ट्रेंडिंग:

>> चौरासीपूजामा ज्वाइँहरूको अनौठो सम्मान : ८४ वर्षीया केशरी पाण्डेको जीवनीसहितको पुस्तक विमोचन >> ओलीको प्रश्न– फेरि दलकै सरकार नबनेर हाहुकै भरमा चल्ने हो र ? >> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर >> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ?
लुम्बिनी प्रदेश

राजधानी सर्‍यो, कर्मचारी सरेनन्

२१ मंसिर २०७९, बुधबार
२१ मंसिर २०७९, बुधबार

बुटवल, २१ मंसिर ।

लुम्बिनी प्रदेशमा मुख्यमन्त्री कुलप्रसाद केसीले मंगलबार राति आफ्नो कार्यालयका सामान रातारात स्थायी राजधानी तोकिएको दाङमा लगे । दाङको देउखुरी उपत्यकाभित्र अस्थायी संरचनामै मुख्यमन्त्री कार्यालयका सामा लगियो । तर , मन्त्रालयका सामान लगेपनि कर्मचारी भने अझै दाङ सरेका छैनन् ।

“दाङमा कर्मचारी व्यवस्थापनको पाटो अझै टुंगिएको छैन, सामान लगेपनि तत्काल कर्मचारी जाने कुुरा भएन”–मुख्यमन्त्री कार्यालयका एक कर्मचारीले भने । अहिले सामान व्यवस्थापनका लागि भन्दै मुख्यमन्त्री केसीले आफ्नो सचिवालयका सीमित कर्मचारी मात्रै लगेका छन् । “मुख्यमन्त्री कार्यालयको बोर्ड झुण्ड्याउँदैमा केही हुँदैन, कर्मचारी नभएसम्म सामान सारेर मात्र अर्थ छैन”–ती कर्मचारीले भने ।

स्थायी संरचना नबन्दै मुख्यमन्त्री कार्यालयका सामान दाङ सारिएकोमा धेरैजसो कर्मचारी असन्तुष्ट छन् । “पहिलो कुरा त देउखुरी उपत्यका राजधानीको लागि उपयुक्त स्थान नै होइन, त्यहाँ न त पूर्वाधार छ, न त अन्य कुराहरुको पहुँच छ, तर पनि राजधानी तोकिसकेपछि पूर्वाधार निर्माणमा जुट्नु पथ्र्यो, त्यसो नभै मन्त्रालय सार्दैमा राजधानी व्यवस्थापनको काम झनै बेबारिसे हुन्छ”–कृषि तथा भूमि व्यवस्था मन्त्रालयका अर्का कर्मचारीले भने ।

लुम्बिनी प्रदेशको अस्थायी मुकाम बुटवल हुँदा त कर्मचारीहरु टिक्न सकेका थिएनन् भने दाङमा कर्मचारी टिकाउन झनै समस्या हुने उनले बताए । “अधिकांश कर्मचारी बुटवल बस्छन्, दाङ गैहाले भनेपनि शुक्रबार बुटवल आउँछन् र आइतबार ढिलो गरी मात्र देउखुरीमा कार्यालय भेटाउन पुग्छन्, यस हिसावले सातामा चार दिन मात्रै कामकाज हुने देखिन्छ”–ती कर्मचारीले भने ।

बुटवल मुकाम हुँदा लुम्बिनी प्रदेशमा एक वर्ष काम गर्ने सचिवहरूको संख्या निकै कम थियो । प्रदेशमा पाँच वर्षको अवधिमा ५० सचिव फेरिएका थिए । अव दाङमा भने यो समस्या अरु बढ्ने कर्मचारीहरु बताउँछन् । लुम्बिनीमा हाल १३ वटा मन्त्रालय छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा एक प्रमुख सचिव र दुई सचिव रहेका छन् । यहाँका अन्य १२ मन्त्रालयमा १२ सचिवको दरबन्दी रहेको छ ।

मुख्यमन्त्री कार्यालयका प्रवक्ता नरेन्द्रकुमार रानाले कार्यालयका सामान लगिए पनि कर्मचारी व्यवस्थापनको काम अझै भैनसकेको बताए । “कर्मचारी व्यवस्थापन नभएसम्म बुटवलबाटै कामकाज हुन्छ, व्यवस्थापनको पाटो टुंगिएपछि सरकार नै जाँदा कर्मचारी यहाँ बस्ने कुुरा भएन”–उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?