रोसरहरु प्रदर्शन गर्ने जस्ता कामहरु मेलामा नभएका हैनन् तर यस्ता कार्यले यो क्षेत्रमा पर्यटकीय स्थानको खोजी, प्रचार प्रसार, पर्यटकको संख्या वृद्धि, होटेल र ट्राभल एजेन्सीका ग्राहकहरुको संख्या वृद्धिमा प्रभाव पारेको छैन । त्यसैले पर्यटन महोत्सव नाम मात्रमा सिमित हुन पुगेको छ ।

हामीहरुले लुम्बिनी, तिलौराकोट, रानीमहललाई पर्यटकीय बजारमा बेच्न धेरै कोशिस गरिसकेका छौ तर प्रतिफल शुन्य बराबर नै छ । यसो हुनुको मुख्य कारण आन्तरिक पर्यटनको अभ्यासमा कमी हुनु हो । लुम्बिनी प्रदेशमा लुम्बिनी बाहेक सयौ पर्यटकीय क्षेत्रहरु छन्,जसको बारेमा घुम्न जान चाहने मानिसलाई नै थाहा छैन । बुटवलमा मेला लाग्दा जितगढ़ी, नुवाकोट, दोभान पदयात्रा, बसन्तपुर, वनबाटिका र सुखौरा क्षेत्रको पदयात्रा, आदिबासी जनजातिका वस्तीहरुमा होमस्टे बसालेर मेलामा ल्याउने व्यवस्था गर्ने, कपिलवस्तुमा मेला लाग्दा तिलौराकोट, कुदान, जगदीशपुर ताल र सुपादेउराली सम्म पु¥याउने, तिलोत्तमामा मेला लाग्दा भारतीय सिपाही विद्रोहको अन्तिम थलो सुखौरा खोला, मद्रहानी, वनबाटिकासम्म घुम्न लैजाने, देवदहमा मेला लाग्दा भवानीपुर, पाकड़ी गाडीमा पु¥याउने, पदयात्रा गराएर सरनटारी, माथागढ़ी हँुदै रहबाससम्म लैजाने, सुनवल महोत्सवमा पण्डितपुर, महलपोखरी तथा बर्दगोरिया र रामग्रामसम्म लैजाने, बर्दघाट महोत्सवमा सालबास, दाउन्ने, ककरपत्ता, अनोमाघाट र त्रिवेणीसम्म लैजाने, तानसेन महोत्सव हँुदा तानसेन सेरोफेरो, कालिगण्डकी किनारमा पदयात्रा, रानीमहल, दर्लामकाली, भैरवस्थान, रिडी, राम्दी, रम्भादेवी, रामपुरसम्म पु¥याउने कार्यक्रम बनाएर त्यसको ब्यापक प्रचार गर्ने, स्कूल कलेज तथा संघ सस्थासंग समन्वय गरेर यात्रा, बसाइमा सहुलियत प्रदान गरेर प्याकेजमा ठूलो समूहलाई मेलामा जम्मा गरेर प्रख्यात र ओझेलमा परेका दर्शनीय ठाउँमा लैजाने काम मेलाकै बेलामा पर्यटन व्यवसायीले गर्ने हो भने लुम्बिनीमा दिगो पर्यटन प्रवद्र्धन हुन सक्छ । मेला महोत्सव आयोजकले प्याकेज बनाएर छेउछाउका क्षेत्रमा घुम्न लैजाने र घुम्न जाने दर्शकलाई मेलामा खरिदमा छुट दिने वा मेलामा गएका दर्शकलाई घुम्न जाँदा सहुलियत प्रदान गर्ने हो भने पर्यटन उद्योग र उत्पादनशील उद्योगी, व्यापारीले राम्रो र दिर्घकालिन लाभ लिन सक्ने देखिन्छ ।

मेला महोत्सव व्यवसाय प्रवद्र्धनको राम्रो अवसर हो । यो स्टक क्लियरेन्स गर्ने बेला मात्र नबनाई नयाँ व्यवसायिक सोचको विकास गर्ने र त्यसलाई ग्राहक उपभोक्तासम्म पु¥याउने अवसरको रुपमा उद्योगी व्यवसायीले लिनु पर्दछ । नेपाली व्यवसायीले वस्तु उत्पादनमा अरुलाई जित्न कठिन होला तर पर्यटन उद्यममा कोसिस गर्ने हो भने छिमेकी देशहरुले जतिकै फाइदा लिन भने सक्छन् । पर्यटन उद्योगलाई बलियो बनाउनको लागि देशका नागरिकलाई उनीहरुको ठाउँ चिनाउनु पर्छ । आफ्ना उत्पादनहरुलाई पर्यटन बजारमा बेच्न सक्ने बनाउनु पर्छ । यसको लागि मेला महोत्सव राम्रा अवसर हुन् । मेला, महोत्सवको नामको पछाडी पर्यटन शब्द जोड्दैमा न त पर्यटन सम्बद्ध व्यवसायीले लाभ लिन सक्छन न त नागरिकले नै पर्यटनको स्वाद लिन सक्छन । त्यसैले यस्ता मेला महोत्सव गर्दा होटेल, ट्राभल एण्ड टुर, होमस्टे संचालक, स्थानीय पर्यटन र सम्पदा संरक्षण समितिहरुलाई पनि समावेश गरि मेलाका कार्यक्रम बनाउन र मेलालाई किनमेल र मनोरन्जनको थलोसंगै घुम्ने र पर्यटन ब्यवसायमा लाग्न चाहनेहरुलाई उत्प्रेरित गर्ने अवसर पनि बनाउनु जरुरी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?