ट्रेंडिंग:

>> मुक्त कमलरीहरु अधिकारका लागि एकजुट हुनुपर्ने >> औद्योगिक प्रदर्शनीको सुरक्षामा विशेष ध्यान दिन सरोकारवालाको आग्रह >> घरआँगनमै स्वास्थ्य सेवा : नरैनापुरमा बदलिँदै स्वास्थ्य चेतना >> मधेसमा दुई मन्त्री थपिए, मन्त्रिपरिषद् ६ सदस्यीय (सूचीसहित) >> एमाले महाधिवेशन : उम्मेदवारी दर्ताको समय सकियो >> सरकारसँग वार्ता गर्न दुर्गा प्रसाईंले बनाए वार्ता समिति >> ओलीको प्रस्तावकमा रामबहादुर ‘बादल’, समर्थक विष्णु पौडेल >> यू–१९ एशिया कपमा नेपाल लगातार दोस्रो खेलमा पराजित >> ४ महिनामा ६ खर्ब ८७ अर्ब रेमिट्यान्स, विदेशी मुद्रा सञ्चिति ३० खर्ब ५५ अर्ब नाघ्यो >> यी हुन् ईश्वर पोखरेलको टिमका समावेश पदाधिकारी >> ओलीको उम्मेदवार सूचीमा विद्या भट्टराईको नाम छैन >> नेपालगन्ज उपमहानगरपालिकाले अवैध अटो रिक्सा नियन्त्रणमा लिँदै >> एमाले अध्यक्षको उम्मेदवारी दर्ता शुल्क १५ हजार, पदाधिकारीको १० हजार >> भिजिट भिसा प्रकरणमा अनुसन्धानपछि म्याग्दीका सीडीओ तिवारी फिर्ता बोलाइए >> यू–१९ एसिया कप : नेपाल १ सय ३० रनमा अलआउट >> ओली समूहमा असन्तुष्टिपछि लेखराज भट्ट उपमहासचिव उम्मदेवार बन्ने तय >> पार्टीलाई ठीक ढंगले चलाउन अध्यक्षमा उम्मेदवारी दिएको हुँ : ईश्वर पोखरेल >> ओली पक्षबाट केन्द्रीय सदस्यको उम्मेदवारको सूचीमा डंगोलको नाम >> मधेशमा आज मन्त्रिपरिषद् विस्तार हुँदै >> उपाध्यायको निधनमा भोलि पार्टी कार्यालय बन्द गर्ने कांग्रेसको निर्णय >> रुपन्देहीमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु >> मैले गल्ती गरेँ, साथ दिनुस् भन्दै हिँडेकी छु : रामकुमारी झाँक्री >> एक दर्जनभन्दा बढी बैंकले घटाए ब्याजदर >> एमाले महाधिवेशनको मेन्युमा ब्रेड, फलफूल र मासुभात >> ओली समूहले पनि टुंग्यायो पदाधिकारीको नाम >> एमाले महाधिवेशन : ३०१ पदका लागि १४ सयभन्दा बढी फारम वितरण >> सरकार निर्वाचन गराउन दृढ भएर लागेको छ : गृहमन्त्री अर्याल >> एमाले महाधिवेशनको चुनावी प्रक्रिया सुरु >> सुनको मूल्य तोलामा २ लाख ६० हजार पुग्यो >> निर्वाचन क्षेत्र सार्ने बहसमा विष्णु पौडेलः रणनीति कि बाध्यता ? >> बढ्दै सामाजिक सञ्जालको दुरुपयोग  >> हुलाकी सडक आयो, सीमा खुलेन  >> स्थानीय तहमा ‘पेस्की आतङ्क’ अध्यक्षकै मनोमानी, अन्यायमा कर्मचारी >> चौथो आशिष् कप ब्याडमिन्टन हुने  >> एमाले केन्द्रीय कमिटीमा युवाका लागि ५ प्रतिशत कोटा >> ई–७ भिसा मार्फत कोरियामा कामदार पठाउने कार्यविधि फुकुवा >> नेपाली कांग्रेसका नेता सन्तोष चालिसेविरुद्ध भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणको मुद्दा >> गाई काटी रहेको अवस्थामा बाँकेबाट २ जना पक्राउ >> सेयर बजार २६ सयभन्दा तल झर्‍यो >> नेकपा एमाले महाधिवेशन : बन्दसत्र भृकुटिमण्डपमा सुरु >> विधान संशोधनको निर्णयप्रति पाण्डेको प्रश्न: मनपरीतन्त्र होइन ? >> प्रहरी नायब उपरीक्षक १६ जना एमपीएस प्रवेश परीक्षामा उत्तीर्ण (सूचीसहित) >> एमाले केन्द्रीय कमिटीमा जेन–जी पुस्तालाई १५ प्रतिशत प्रतिनिधित्व दिन दबाब >> श्रीमती बेपत्ता भन्दै दिएको जाहेरी, अनुसन्धानमा श्रीमान्‌बाटै हत्या भएको खुल्यो >> म चुनाव लड्दिनँ, आफूविना पार्टी चल्दैन भन्ने भ्रम त्याग्नुपर्छ: अष्टलक्ष्मी शाक्य >> आईएस आक्रमण: सिरियामा २ सैनिकसहित ३ अमेरिकीको मृत्यु >> एमालेको बन्दसत्र ३ बजेलाई सर्‍यो >> मनाङ केन्द्रबिन्दु भएर ४.७ म्याग्निच्युडको भूकम्प >> एमाले विधान महाधिवेशनको निर्णय उल्टियो, स्थायी कमिटीको संख्या पुरानै कायम >> महान्यायाधिवक्ता सबिता भण्डारी ट्रान्सपरेन्सीबाट निलम्बित
विशेष समाचार

