ट्रेंडिंग:

>> दाङका तीन  निर्वाचनमा ६२ जनाको उम्मेदवारी >> ५ बजेसम्म २ हजार ६५५ उम्मेदवारी दर्ता, महिलाको संख्या ३०३ मात्रै >> विद्यार्थी राजनीतिबाट प्रतिनिधि सभासम्मको यात्रामा सुशील >> दाङका तीन निर्वाचन क्षेत्रमा ४३ जनाको उम्मेदवारी >> रुपन्देही २ मा ३४ जनाको उम्मेदवारी, एमालेबाट पौडेल, कांग्रेसबाट चुन्नप्रसाद र रास्वपाबाट खरेलको उम्मेदवारी >> अर्घाखाँचीमा अहिलेसम्म १३ जनाको उम्मेदवारी  >> “काँग्रेसले पत्याएन” भन्दै विद्रोह, आशिष शर्मा स्वतन्त्र मैदानमा >> नेपाली कम्युनिस्ट पार्टीबाट कुलप्रसादको विद्रोह, बने स्वतन्त्र उम्मेदवार  >> सेयर बजार ४२ अंकले बढ्यो >> हाजिर जमानीमा रिहा भए दुर्गा प्रसाईं >> पर्सा अदालतले रवि लामिछानेसँग माग्यो १ करोड धरौटी >> जगदीश खरेलले ललितपुर–२ बाट गरे उम्मेदवारी दर्ता >> कांग्रेसको आधिकारिकता विवादमा सर्वोच्चमा बहस सकियो >> गोरखा–२ बाट बाबुराम भट्टराईले गरे उम्मेदवारी दर्ता >> राजेन्द्र लिङ्देनले झापा–३ बाट दर्ता गरे उम्मेदवारी दर्ता >> रुकुमपूर्वबाट प्रचण्डको उम्मेदवारी दर्ता >> काठमाडौँ –३ बाट कुलमान घिसिङले गरे उम्मेदवारी दर्ता >> अर्घाखाँचीमा एमालेबाट पीताम्बर भुसालको मनोनयन, अहिलेसम्म ६ उम्मेदवार >> बालेनसँग प्रतिष्पर्धा गर्न ओलीले गरे झापा–५ बाट उम्मेदवारी दर्ता >> स्थानीय नेतृत्वको अभ्यासबाट संसदसम्म वासुदेव घिमिरे >> सुनचाँदीको भाउमा कीर्तिमान, सुन आज तोलाको २ लाख ८४ हजार ७ सय पुग्यो >> चिकित्सकबाट सांसदसम्मको यात्रामा डा. लेखजंग थापा >> रुपन्देही २ मा सुवेदीको टिकट फिर्ता, सुलभ आए मैदानमा >> निर्वाचन आचारसंहितामा कडाइ गर >> एमालेबाट पाल्पा २ मा ठाकुर गैरेले पाए टिकट, रुपन्देही ४ मा ठठेरको ठाउँमा अली >> यी हुन् लुम्बिनी प्रदेशमा कांग्रेसले टुंगो लगाएका उम्मेदवारहरु >> तानसेनमा खोलामै क्रसर >> वन मासिँदै, सरकार रमिते >> रुपन्देही–२: ‘सांसद मात्रै होइन, प्रधानमन्त्री जन्माउने मत’ >> प्रदेश सभा सदस्य केसीले पनि दिइन् राजीनामा, चुनाब लड्न ४ सांसदको राजीनामा >> आज देशभर उम्मेदवारको मनोनयन, यस्ता कागजात अनिवार्य >> बाँके २ मा काका भतिजबीच प्रतिष्पर्धा >> कांग्रेसबाट रुपन्देही ३ मा सुशील गुरुङ उम्मेदवार >> कांग्रेसबाट रूपन्देही २ मा चुन्नप्रसाद पौडेल उम्मेदवार >> उम्मेदवारी दर्ता भोलि, के के चाहिन्छन् कागजात ? >> फ्ल्यागशिप–स्तरको रेड्मी टाइटन मजबुतीसहित रेड्मी नोट १५ सिरिज नेपालमा सार्वजनिक >> उमेदवारी दर्ताको मिति संशोधन हुँदैन: निर्वाचन आयोग >> सञ्चारमन्त्री खरेलले दिए राजीनामा >> माटाेकाे ढिस्काेले पुरिदा एकजनाको मृत्यु >> एनसेल र भाटभटेनीद्वारा टी–२० विश्वकपका मर्चेन्डाइजमा २० प्रतिशतसम्म छुट अफर >> टी-20 विश्वकप: सेन्सी क्याम्पेनमा सुर्खेतका दिवस खत्री विजेता, वानखेडे स्टेडियममा नेपाल खेल प्रत्यक्ष हेर्ने अवसर >> कांग्रेसबाट गुल्मी १ मा चन्द्र भण्डारी र २ मा भुवन श्रेष्ठ उम्मेदवार >> टिभीएस अपाचे रेसिङ एक्सपिरियन्सको नेपालमा सफल डेब्यु सम्पन्न >> मन्त्री जगदीश खरेलले राजीनामा दिई रास्वपाबाट चुनाव लड्ने तयारी >> दुर्गा प्रसाईं पोखराबाट पक्राउ >> राष्ट्रिय जनमोर्चा २२ जिल्लामा चुनाब लड्ने, यी हुन् उम्मेदवारहरु >> मैथलीमा बालेनको पहिलो सम्बोधन >> लुम्बिनीका तीन प्रदेश सांसदले त्यागे पद >> एक दशकपछि पनि जन्मदर नबढ्दा चीनको जनसङ्ख्या घट्यो >> यी हुन् लुम्बिनी प्रदेशका १२ जिल्लाका नेकपाका उम्मेदवारहरु

