ट्रेंडिंग:

>> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य >> लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास >> किसानको मिहिनेतमा व्यापारीको कमाई >> ज्याला–मजदुरीकै भरमा अपाङ्गता सन्तानको भरणपोषण >> सुदूरपश्चिम पहिलो ‘क्वालिफायर’मा, चितवन ४९ रनले पराजित >> विशेष महाधिवेशन पक्षधर नेता भन्छन्ः ‘नियमित’ स्वीकार गरेर महामन्त्रीहरूले गल्ती गरे >> राजमार्गबाट ६० क्विन्टल रासायनिक मल बरामद

पेट्रोलमा प्रतिलिटर १३ रूपैयाँ नाफा, तर मूल्य घटाउँदैन निगम

१६ मंसिर २०७९, शुक्रबार
१६ मंसिर २०७९, शुक्रबार

काठमाडौं, १६ मंसिर ।

भारतबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आएसँगै नेपाल आयल निगमको नाफा ह्वात्तै बढ्ने भएको छ । निगमका अनुसार इन्डियन आयल कर्पोरेशनबाट प्राप्त नयाँ मूल्यसूची अनुसार १५ दिनमा ५८ करोड रुपैयाँ नाफा हुने भएको हो । यसअघि प्राप्त मूल्यसूची अनुसार निगमलाई १५ दिनमा २६ करोड रुपैयाँ घाटा भएको थियो ।

पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटेसँगै त्यसको प्रत्यक्ष प्रभाव नेपालमा पनि परेको हो । यतिबेला अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रतिब्यारेल ८७ अमेरिकी डलर छ । डब्लूटीआईको मूल्य प्रतिब्यारेल ८१ डलर र ब्रेन्टको मूल्य प्रतिब्यारेल ८७ अमेरिकी डलर छ । तेलसम्बन्धी जानकारी दिने ओयलप्राइसडटकमका अनुसार आगामी दिनमा कच्चा तेलको माग झनै घट्न सक्छ । र, यसको प्रत्यक्ष प्रभावका कारण मूल्य अझै घट्न सक्छ ।

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ घट्दाको प्रभाव नेपाली बजारमा समेत परेको हो । यहीकारण यतिबेला निगमलाई १५ दिनको व्यापारबाट ५८ करोड रुपैयाँ फाइदा हुने स्थिति बनेको छ । अहिले चीन सरकारले कोरोना रोकथामका लागि भन्दै कडा लकडाउन घोषणा गरेको छ । यस्तै, यतिबेला चीनको बलियो सरकारविरुद्ध लकडाउन खुकुलो बनाउन भन्दै धेरै शहरहरूमा आन्दोलन भइरहेको छ । चीन विश्वको सबैभन्दा ठूलो पेट्रोलियम पदार्थ आयातकर्ता देश हो । चीनमा पेट्रोलियम पदार्थको माग कम भएपछि विश्वभर नै पेट्रोलियम पदार्थको माग कम भएर मूल्य घटेको हो ।

चीनमा भइरहेको लकडाउनको कारणले चीनको माग केही मात्रामा भएपनि घटेको छ । ठूलो खपतकर्तामा भइरहेको हलचलका कारणले अन्तर्राष्ट्रिय बजारमा तेलको माग घटेको छ । यस्तै, यतिबेला चीनसहित विश्वको तेस्रो ठूलो तेल खपतकर्ता भारतले समेत रुसबाट सस्तो मूल्यमा तेल किनिरहेको छ । यसले गर्दा पेट्रोलियम पदार्थको माग घटेको छ । यहीकारण, विश्वबजारमा कच्चा तेलको मूल्य घटेको जानकारहरू बताउँछन् ।

निगमलाई ५८ करोड फाइदा

विगत लामो समयदेखि घाटा खाइरहेको नेपाल आयल निगम अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घट्दा नाफामा जान लागेको छ । भारतबाट प्रशोधित तेलको मूल्य घटेर आउँदा अहिलेकै स्थितिमा निगमलाई १५ दिनमा ५८ करोड रुपैयाँ नाफा हुन्छ । तर, निगमले भाउ समायोजन गर्दै मूल्य घटाएको अवस्थामा भने यो तथ्यांक फेरिन सक्छ ।

