Butwal Today

पहिलो त्रैमासिक सार्वजनिक सुनुवाई सम्पन्न

१९ मंसिर २०७९, सोमबार
अ+
अ-

दाङ, १९ मङ्सिर ।

दाङको घोराही उपमहानगरपालिकाले पहिलो त्रैमासिक सार्वजनिक सुनुवाई कार्यक्रम सप्पन्न गरेको छ । घोराही उपमहानगरपालिकाको आयोजना र थारु पत्रकार संघको सहजीकरणमा कार्यक्रम भएको थियो ।

घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा नागरिकले कार्यालयमा छिटोछरितो काम हुनुपर्ने बताएका थिए । नगरका सूचना अधिकृत भिमबहादुर चौधरीले आर्थिक बर्ष २०७९÷०८० को पहिलो त्रैमासिकमा १३ प्रतिशत बजेट खर्च भएको भएको बताए ।

सहभागीले घोराही उपमहानगरपालिका भित्र प्रदान गर्दै आएको सेवालाई सुधार गर्नुपर्ने बताएका थिए । दाङमा पाठ्यपुस्तक अभाव भएका कारण पठनपाठनमा असर पुगेको बताएका थिए । जनताको प्रश्नको जवाफ नगर प्रमुख नरुलाल चौधरी, उपप्रमुख हुमा डिसी, प्रमुख प्रशासकीय अधिकृत भोजराज घिमिरे र विभिन्न शाखा महाशाखाका प्रमुखले जवाफ दिएका थिए । घोराही उपमहानगरपालिका भित्रका नागरिकले आफ्ना वडामा हुन नसकेका काममा बारेमा जिज्ञासा राखेका थिए ।