ट्रेंडिंग:

>> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य >> लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास >> किसानको मिहिनेतमा व्यापारीको कमाई

लैंगिक हिँसा विरुद्ध सचेतना जगाउँदै कानूनका विद्यार्थी

१८ मंसिर २०७९, आइतबार
१८ मंसिर २०७९, आइतबार

बुटवल, १८ मङ्सिर ।

सधै कक्षाकोठामा शिक्षकले पढाएका कानून र अधिकारका कुरा सुन्ने कक्षा १२ कि सिता भुसालको लागि आइतबारको दिन भने विशेष थियो.। यो दिन सीताले आफु पढ्ने भन्दा फरक विद्यालयमा गएर कक्षा ९ का विद्यार्थीहरुलाई लैंगिक हिंसा र मानव अधिकारका विभिन्न पक्षको बारेमा शिक्षण गरेकी थिइन् । कक्षा कोठामा पढेको र अन्यत्र सिकेका कुराहरु आफूभन्दा साना विद्यार्थीहरुलाई सिकाउन पाउँदा फरक अनुभूति भएको र लैंगिक मुद्दामा समुदायमा बोल्न सक्ने हिम्मत आएको उनले बताईन्.।

स्कूले बालबालिकाहरुलाई लैंगिक हिँसा र मानव अधिकारको बारेमा जानकारी दिने कार्यक्रम गर्नका लागि कालिका मानवज्ञान मावि बुटवलमा कानून अध्ययन गर्ने कक्षा ११ र १२ का विद्यार्थीहरु आइतबार रुपन्देही र पश्चिम नवलपरासीका ३८ वटा विद्यालयमा पुगेका थिए.। लैंगिक हिँसा विरुद्धको १६ दिने अभियान अन्तर्गत विभिन्न विद्यालयमा पुगेका विद्यार्थीहरुले आफुले सिकेका र समसामयिक कानूनी कुराहरु विद्यार्थीहरुलाई सिकाएका थिए.।

सुनवल नगरपालिका स्थित रमवापुर माविमा साथीहरुको टिम लिएर गएका कक्षा १२ का विद्यार्थी आशिस पाण्डेले त्यस विद्यालयका कक्षा ११ र १२ का विद्यार्थीहरुलाई लैंगिक हिँसा र साईबर अपराधको बारेमा सिकाएका थिए. । उनलाई विद्यार्थीहरुले लैंगिक हिँसा भएमा कसरी र कहाँ उजुरी गर्ने ? साईबर अपराध अन्तर्गत कस्ता कस्ता अपराधहरु पर्छन् ? साईबर अपराधबाट कसरी जोगिने भन्ने अनेकौ प्रश्नहरु गरेका थिए. ।

रमवापुर मावि सुनवलका प्राधानाध्यापक फन प्रसाद श्रेष्ठले स्कूले विद्यार्थीहरुले अधिकार र कानून नबुझेर हिँसा सहिरहेका र अपराधमा समेत संलग्न भएको पाईएकोले उनीहरुलाई हिंसा, अपराध र अधिकारका कुराहरु बुझाउनु जरुरी रहेको बताउँदै कानून बुझेका विद्यार्थीहरुले स्कूलमा अध्ययन गरिरहेका अन्य विद्यार्थीहरुलाई उक्त कुराहरु प्रभावकारी ढंगले बुझाउन सक्दा रहेछन् भन्ने आफुले महसुस गर्न पाएको बताए.।

कालिका मानवज्ञान माविले हरेक वर्ष मानव अधिकार दिवस र लैंगिक हिँसा विरुद्धको १६ दिने अभियान अन्तर्गत विद्यालय र समुदायमा आधारित कानूनी सचेतना कार्यक्रमहरु गर्दै आएको छ.। यसै अन्तर्गत आइतबार कक्षा ११ र १२ मा कानून अध्ययन गर्ने विद्यार्थीहरु एकै समयमा ३८ विद्यालयका ५ हजार भन्दा बढी स्कूले विद्यार्थीहरुलाई लैंगिक हिँसा र मानव अधिकार, नेपालको कानून तथा संविधान, नागरिक भूमिका र कर्तव्य, लागू औषध दुव्र्यसन सम्बन्धमा प्रशिक्षण दिएका थिए. ।

कानून पढ्ने विद्यार्थीहरु अन्य विद्यार्थीहरुको तुलनामा मानव अधिकार, कानून र समसामयिक मुद्दामा बढी जानकार हुने भएको र उनीहरुले बालबालिकाकै सिकाई स्तर अनुसार कुरा बुझाउन सक्ने भएकोले विद्यार्थी सचेतना जगाउन र विद्यार्थीहरुमा नेतृत्व तथा प्रस्तुतीकरण क्षमता विकास गर्न यस्तो कार्यक्रम प्रभावकारी हुने भएकोले विद्यालयले विद्यार्थीहरुलाई परिचालन गरेर कानूनी सचेतना कार्यक्रमहरु संचालन गरेको कालिका मानवज्ञान माविका प्रधानाध्यापक दिनेश थापा बताउँछन् ।

उनी भन्छन्–“शहरका तारे होटेलमा अधिकारका बारेमा ठुलाठुला बहसहरु हुन्छन्, तर विद्यालयका बालबालिकाहरुलाई उनीहरुकै थलोमा गएर अधिकार र कानूनका कुरा सिकाउने कोही हँुदैनन्, कालिकाका कानूनका विद्यार्थीहरुले स्वयंसेवी रुपमा लामो समयदेखि यस्तो काम गर्दै आएका छन्, यसले कानून पढ्ने विद्यार्थीहरु र अन्य विद्यालयका विद्यार्थीहरु दुबैलाई फाईदा पुगेको छ ।”

कालिका मानवज्ञान माविले कानूनका विद्यार्थीहरुलाई ७० दिने व्यावहारिक अभ्यास गराउँदै आएको छ. । यस अन्तर्गत नमूना संसद, अभ्यास अदालत, स्थानीय सरकारसँग कानूनका विद्यार्थी, प्रहरीसँग विद्यार्र्थीहरु, सामुदायिक कानूनी सचेतना कार्यक्रम र विद्यार्थीहरुको लागि कानूनी सचेतना जस्ता कार्यक्रम संचालन गर्दै आएको छ.।

कानून समूहतर्फ नेपालमै सर्वोत्कृष्ट नतिजा दिंदै आएको कालिका मानवज्ञान मावि कानून समूहमा २०० विद्यार्थीहरु अध्ययन गरिरहेका छन् ।.

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?