बबईको पानी ल्याउन लिफ्टिङः ५० करोडमा सम्झौता

१९ मंसिर २०७९, सोमबार
१९ मंसिर २०७९, सोमबार

दाङ, १९ मंसिर ।

घोराही खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको बहुप्रतिक्षित बबई लिफ्टिङ आयोजनाका लागि आवश्यक ऋण लगानीमा त्रिपक्षीय सम्झौतामा हस्ताक्षर गरेको छ ।

घोराही उपमहानगरपालिकामा एक कार्यक्रम गरी घोराही खानेपानी आयोजना बिस्तारका लागि आवश्यक बबई लिफ्टिङ आयोजनाको सम्झौता पत्रमा त्रिपक्षीय हस्ताक्षर भएको हो । हाल घोराही खानेपानी संस्थाले प्रदान गर्दै आएको खानेपानी वितरण सेवालाई स्तरीय तथा दीगो रुपमा लैजान बबई लिफ्टिङ आयोजना आवश्यक भएपछि सर्वे गरिएको आधारमा नेपाल सरकार, नगर विकास कोष र खानेपानी आयोजनाको सहलगानीमा आयोजना सम्पन्न गर्ने गरी त्रिपक्षीय सम्झौता पत्रमा हस्ताक्षर भएको छ । जसको मध्यस्थकर्ताका रुपमा घोराही उमहानगरपालिका रहेको छ ।

२०९७ सालसम्म ऋण भुक्तानी गरिसक्ने गरी पाँच प्रतिशत व्याज दरमा नेपाल सरकारको ७० प्रतिशत अर्थात ३४ करोड ८९ लाख ८४ हजार ३ सय, नगर विकास कोषको २५ प्रतिशत अर्थात १२ करोड ४६ लाख ३७ हजार २५० र सम्बन्धित संस्थाको सहलगानी पाँच प्रतिशत अर्थात २ करोड ४९ लाख २७ हजार ४५० गरी कुल ४९ करोड ८५ लाख ४९ हजार रुपैयाँको ऋण सम्झौता भएको छ ।