निगमका प्रवक्ता विनितमणि उपाध्यायले अहिलेकै मूल्य कायम रहेमा आगामी १५ दिनमा ५८ करोड रुपैयाँ नाफा हुने बताए । ‘पछिल्लो मूल्यसूची अनुसार एलपीजी (खाना पकाउने ग्यास) बाहेक सबैमा नाफा छ, सबैभन्दा धेरै नाफा पेट्रोलमा छ, यही मूल्य कायम रहेमा १५ दिनमा निगमलाई ५८ करोड रुपैयाँ जति फाइदा हुन्छ,’ प्रवक्ता उपाध्यायले भने ।

आईओसीको नयाँ मूल्यसूची अनुसार पेट्रोलमा निगमलाई प्रतिलिटर १३ रुपैयाँ फाइदा हुन्छ । यतिबेला नेपाली बजारमा पेट्रोलको मूल्य प्रतिलिटर १८१ रुपैयाँ छ । जबकि, निगमलाई यसको लागत जम्मा १६८ रुपैयाँ छ । यसअनुसार निगमले १५ दिनमा पेट्रोल बेचेर ३४ करोड रुपैयाँ नाफा गर्नेछ ।

यसअघि प्रटिलिटर ११ रुपैयाँ घाटामा रहेको डिजेलको व्यापार समेत नाफामा गएको छ । यसअघि प्रतिलिटर ११ रुपैयाँ घाटामा रहेको डिजेलको व्यापार अब प्रतिलिटर ४३ पैसा नाफामा हुनेछ । भारतबाट ११ रुपैयाँ प्रतिलिटर घटेर आएसँगै डिजेलको व्यापार नाफामा जाने भएको हो । हाल डिजेलको बिक्री मूल्य प्रतिलिटर १७८ रुपैयाँ रहेकामा यसको खरिद लागत १७७.४७ रुपैयाँ छ । यसअनुसार निगमले १५ दिनमा डिजेलबाट २ करोड ९० लाख रुपैयाँ आर्जन गर्ने बताइएको छ ।

यस्तै, मट्टितेलबाट १५ दिनमा निगमले १ करोड ५५ लाख रुपैयाँ, हवाई इन्धन (आन्तरिकतर्फ) ९ करोड ४६ लाख रुपैयाँ र बाह्यतर्फबाट ४७ करोड रुपैयाँ नाफा हुन्छ । यसबाहेक, एलपीजीबाट १५ दिनमा ३७ करोड रुपैयाँ घाटा हुने बताइएको छ । हाल २ हजार ७७ रुपैयाँ प्रतिसिलिन्डर रहेको एलपीजी ग्यासको बिक्री मूल्य १८ सय रुपैयाँ छ । यसअनुसार प्रतिसिलिन्डर एलपीजीमा निगमलाई २७७ रुपैयाँ घाटा छ ।

१५ अर्ब ऋणमा निगम

नाफा बढ्दै गएपछि निगमले भारततर्फ बाँकी रहेको बक्यौता रकमसहित नेपाल सरकारको ऋण समेत घटाउँदै लगेको छ । प्रवक्ता उपाध्यायका अनुसार यतिबेला निगमको थाप्लोमा १५ अर्ब रुपैयाँ ऋण बाँकी रहेको छ । यसअघि, आईओसीलाई तिनुपर्ने बक्यौता रकमसहित नेपाल सरकार र वाणिज्य बैंकको गरी कूल ३४ अर्ब रुपैयाँ हाराहारी ऋण थियो । जुन, यतिबेला घटेर १५ अर्ब रुपैयाँभन्दा तल आएको उपाध्यायको भनाइ छ ।

‘वाणिज्य बैंकको ऋण लगभग सकिइसकेको छ । आईओसीलाई बुझाउनपर्ने बक्यौता पनि घटेको छ, अब नेपाल सरकारको ऋण र आईओसीको केही बक्यौता बाँकी छ,’ उनले भने ।

पेट्रोलबाट नाफा आउन थालेपछि ऋण तिर्नतर्फ ध्यान केन्द्रीत गरेको उपाध्यायको भनाइ छ । तर, भारतबाट मूल्य घटेर आएपछि नेपाली बजारमा भाउ समायोजन गर्ने÷नगर्ने विषयमा भने अहिलेसम्म कुनै निर्णय नभएको उपाध्यायले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?