ट्रेंडिंग:

>> करेन्ट नुडल्स उद्योगले चन्द्रौटामा सूर्यमुखी ऊर्जा अपनायो >> चर्चभित्र कुटपिट, एक जना गम्भीर घाइते >> हेटौँडामा सडक विस्तार कार्य तत्कालका लागि स्थगित >> १३ दिनसम्म राष्ट्रपति कार्यालयमा पुगेन भूमि अध्यादेश >> महाधिवेशन उद्घाटन सत्रका लागि ओलीले पठाए पत्र >> पोखरा विमानस्थल अनियमितता प्रकरण : ५ पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध मुद्दा चलाउने निर्णय >> सेयर बजारका सबै सूचक घटे, ३ कम्पनीमा १० प्रतिशत मूल्य बढ्यो >> पूर्वराष्ट्रपति भण्डारी र प्रधानमन्त्री कार्कीबिच पहिलो भेटवार्ता >> कर्णालीले जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै >> मिराज ढुंगानाले मागे प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा >> एकैपटक १३ उपसचिव र १८ शाखा अधिकृत सरुवा >> जनार्दन शर्माको गृहजिल्लामा माओवादीको सम्पत्ति नेकपा र प्रलोपाको नाममा भागबण्डा गरियो >> मानव अधिकार आयोगमा एक वर्षमा १०५ वटा नयाँ उजुरी दर्ता >> प्रदीप अधिकारीसहितको मुद्दा दर्ताका लागि अख्तियारको तयारी >> सिंहदरबार अवलोकनमा पूर्वराष्ट्रपति भण्डारी, प्रधानमन्त्रीसँग भेटवार्ता पनि >> मलेखु–मुग्लिङ सडकखण्डमा २ बस एक आपसमा ठोक्किए >> लुम्बिनी निर्माण व्यवसायी संघले १८औँ निर्माण दिवस सामाजिक सेवासहित मनाउँदै >> गुल्मीमा यस वर्ष सुन्तला उत्पादनमा कमी >> एनसेल फाउन्डेसनले एनपीएलका चौका बापत दुई हजार बढी शैक्षिक सामग्री वितरण गर्ने >> देशकै नमुना तीन मुखे पुल हस्तान्तरण नै भएन >> ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु  >> बाँके र बर्दियालाई टुक्राउने षड्यन्त्रविरुद्ध थारु युवाहरु एकजुट >> क्यानका महानिर्देशक अधिकारीको भ्रष्टाचार मुद्दामा थुनछेक बहस >> प्रदीप ज्ञवाली भन्छन् : देश जलाउनेलाई नो भनौँ >> प्रत्यक्षतर्फ उम्मेदवार बन्न रास्वपाले तोक्यो २५ हजार शुल्क >> मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले गरे शपथ ग्रहण >> खजुरीको पफ बजारबाट फिर्ता लिन विभागको निर्देशन, ट्रान्स फ्याट मात्रा उच्च >> जसपा लुम्बिनी प्रदेशको नेतृत्वमा पठान >> मधेसका नवनियुक्त मुख्यमन्त्री यादवले शपथ लिँदै >> कोल्याटर बेचेर फाइदा उठाउने प्रवृत्ति करप्सन हो : गभर्नर पौडेल >> हेटौंडा बजार क्षेत्रमा ५ सयभन्दा बढी घर भत्काइयो >> सुनको मूल्य २०० रुपैयाँले घट्यो, चाँदीको कति ? >> गोकुल बास्कोटा भन्छन् : प्रतिनिधि छनोटमा पाखुरा सुर्किने प्रवृत्ति घातक >> जनार्दन शर्मालाई गृहजिल्लामा कार्यकर्ताहरुले देखाए कालोझण्डा >> ओली कुटीलाई लिएर शिक्षामन्त्री पुनको कटाक्ष- इञ्जिनियरलाई कारबाही गर्नुपर्छ >> दार्चुलामा ४.६ म्याग्निच्युडको भूकम्प >> रामग्रामका संघाराम क्षेत्रको पोखरी संरक्षणमा बौद्ध भिक्षुको चासो >> मिचाहा वनस्पतिको बिस्तारः संरक्षणमा चुनौती >> नेपाली आकाश सुरक्षित हुने कहिले ?  >> सुख्खा ग्रस्त गाउँमा हरियाली: शिक्षक दिलबहादुर बने प्रेरणाका स्रोत >> धानको रैथाने जात संरक्षण गर्दै गङ्गानारायण >> समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु >> सचेतना र गरिबीले गुम्दै आँखाको ज्योति >> नागरिकता नपाएर बाबु–छोरीको आत्महत्या, प्रधानमन्त्री कार्कीको सार्वजनिक माफी >> एनपीएलमा लिग चरणको अन्तिम खेल आज : जनकपुर र कर्णाली भिड्दै >> गोवाको नाइट क्लबमा सिलिन्डर विस्फोट : २३ जनाको मृत्यु >> इभी लहरः दाङमा नयाँ ट्रेन्ड >> मधेसबाट सुरु भएको नयाँ समीकरण बाँकी प्रदेशमा पनि अगाडि बढ्छ : प्रचण्ड >> चौरासीपूजामा ज्वाइँहरूको अनौठो सम्मान : ८४ वर्षीया केशरी पाण्डेको जीवनीसहितको पुस्तक विमोचन >> ओलीको प्रश्न– फेरि दलकै सरकार नबनेर हाहुकै भरमा चल्ने हो र ?