नगर विकास कोषले उपलब्ध गराएको ऋण वापतको रकमको हकमा ३ वर्षको सहुलियत अवधिसहित १ वर्षमा भुक्तान गरी सक्ने गरी सम्झौता भएको छ । यो व्यवस्था अर्धवार्षिक रुपमा मिलाउँदै हरेक वर्षको असार र पुसमा किस्ता भुक्तानी गर्ने गरी सम्झौता पत्रमा हस्ताक्षर भएको घोराही खानेपानी उपभोक्ता संस्थाका अध्यक्ष देवीबहादुर डिसीले जानकारी दिए ।

सो सम्झौता पत्रमा घोराही खानेपानी संस्थाका अध्यक्ष देवीबहादुर डिसी, नगर विकास कोषका कार्यकारी निर्देशक कृष्णप्रसाद सापकोटा र मध्यस्थकर्ताका रुपमा घोराही उपमहानगरपालिकाका नगरप्रमुख नरुलाल चौधरीले संयुक्त रुपमा सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । सो आयोजना सम्पन्न भएमा आगामी ४० वर्षसम्म घोराहीमा खानेपानीको दीर्घकालीन समस्या समाधान हुनुका साथै नगरबासीले सहज रुपमा खानेपानी पाउने विश्वास गरिएको संस्थाका अध्यक्ष डिसीले बताए ।

कार्यक्रममा उपप्रमख हुमा डिसी, प्रमुख प्रशासकीय अधिकृत भोजप्रसाद घिमिरे, नगरविकास कोष प्रमुख सुवाशराज पन्त, प्रशासन प्रमुख सुर्यबहादुर कार्की, लेखा प्रमुख देवान राईलगायतले बोलेका थिए । कार्यक्रमको सहजीकरण संस्थाका सचिव धर्मेन्द्र श्रेष्ठले गरेका थिए ।

यसैबीच, बबई लिफ्टिङ खानेपानी आयोजना निर्माणका लागि गत असार २९ गते ठेक्का सम्झौता भई अब पुसको पहिलो हप्ताबाट कामको थालनी हुने भएको छ । आगामी ३ वर्षमा निर्माण कार्य सम्पन्न गर्ने गरी ठेक्का सम्झौता भएको छ ।

यो आयोजना अनुसार, बबई नदीको बोरिङ खन्दै समवेलमार्फत वडा नम्बर ७ मा बोरिङको पानी फिल्टर गरेर जम्मा गर्ने त्यसपछि रावतगाउँ, झिगौरालगायतका ठाउँमा ओभरहेड टंकीमा पानी जम्मा गर्दै थप ठाउँमा सहज रुपमा खानेपानी वितरण गर्ने लक्ष्य राखिएको छ ।

हाल ३ वटा ओभरहेड र ३ वटा आरबीटी टंकीमार्फत ८ हजार धारामार्फत घोराही खानेपानी उपभोक्ताको घरमा पानी पुर्याउने काम भइरहेको छ । यो आयोजना सम्पन्न भएमा थप १२ हजार धारामार्फत पानी वितरण गर्न सकिने भएको दावी गरिएको छ । यसरी घोराही खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाले २० हजार धारमार्फत उपभोक्ताको घरमा खोपानी पुयाउने योजना बनाएको छ ।

खानेपानीको संकट चुलिँदै गएको बेलामा घोराही खानेपानी संस्थाले नगरबासीको मागलाई सम्बोधन गर्न यो आयोजना अघि सारेको हो । जसमा आयोजनाको सबैजसो कार्यक्रम रहेको संस्थाका अध्यक्ष डिसीले बताए । बढ्दो शहरीकरणका कारण पानीको श्रोत सुक्दै गएको बेलामा खानेपानीको संकट समाधानको सबैभन्दा उत्तम विकल्पका रुपमा लिएर यो अभियानमा घोराही उपमहानगरपालिकाले मध्यस्थकर्ताको रुपमा जमानी बसेको नगरप्रमुख नरुलाल चौधरीले बताए । एक घर एक धारा प्रदेश सरकारको नारालाई सार्थक बनाउन तथा नगरबासीलाई खानेपानीको पहुँचमा पुर्याउन यो अभियानले सहयोग गर्ने भएकाले उपमहानगर पनि काम सफल बनाउन तल्लीन रहेको उनको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?