कोलिय गणराज्यको राजधानी रामग्राम !

१६ मंसिर २०७९, शुक्रबार
१६ मंसिर २०७९, शुक्रबार

नवलपरासी, १५ मंसिर ।

प्राचिन कोलिय गणराज्यको राजधानी रामग्राम नगरपालिका वडा नं. १८ पण्डितपुर नै भएको पुष्टि अहिलेको भु–भौतिक सर्वेक्षण (जिओफिजिक्स सर्वे) ले गर्ने भएको छ । विगत बर्षमा पुरातत्व विभागले अनुमानको आधारमा उत्खनन गरी वैज्ञानिक आधार र पुष्टिको पर्खाइमा अहिलेसम्म प्रतिवेदन समेत सार्वजनिक गर्न नसकिरहेको अवस्थामा हालै गरिएको भु–भौतिक सर्वे गर्दा पुष्ट्याईको आधारहरु फेला परेको हो ।

पुरातत्व विभागको लगानीमा बेलायत दुराम विश्वविद्यालयको प्राविधिक टोलीले ६ दिनमा गरेको भुभौतिक सर्वेक्षणमा धेरै स्थानमा पुरातात्विक वस्तु रहेको देखिन थालेको छ । विहीबार विश्व विद्यालयका प्रोफेसर डा.मार्कले आफै भुभौतिक सर्वेमा सहभागी थिए । “धेरै राम्रो उपलब्धि भएको छ”–उनले उत्साहित हँुदै पुरातात्विक क्षेत्रतर्फ सँकेत गरेका थिए । यो क्षेत्र सँसारका लागि महत्वपूर्ण बन्नेमा उनले विश्वास ब्यक्त गरेका थिए । छिटै सर्वेको रिपोर्ट पुरातत्व विभागलाई उपलब्ध गराईने उनले बताएका थिए । भुभौतिक सर्वे प्रतिवेदन वैज्ञानिक आधार हुनेछ ।

अहिले वैज्ञानिक आधार तयार भएको पुरातत्व अधिकृत भास्कर ज्ञवालीले जानकारी गराए । “पुरातत्व विभागको पहलमा अहिले पण्डितपुरमा पुनः सर्वेक्षण गरिएको छ”–उनले भने,–“धेरै स्थानमा मोटा पर्खालहरु भएको जुन प्राचिन राजधानीको कम्पाउण्डवाल हुन सक्ने अनुमान गर्न सकिन्छ ।” पुरातत्व विभागले उत्खननका लागि पनि बजेट विनियोजन गरेको उनले बताए । सकेसम्म छिट्टै ती पर्खाल भएका स्थानमा उत्खनन गरिन्छ, त्यो प्रमाण पनि समावेश गरेर पण्डितपुरको पूर्ण प्रतिवेदन पुरातत्व विभागले प्रकाशन गर्दै आएको ‘प्राचिन नेपाल’ नामक पुूस्तकमा सार्वजनिक हुन्छ ।

त्यो प्रकाशन नेपाल सरकार र विश्व सम्पदा सूचीकृत गर्ने संयुतm राष्ट्र संघीय सस्था शैक्षिक, वैज्ञानिक तथा साँस्कृतिक संगठनलाई पनि उपलब्ध गराईन्छ । प्राचिन कोलिय गणराज्यको राजधानी प्रमाणित गर्न ८० प्रतिशत काम सकिएको छ । बाँकी काम पनि छिट्टै गरेर यो पण्डितपुरलाई विश्व सम्पदामा लैजानका लागि सहज बनाउने उनले बताएका थिए । पुरातत्वविद डा.तारानन्द मिश्रको नेतृत्वमा वि.सं.२०७० सालदेखि तीन बर्ष लगातार पुरात्व अधिकृत ज्ञवाली सहितको टोलीले उत्खनन् गरेको थियो । तर त्यसको प्रतिवेदन अहिलेसम्म सार्वजनिक गरेको छैन ।

