ट्रेंडिंग:

>> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य >> लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास >> किसानको मिहिनेतमा व्यापारीको कमाई
लुम्बिनी महोत्सव

‘दुनाटपरी’ बनाउन प्रतिष्पर्धा हुँदै

२१ मंसिर २०७९, बुधबार
२१ मंसिर २०७९, बुधबार

बुटवल, २१ मंसिर ।

पछिल्लो समय आधुनिकता र प्रविधिको प्रयोगसँगै हातले बनाइने दुनाटपरी लोप हुँदै गएका छन् । गाउँघरमा अझै पनि हातले बनाएर प्रयोग गरिए पनि सहरी क्षेत्रमा मेसिनले बनाइन्छ । पछिल्ला दिनहरुमा सहरबजारमा परम्परागत दुनाटपरीका ठाउँमा प्लास्टिकका थाल र सामग्रीको अधिक प्रयोग हुँदै आएको छ । यसले सदियौंदेखि चलनचल्तीमा रहँदै आएका हातले बनाएका दुनाटपरी लोप भइरहेका हुन् ।
धार्मिक पुजाआजा, विवाह, व्रतबन्ध, श्राद्धलगायत कार्यमा पहाडका बस्तीहरुमा अझै पनि सालका पातको दुनाटपरीको प्रयोग गर्ने प्रचलन छ । तराईमा यसको प्रयोग अत्यन्तै न्युन छ । नयाँ पुस्तामा दुनाटपरी बनाउने सीपको कमी छ । यसतर्फ चासो पनि दिँदैनन् । धार्मिक विश्वाससँग जोडिएको परम्परागत दुनाटपरीभन्दा प्लास्टिकका सामग्री प्रयोग बढ्दै गइरहेका बेला यसको संरक्षण, प्रयोग र नयाँ पुस्तामा सिपको विकास बढाउने भन्दै भैरहवामा यही मंसिर २३ देखि पुस ४ गतेसम्म हुने लुम्बिनी राष्ट्रिय महोत्सवमा ‘दुनाटपरी, बोहोता तथा बत्ती काट्ने प्रतिस्पर्धा’ गराउन लागिएको छ ।

‘दुनाटपरीहरु स्थानीयस्तरमा पाइने साल लगायत अन्य विरुवाका पातबाट सहजै बनाउन सकिन्छ, तर आधुनिकतासँगै लोप हुने खतरा बढ्यो’, संघकी महिला उद्यमी तथा हस्तकला संयोजक पल्लबी न्यौपानेले भने, ‘पुरानो परम्पराको जगेर्ना गर्दै प्लास्टिक भन्दा स्वदेशमै पाइने हस्तकलाका सामान प्रयोग गरौं भन्ने सन्देश दिन पनि हामीले दुनाटपरी, बोहोता तथा बत्ती काट्ने प्रतिस्पर्धा कार्यक्रम मेलास्थलमा राखेका हौं ।’

उनले प्लास्टिक नकुहिने भएकाले यसले वातावरणमा पनि असर गरिरहेकाले विभिन्न वनस्पतिको पातबाट भन्ने दुनाटपरीको प्रयोग गर्न आग्रह गरे । उनले धेरै महिला दिदीबनिहीहरु बेरोजगार भइरहेको तर प्लास्टिकका सामग्रीको प्रयोग अधिक बढिरहेका बेला दुनाटपरी बनाउन सिके धेरै सहजता हुने बताए । ‘हामीले प्रतिस्पर्धा गराएर सबैलाई विभिन्न बिरुवाका पातबाट भन्ने दुनाटपरी र बोहोता प्रयोग गर्ने बानीको विकाससँगै यस पेसामा लाग्नेलाई प्रोत्साहन गर्न खोजेका हौं’, उनले भने ।

प्लास्टिकका सामग्रीभन्दा वनस्पतिका सामग्री सस्तो पनि पर्छ । ‘कुनै उद्योगधन्दा खोल्नु पर्दैन । कोही कसैले व्यवसाय गर्छु भन्ने चाहना राखेमा घर तथा सानो ठाउँमा पनि दुनाटपरी बनाएर विक्री वितरण गर्न सक्छ’, न्यौपानेले भने, ‘महोत्सवमा हुने प्रतिस्पर्धाले धेरैलाई यसतर्फ प्रेरित गर्ने हामीले विशवास लिएका छौं ।’

महोत्सव मूल आयोजक समिति संयोजक एवं संघका अध्यक्ष भीष्मप्रसाद न्यौपानेले केही समय पहिले सहरबजारमा समेत सालका पातबाट बनेका दुनाटपरीको प्रयोग भए पनि पछिल्लो समय लोप हुँदै गएको बताए । अहिले दसैँ, तिहारलगायतका चाडपर्व, विवाह व्रतबन्ध विभिन्न पूजामा समेत मेसिनले बुनेका दुनाटपरी र प्लास्टिकका भाँडाको प्रयोग बढेको छ । अब नागरिक सचेत भएर पातबाट बनेका दुनाटपरी प्रयोग गर्नुपर्ने न्यौपानेले बताए । संघले मेलास्थलमा आयोजना गरेको प्रतिस्पर्धामा विजयी हुनेलाई उचित पुरस्कारको समेत व्यवस्था गरेको जनाएको छ । ‘हामीले प्रतिस्पर्धाबाट उत्कृष्ट हुनेलाई पुरस्कारको व्यवस्था गरेका छौं, त्यसैले धेरैभन्दा धेरै दिदीबहिनीहरु प्रतिस्पर्धामा भाग लिनुहुन्छ भन्ने हाम्रो विश्वास छ’, महिला उद्यमी तथा हस्तकला संयोजक न्यौपानेले भने ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?