Butwal Today

रास्वपाका १३ समानुपातिक सांसदमा को को परे ?

२४ मंसिर २०७९, शनिबार
अ+
अ-

काठमाडौं, २४ मंसिर ।

नयाँ दलको रुपमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिक सांसदको टुंगो लगाएको छ ।

शनिबार बसेको केन्द्रीय समितिको बैठकले समावेशिताको सिद्धान्तका आधारमा बन्द सूचीमा अग्रस्थानमा रहेकाहरूलाई छनोट गरेको हो । पार्टीको निर्णय सार्वजनिक गर्दै प्रवक्ता डा. मुकुल ढकालले बन्द सूचीको वरियतामा कुनै पनि छेड छाड नगरीकन नाम सिफारिस गरिएको बताए ।

रास्वपाका १३ जना समानुपातिक सांसद यस प्रकार छन्ः

दलित
१. सन्तोष परियार

२. शिव नेपाली

आदिवासी÷जनजाति

१. डा. ढाकाकुमार श्रेष्ठ

२. इन्दिरा रानामगर

३. सुमना श्रेष्ठ

खस आर्य

१. डा. चन्दा कार्की

२. डोलप्रसाद अर्याल

३. निशा डाँगी

४. विनीता कठायत

मधेसी

१. लक्ष्मी तिवारी

२. मनिष झा

थारु

१. अशोककुमार चौधरी

मुस्लिम

असिम शाह