त्यो भन्दा पहिला पनि २०५९ सालमा तत्कालीन पुरातत्वविद शुक्रसागर श्रेष्ठले स्थानीय नारद यादवको सहयोगमा उत्खनन गरी पण्डितपुर नै देवदह हो, यो नै प्राचिन कोलिय गणराज्यको राजधानी भएको आधार पेश गरेका थिए । उनले स्थानीय इतिहासकार तथा बुद्ध क्षेत्रका अध्येता डा.कौशलेन्द्र बहादुर श्रीवास्तवको सहयोग समेत रहेको आफ्नो प्रारम्भिक प्रतिवेदनमा उल्लेख गरेका थिए ।

तत्पश्चात रुपन्देहीको भवानीपुरलाई स्थानीयले देवदह दाबी गर्दै विवाद समेत गरेका थिए । तर पछिल्लो समयमा देवदहमा उत्खनन गर्दा तेह््रौ शताब्दी भन्दा पहिलेका कुनै प्रमाण आधार नपाइएको हुँदा सो स्थान राजधानी हुन नसक्ने पुरातत्व अधिकृतहरुले बताएका थिए । पछिल्लो समय कोलिय गणराज्यको राजधानी पण्डितपुरमा पटक पटक उत्खनन गर्दा कपिलबस्तुका तिलौराकोटको समकालिन पुरातात्विक वस्तुहरु फेला पर्न थालेपछि कोलिय गणराज्यको राजधानी पण्डितपुर नै भएको पुरातत्वविदहरुले बताउँदै आएका थिए ।

तत्कालीन बेला बनाईने माटोको पर्खालका पोष्टहोल, इनार, इट, खैरो भाडा (गे्रवर) सिक्का आदिको आधारहरुले तिलौराकोटमा जे जस्तो सामग्री फेला पर्ने गरेको छ, त्यही खालको यो पण्डितपुरमा पनि पाउन थालेको छ । शाक्य राज्यको राजधानी कपिलबस्तु र कोलिय गणराज्यको राजधानी पण्डितपुरको स्वरुप एउटै खालको भेटिदा प्राचिन इतिहास अनुसार कोलिय राजा र शाक्य राजासँगको सम्बन्धलाई स्थापित गर्छ । शाक्य राजकुमार शुद्धोधन र कोलिय राजकुमारी मायादेवीको विवाह भएको र उनको सन्तानको रुपमा सिद्धार्थ गौतमको जन्म भएको थियो ।

तिनै सिद्धार्थ गौतम बुद्धत्व प्राप्त गरी शाक्यमुनि बुद्ध भए र संसारभर शान्तिको सन्देश प्रवाह गरे । जुन दुःख छ, दुःखको कारण छ, दुःखको निवारण छ र निवारणका विधि विपश्यना ध्यान अभ्यासले प्राप्त हुन्छ । त्यही आधारलाई अहिले सँसारभर भगवान बुद्धको मार्गको रुपमा बौद्धमार्गीले अपनाउँदै आएका छन् । बुद्धत्व प्राप्त गरी सँसारलाई दुःख विमुक्तिको बाटो देखाउने सिद्धार्थ गौतमको जन्म दिने आमाको जन्मस्थल अहिले फेला पर्दा स्थानीय उत्साहित भएको स्थानीयबासी नारद यादवले बताए ।

“पण्डितपुर संसारभरि चिनिने अवस्थामा पुगेको छ”– उनले भने, “भगवान बुद्धलाई जन्म दिने आमाको जन्मस्थलमा सँसारका मानिस आउने छन् ।” यस क्षेत्रमा पर्यटन विकास हुनेछ । अहिले प्राचिन कोलिय गणराज्यको राजधानी र कोलिय राजाद्वारा बनाइएको भगवान गौतम बुद्धको अस्ति राखिएको स्तुप एउटै नगरपालिका र एउटै जिल्ला हँुदै नेपालभित्रै पर्ने भएकोले पनि यो नेपालको अति महत्वपूर्ण सम्पदा हुनेछ । जुन कपिलबस्तुको स्तुप भारतको बनरसिया पर्ने गरेको दाबी हुँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?