ट्रेंडिंग:

>> इभी लहरः दाङमा नयाँ ट्रेन्ड >> मधेसबाट सुरु भएको नयाँ समीकरण बाँकी प्रदेशमा पनि अगाडि बढ्छ : प्रचण्ड >> चौरासीपूजामा ज्वाइँहरूको अनौठो सम्मान : ८४ वर्षीया केशरी पाण्डेको जीवनीसहितको पुस्तक विमोचन >> ओलीको प्रश्न– फेरि दलकै सरकार नबनेर हाहुकै भरमा चल्ने हो र ? >> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर >> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक

जग्गा वर्गीकरण नहुँदा जनतालाई सास्ती

१९ मंसिर २०७९, सोमबार
१९ मंसिर २०७९, सोमबार

नवलपरासी, १८ मंसिर ।

स्थानीय सरकारको रुपमा रहेको स्थानीय तह नगरपालिका र गाउँपालिकाले जग्गाको अवस्था निर्धारण नगर्दा कित्ताकाट गर्न नपाएर किसान मर्कामा परेका छन् । जनताका सेवाका लागि निर्वाचित भएर गएका जनप्रतिनिधिहरु जनताको काम भन्दा सेवा सुविधा लिन र भाषण, शिलान्यास र रिबन काट्नमै ब्यस्त भएर काम नगरिदिदा किसान मर्कामा परेको स्थानीयले गुनासो गरेका हुन् ।

जनप्रतिनिधिलाई सम्मान खाने मोहले सम्मानको खोजीमा लाग्ने र जनताका महत्वपूर्ण कार्य गर्नका लागि आवश्यक कानुन, ऐन, कार्यविधि, मापदण्ड, निर्देशिका अािी जस्ता महत्वपूर्ण काम गर्न विर्सेको आरोप स्थानीय राधेश्याम सिँह सैथवारले लगाए । कुन जग्गा खेतीयोग्य हो, कुन आवासीय हो ? त्यसको यकिन गरी मापदण्ड बनाई दिएको भए जग्गाको खरिद बिक्री कार्यका लागि कित्ताकाट खुल्ला हुन्थ्यो,उनले भने, तर यी कामप्रति जनप्रतिनिधि उदासिन छन् । जनतालाई आफ्नो गर्जो टार्न आफ्नो जग्गा सम्पत्ति समेत बिक्री गर्न पाएका छैनन् । यो कुरा कस्ले भन्देला ? उनले जनप्रतिनधिको कार्यशैलीप्रति आश्चर्य ब्यक्त गरे ।

जग्गाको कित्ताकाट मात्रै होईन्, चुनावी घोषणापत्रमा सबै जनप्रतिनिधिले किसानलाई मलखादको उपलब्धताबारे प्रतिवद्धता गरेका थिए । तर कुर्सीमा जाने वित्तिकै आफ्नो प्रतिवद्धता विर्सेको आरोप लगाए । “मलखाद वितरणको जिम्मेवारी स्थानीय तहलाई नै कार्यविधि बनाएर सरकारले दिएको छ”–उनले भने,“तर मलखाद पुर्याउनुमा सबै जनप्रतिनिधि उदासिन छन् । जबकी अधिकाँश जनप्रतिनिधि किसानकै छोराछोरी हुन् । सैथवारले थपे,“तर पनि किसानकै कुरा किन विर्सने गरेका छन ?” केही जनप्रतिनिधि आफ्नो चुनावी खर्च निकाल्नका लागि योजना कोटेसनमा काम गर्ने कार्यलाई प्राथमिकतामा राखेका छन् । रामग्राम नगरपालिका भित्रका अधिकाँश वडा अध्यक्षहरु कोटेसन कार्यलाई प्राथमिकतामा राखेका छन्, तर जनतालाई आवश्यक पर्ने नीति निर्माणतर्फ ध्यान छैन् ।

त्यति मात्रै होईन्, कहिले जिल्लाका विभिन्न खोला नालाबाट गिट्टि, बालुवा, माटो, भष्कटको चोरी निकासी भइरहेका छन् । त्यसको नियन्त्रण त परै जाओस । वातावरणीय प्रभाव मूल्याँकन (आइई र इआए) का लागि जिससबाट स्वीकृति लिई ठेक्का लगाउन पनि सकेका छैनन् । यस्ता चोरी निकासीमा तिनै जनप्रतिनिधिमा निकटका मानिस भएको आरोप स्थानीयको छ । प्रकृया पुर्याएर खोला निकासी ठेक्का लगाए निकासीले बैधानिकता पाउने हुन्छ । स्थानीय निकायमा राजस्व वृद्धि हुन्छ । राजस्व जनताका लागि हुन्छ । तर ढिलाई गर्दा प्राकृतिक सम्पदा राजस्व तर्फ जाने गरेको छ । खोला निकासीबारे आईइइ गर्नका लागि आफुले दशैको बेलामै जानकारी गराएको जिल्ला समन्वय समितिका प्रमुख भगौती यादवले बताए । तर यसमा नगरपालिका र गाउँपालिकाले नै ध्यान नदिएको बताए । अहिलेसम्म सुनवल नगरपालिकाले मात्रै खोला निकासीका लागि आईइ स्वीकृतीका लागि प्रतिवेदन पेश गरेको उनले बताए । नगरपालिकाले पेश गरेको प्रतिवेदन अनुसार जिससको प्राविधिक टोलीले स्थलगत अध्ययन गरी छिटै प्रतिवेदन स्वीकृत गर्ने उनले दाबी गरे । तर बाँकी ५ वटा पालिकाले खोला निकासीका कार्य सुरु नै नगरेको उनको भनाई थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?