Butwal Today

अर्घाखाँचीका पूर्व ट्राफिक प्रमुख आचार्य कास्कीमा सम्मानित

२१ मंसिर २०७९, बुधबार
अ+
अ-

अर्घाखाँची, २१ मंसिर ।

जिल्ला प्रहरी कार्यालय कास्कीले प्रहरी बरिष्ठ नायब निरिक्षक प्रविन आचार्यलाई नवौं राष्ट्रिय खेलकुदको अवधिभर शान्ति सुरक्षा चुस्त बनाएको तथा फरार प्रतिवादीको खोजी कार्यलाई तीब्रता दिएको भन्दै सम्मान गरेको छ ।

आचार्यले आफ्नो पेशागत मर्यादालाई कर्तब्यनिष्ठ र अनुशासित बनाउँदै प्रहरी संगठनमा राम्रो छवि बनाएका आचार्य ‘पुलिस अप दी मन्थ’ बाट सम्मानित भएका हुन् । आचार्यले अर्घाखाँची, पाल्पा, गोरखा लगायतका जिल्लामा ट्राफिक प्रहरीको भवन निर्माण आफ्नो कार्यकालमा सम्पन्न गरी ट्राफिक व्यवस्थापनमा महत्वपूर्ण भूमिका खेलेका थिए ।

आचार्य पाल्पामा कार्यरत रहँदा ट्राफिक व्यवस्थापनमा महत्वपूर्ण काम गरेको भन्दै प्रहरी प्रधान कार्यालयले उत्कृष्ट ट्राफिक पुरस्कारबाट सम्मानित भएका थिए । आचार्य नेपाल प्रहरीमा २०६३ सालमा प्रहरी सहायक निरीक्षक (असइ) बाट प्रवेश गरेका थिए ।