ट्रेंडिंग:

>> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर >> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य >> लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास

कालिका कलेजको वार्षिकोत्सवमा विविध कार्यक्रम

२२ मंसिर २०७९, बिहीबार
२२ मंसिर २०७९, बिहीबार

बुटवल, २२ मंसिर ।

कालिका क्याम्पसको ९ औ वाषिर्कोत्सव तथा अभिभावक दिवसको अवसरमा खेलकुद सप्ताह २०७९ तथा सामाजिक उत्तरदायित्वका विविध कार्यक्रमहरु सम्पन्न भएका छन् । मंसिर १८ गते सुरु भएको प्रतियोगिता अन्तर्गत एथलेटिक्स, बुद्धिचाल, कुर्सी दौड, क्विज प्रतियोगिता, भलिबल, कबड्डी, डोरी तान्ने, नृत्य प्रतियोगिता सहित सामाजिक कार्य अन्तर्गत निःशुल्क दन्त शिविर, छाला रोग परिक्षण तथा वृहत रक्तदान कार्यक्रम सम्पन्न भएको हो ।

अतिरिक्त क्रियाकलाप अन्तर्गत कलेज परिसरमा एथलेटिक्सको १ सय मिटर दौड छात्रतर्फ सुभम दिसामगर प्रथम, दिलिप राना द्वितीय, बबिन लामटाङे तृतीय भएका छन् । यसैगरी छात्रातर्फ मिना ज्ञवाली प्रथम, ज्ञानु सारु द्वितीय, ईन्द्रा बिक र शिल्पा पाण्डे तृतीय भएका छन् । यसैगरी ४ सय मिटर दौडमा छात्रतर्फ तुल बहादुर झेडी प्रथम, सुदिप थापा द्वितीय, मन्जिल साहनी क्षेत्री तृतीय भएका छन् । छात्रातर्फ मिना ज्ञवाली प्रथम, ज्ञानु सारु द्वितीय, पवित्रा भुवल तृतीय भएका छन् ।

बुद्धिचाल प्रतियोगितामा छात्रतर्फ रवि पाण्डे प्रथम र सुरज चौधरी द्वितीय भएका छन् । छात्रातर्फ सुनिता गुरुङ प्रथम तथा अमिसा सुनार द्वितीय भएका छन् । छेलोफाल्ने खेलमा छात्रतर्फ सुभम दिसामगर प्रथम, दिपक खाम्चामगर द्वितीय र अर्जुन रावल तृतीय भए । छात्रातर्फ प्रथम सन्ध्या खड्का, द्वितीय अस्मिता क्षेत्री, तृतीय आरती खड्का भएका छन् ।
कुर्ची दौडमा रिता पोखरेल प्रथम, सृजना राना द्वितीय र सविता केसी तृतीय भएका छन् ।
टेबलटेनिस खेलमा छात्रतर्फ विश्वास पौडेल प्रथम, साईरस सापकोटा द्वितीय र सागर न्यौपाने तृतीय भएका छन् । यसैगरी छात्रातर्फ सुनिता गुरुङ प्रथम, धन माया राना द्वितीय भएका छन् ।

क्विज प्रतियोगिता, भलिबल, कपर्दी, डोरी तान्ने, नृत्य प्रतियोगिता लगायतका खेलमा २ सय २५ खेलाडीहरुले जित हासिल गरेका छन् । विजेता टिम तथा खेलाडीरुलाई शुक्रबार विशेष कार्यक्रमका बीच पुरस्कार वितरण गरिने अतिरिक्त क्रियाकलाप सहसंयोजक केशवराज न्यौपानेले बताए ।

यसैगरी सामाजिक उत्तरदायित्व अन्तर्गत स्वस्थ्य शिविर समेत गरिएको अतिरिक्त क्रियाकलाप संयोजक रेशम शर्माले बताए । मल्टीस्टार डाईग्लोष्टिक ल्याब्रोटोरिज प्रालिको प्राविधिक सहयोगमा १ सय ५० जनाको सुगर, प्रेसर, कोलस्टोर परीक्षण भएको छ । जसमा ल्याबका आस्था पौडेल (ल्याव असिस्टेन्ट), प्रकाश कंवर मगर (ल्याव टेक्निसियन) ले सहयोग गरेका थिए ।
नेपाल स्किन क्लिनिक हस्पिटल लाईनको प्राविधिक सहयोगमा १ सय १५ जनाको छाला जाच गरिएको थियो । जसमा छालारोग विशेषज्ञ डा. मनोज सापकोटाले सहयोग गरेका थिए ।

लायन्स आखा अस्पताल, बुटवलको प्राविधिक सहयोगमा १ सय ५० को आखा जँच गरिएको छ । कार्यक्रममा प्राविधिकहरु विनोद प्रसाद चौधरी र प्रियांशी गुप्ताले सहयोग गरेका थिए । सिटि हब डेन्टलको प्राविधिक सहयोगमा दन्त शिविर सम्पन्न भएको छ । शिविरमा १ सय २५ जना ले जाच गराएका थिए । जसमा डा. मुकेश सापकोटा (डेन्टल सर्जन), डा. भावना मुल्मि (डेन्टल सर्जन), बिष्णु राना (एसिस्टेन्ट), जुनु माजि ( एसिस्टेन्ट) ले सहयोग गरेका थिए ।

स्टुडेन्ट क्वालिटी सर्कल, बुटवल कालिका क्याम्पसको आयोजना तथा क्त संचार इकाई, भैरहवाको प्राविधिक सहयोगमा विद्यालय परिसरमा आयोजना गरिएको रक्तदान कार्यक्रममा ८३ युनिट रगत संकलन भएको छ । जसमा प्राविधिक हरि सापकोटा, ममता थारु, दिप कुमार चौधरीले सहयोग गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?