ट्रेंडिंग:

>> हेटौँडामा सडक विस्तार कार्य तत्कालका लागि स्थगित >> १३ दिनसम्म राष्ट्रपति कार्यालयमा पुगेन भूमि अध्यादेश >> महाधिवेशन उद्घाटन सत्रका लागि ओलीले पठाए पत्र >> पोखरा विमानस्थल अनियमितता प्रकरण : ५ पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध मुद्दा चलाउने निर्णय >> सेयर बजारका सबै सूचक घटे, ३ कम्पनीमा १० प्रतिशत मूल्य बढ्यो >> पूर्वराष्ट्रपति भण्डारी र प्रधानमन्त्री कार्कीबिच पहिलो भेटवार्ता >> कर्णालीले जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै >> मिराज ढुंगानाले मागे प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा >> एकैपटक १३ उपसचिव र १८ शाखा अधिकृत सरुवा >> जनार्दन शर्माको गृहजिल्लामा माओवादीको सम्पत्ति नेकपा र प्रलोपाको नाममा भागबण्डा गरियो >> मानव अधिकार आयोगमा एक वर्षमा १०५ वटा नयाँ उजुरी दर्ता >> प्रदीप अधिकारीसहितको मुद्दा दर्ताका लागि अख्तियारको तयारी >> सिंहदरबार अवलोकनमा पूर्वराष्ट्रपति भण्डारी, प्रधानमन्त्रीसँग भेटवार्ता पनि >> मलेखु–मुग्लिङ सडकखण्डमा २ बस एक आपसमा ठोक्किए >> लुम्बिनी निर्माण व्यवसायी संघले १८औँ निर्माण दिवस सामाजिक सेवासहित मनाउँदै >> गुल्मीमा यस वर्ष सुन्तला उत्पादनमा कमी >> एनसेल फाउन्डेसनले एनपीएलका चौका बापत दुई हजार बढी शैक्षिक सामग्री वितरण गर्ने >> देशकै नमुना तीन मुखे पुल हस्तान्तरण नै भएन >> ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु  >> बाँके र बर्दियालाई टुक्राउने षड्यन्त्रविरुद्ध थारु युवाहरु एकजुट >> क्यानका महानिर्देशक अधिकारीको भ्रष्टाचार मुद्दामा थुनछेक बहस >> प्रदीप ज्ञवाली भन्छन् : देश जलाउनेलाई नो भनौँ >> प्रत्यक्षतर्फ उम्मेदवार बन्न रास्वपाले तोक्यो २५ हजार शुल्क >> मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले गरे शपथ ग्रहण >> खजुरीको पफ बजारबाट फिर्ता लिन विभागको निर्देशन, ट्रान्स फ्याट मात्रा उच्च >> जसपा लुम्बिनी प्रदेशको नेतृत्वमा पठान >> मधेसका नवनियुक्त मुख्यमन्त्री यादवले शपथ लिँदै >> कोल्याटर बेचेर फाइदा उठाउने प्रवृत्ति करप्सन हो : गभर्नर पौडेल >> हेटौंडा बजार क्षेत्रमा ५ सयभन्दा बढी घर भत्काइयो >> सुनको मूल्य २०० रुपैयाँले घट्यो, चाँदीको कति ? >> गोकुल बास्कोटा भन्छन् : प्रतिनिधि छनोटमा पाखुरा सुर्किने प्रवृत्ति घातक >> जनार्दन शर्मालाई गृहजिल्लामा कार्यकर्ताहरुले देखाए कालोझण्डा >> ओली कुटीलाई लिएर शिक्षामन्त्री पुनको कटाक्ष- इञ्जिनियरलाई कारबाही गर्नुपर्छ >> दार्चुलामा ४.६ म्याग्निच्युडको भूकम्प >> रामग्रामका संघाराम क्षेत्रको पोखरी संरक्षणमा बौद्ध भिक्षुको चासो >> मिचाहा वनस्पतिको बिस्तारः संरक्षणमा चुनौती >> नेपाली आकाश सुरक्षित हुने कहिले ?  >> सुख्खा ग्रस्त गाउँमा हरियाली: शिक्षक दिलबहादुर बने प्रेरणाका स्रोत >> धानको रैथाने जात संरक्षण गर्दै गङ्गानारायण >> समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु >> सचेतना र गरिबीले गुम्दै आँखाको ज्योति >> नागरिकता नपाएर बाबु–छोरीको आत्महत्या, प्रधानमन्त्री कार्कीको सार्वजनिक माफी >> एनपीएलमा लिग चरणको अन्तिम खेल आज : जनकपुर र कर्णाली भिड्दै >> गोवाको नाइट क्लबमा सिलिन्डर विस्फोट : २३ जनाको मृत्यु >> इभी लहरः दाङमा नयाँ ट्रेन्ड >> मधेसबाट सुरु भएको नयाँ समीकरण बाँकी प्रदेशमा पनि अगाडि बढ्छ : प्रचण्ड >> चौरासीपूजामा ज्वाइँहरूको अनौठो सम्मान : ८४ वर्षीया केशरी पाण्डेको जीवनीसहितको पुस्तक विमोचन >> ओलीको प्रश्न– फेरि दलकै सरकार नबनेर हाहुकै भरमा चल्ने हो र ? >> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर

