Butwal Today
फोकस लुम्बिनी

यी हुन् नौ हजार भन्दा बढी मतान्तरले जित्ने लुम्बिनीका पाँच सांसद

१८ मंसिर २०७९, आइतबार
अ+
अ-

बुटवल, १८ मंसिर ।

लुम्बिनी प्रदेशमा रहेका २६ निर्वाचन क्षेत्रमध्ये पाँचजनाले नौ हजार भन्दा बढीको मतान्तरले चुनाव जितेका छन् ।

रोल्पाबाट वर्षमान पुन, कपिलवस्तुबाट बलराम अधिकारी, पाल्पाबाट नारायण आचार्य, पश्चिम नवलपरासीबाट ध्रुवबहादुर प्रधान र रुपन्देहीबाट वासुदेव घिमिरेले भारी मतान्तरसहित यसपटकको निर्वाचनमा प्रतिनिधिसभा सदस्यमा विजयी भएका हुन् ।

रोल्पाबाट माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन पुनले ४१ हजार ७१४ मत ल्याएर विजयी हुँदा एमालेका पूर्ण मगरले १६ हजार ४८५ मत पाए । यी दुईबीचको मतान्तर २५ हजार २२९ छ । लुम्बिनी प्रदेशमा पुन नै सबैभन्दा बढी मतान्तरमा चुनाव जित्नेमा परेका छन् ।

त्यस्तै कपिलवस्तु क्षेत्र नम्बर १ मा एमालेका बलराम अधिकारी ३४ हजार ६७५ मतका साथ विजयी हुँदा माओवादी केन्द्रका सचिव चक्रपाणि खनाल बलदेवले १८ हजार ९८३ मत ल्याए । यी दुईबीचको मतान्तर १५ हजार ६९२ रहेको छ ।

त्यस्तै नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) क्षेत्र नम्बर २ मा राप्रपाका ध्रुवबहादुर प्रधान ३४ हजार ७६४ मत ल्याएर विजयी हुँदा कांग्रेसका देवेन्द्रराज कँडेलको १९ हजार ५९४ मत आएको थियो । यी दुईबीचको मतान्तर १५ हजार १७० रहेको छ ।

त्यसैगरी पाल्पा क्षेत्र नम्बर १ मा एमालेका नारायणप्रसाद आचार्यले ११ हजार मतान्तरसहित जित हासिल गरे । आचार्यको ३१ हजार १०३ मत थियो भने कांग्रेसका ज्ञानबहादुर गाहाको २० हजार २५६ मत आएको थियो ।

त्यस्तै रुपन्देही क्षेत्र नम्बर ५ बाट एमालेका वासुदेव घिमिरे ३६ हजार ८२२ मत ल्याएर विजयी हुँदा काँग्रेसका भरतकुमार शाहले २७ हजार १२० मत ल्याएका थिए । यी दुईबीचको मतान्तर ९ हजार ७०२ रहेको छ ।