वडा कार्यालयबाट हुने काम अब सेवा केन्द्रमार्फत

२७ मंसिर २०७९, मंगलवार
२७ मंसिर २०७९, मंगलवार

चन्द्रौटा (कपिलवस्तु), २७ मंसिर ।

कपिलवस्तुको शिवराज नगरपालिकाको ३ नम्बर वडा कार्यालयले नागरिकहरुलाई सहज रुपमा सेवा प्रदान गर्नका लागि सेवा केन्द्र सञ्चालनमा ल्याएको छ ।

नागरिकले वडा कार्यालयमा सेवा लिन जाँदा दिनभरि समय लाग्नुको साथै उनीहरुलाई हुने विविध समस्यालाई मध्यनजर गर्दै कार्यालय बलुहवामा सेवा केन्द्र सञ्चालन गरिएको हो । वडा कार्यालयबाट प्राप्त हुने सबै सेवा, सुविधाहरु दिनका लागि मंगलबार एक कार्यक्रमबीच औपचारिक रुपमा सेवा केन्द्रको उदघाटन गरिएको वडा कार्यालयले जनाएको छ ।

सेवा केन्द्रले हप्ताको एक दिन मंगलबार मात्र सेवा केन्द्रबाट नागरिकलाई सेवा दिने र तत्कालै सेवा लिनुपर्ने अवस्था आएमा वडा कार्यालयबाट सेवा लिनुपर्ने वडा अध्यक्ष टेकलाल सापकोटाले जानकारी दिए ।

सेवा केन्द्रले बलुहवा, होचवा, मजगाउँ, बलुहवा डाँडा र काफलफुट्टाका नागरिकलाई सेवा प्रदान गरिने सापकोटाले बताए । सहज सेवाग्राहीले एउटा सामान्य सिफारिसका लागि वडा कार्यालय पुग्न ३ सयदेखि ४ सय रुपैयाँ गाडी भाडा तिर्नुपर्ने बाध्यता रहेको बताउँछन् । आफ्नै पायक पर्ने ठाउँमा सेवा केन्द्र स्थापना भएपछि वडा कार्यालय जाँदा हुने समस्या हटेको भन्दै वडाबासीहरु खुसी भएका छन् ।

प्रदेश सांसद अर्जुन कुमार केसीले निर्वाचनको बेला जनतालाई दिएको वाचा र प्रतिबद्धताहरु पूरा गर्दै जाने बताउँदै यस वडामा नदी, खोलानाला धेरै भएकाले नदी कटानबाट हुने क्षतिलाई दुई वर्षभित्र तटबन्ध निर्माण गरी व्यवस्थापन गरिने दाबी गरे । उनले वडा नम्बर ३ का जनताहरु कृषि पेसामा निर्भर हुने हुँदा कृषिका योजनालाई प्राथमिकतामा राख्ने बताए ।

आर्थिक पाटोलाई बलियो बनाउन उत्पादनमुलक कार्यमा आवश्यक लगानी गरी अगाडि बढ्न केसीले अनुरोध समेत गरे । उनले दुनाटपरी बनाउन सकिने लगायतको उदाहरण दिँदै आफ्नै स्थानीय स्तरमा उपलब्ध स्रोत, साधनको प्रयोग गरि व्यवसायिक आवश्यक रहेको बताए ।

यसैगरी शिवराज नगर उप–प्रमुख शिव कुमारी थारुले नागरिकले पाउने हरेक सेवालाई सहजरुपमा उपलब्ध गराउन प्रयासरत रहेको बताइन् । उनले सेवा केन्द्रबाट नागरिकलाई प्राप्त हुने सेवा सहज हुने जिकिर गर्दै ’गाउँघर क्लिनिक’ सञ्चालनका लागि बजेटसमेत छुट्टयाइएको जनाइन् । उनले पायक पर्ने यसै ठाउँ छिटै ’गाउँघर क्लिनिक’ स्थापना गरी सेवा प्रदान गरिने बताइन् ।

यस्तै वडा अध्यक्ष टेकलाल सापकोटाले कृषिलाई प्राथमिकता दिने बताउँदै तरकारी खेती, खसीबोका पालन पेसा गर्ने व्यक्ति अनुदान दिने गरेको बताए । उनले तरकारी र खसीबोका उत्पादन गरी तोकिएको संस्था वा केन्द्रमार्फत बेच्ने कषकलाई अनुदान उपलब्ध गराइएको जनाए । कृषि पेसामा आत्मनिर्भर हुन व्यावसायिक रुपमा कदम चाल्न जरुरी रहेको वडा अध्यक्ष सापकोटाको भनाइ छ । उनले जनताको हरेक समस्यालाई नजिकबाट नियाल्दै आवश्यक बजेट विनियोजनसमेग गर्ने गरेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?