उत्खननमात्रै गर्ने कि संरक्षण पनि ?

१६ मंसिर २०७९, शुक्रबार
१६ मंसिर २०७९, शुक्रबार

प्राचीन तिलौराकोटस्थित राजा शुद्धोधनको ऐतिहासिक राजप्रासाद दरवार क्षेत्रको उत्खनन वर्षौदेखि भैरहेको छ । उत्खननबाट हजारौं बर्ष पुराना ऐतिहासिक पुरातात्विक सम्पदाहरु भेटिएका छन । ती सम्पदाको सुरक्षितरुपमा संरक्षण गर्ने कुरा महत्वपूर्ण छ । उता बर्षौ उत्खनन भैरहने तर उत्खननको क्रम कहिल्यैपनि नसकिने हुँदा दरबार क्षेत्र खुल्ला संग्रहालय जस्तै भएको छ । उत्खननबाट फेला परेका ऐतिहासिक महत्वका वस्तुहरु त्यसै छाडिँदा ती लोप हुने र हराउने जोखिम त्यसैपनि छँदैछ । लुम्विनी विकास कोषले अहिले त्यहाँको उत्खननको नेतृत्व गरिरहेको छ । कपिलवस्तुमा दर्जनौं त्यस्ता बौद्धिष्ट साईटहरु छन जसको तत्कालको उत्खननले मात्र संभव छैन । ती ऐतिहासिक पुरातात्विक सम्पदाहरुको संरक्षणमा ध्यान दिन अव ढिलो भैसकेको छ । प्रत्येक बर्ष उत्खनन् गर्ने तर त्यसको संरक्षण नगरिकन खुल्लारुपमा छोड्दा त्यहाँका ऐतिहासिक सम्पदाहरु लोप हुने अवस्थामा पुगिसकेको स्थानीयहरुको गुनासो छ । अर्कोतर्फ संरक्षणवीदहरुले समेत कपिलवस्तु खुला संग्रहालयका रुपमा मात्रै रहेको र त्यसको उचित संरक्षणमा ध्यान नगएको गुनासो गरेका छन । लुम्विनी विकास कोषको पहलमा अन्तर्राष्ट्रिय पुरातत्ववीदहरुले उत्खनन र संरक्षणको काम गरिरहेका छन । तर, बर्षौदेखि उत्खनन मात्रै गरिरहने कुराले सार्थक महत्व राख्दैन । स्थानीय वासिन्दाहरु समेत प्रत्येक बर्ष उत्खनन हुन्छ तर उत्खननवाट प्राप्त बुद्धकालीन ऐतिहासिक वस्तुहरुको संरक्षण हुन सकेको छैन भन्दै गुनासो गर्दै आएका छन । उत्खननलाई केवल औपचारिकता मात्र दिने गरिएको छ । उत्खननबाट भगवान गौतमबुद्धले विताएको शैशवकालका २९ वर्ष अन्य कहीं नभएर यहीं तिलौराकोट नै हो भन्ने प्रमाणित त भएको छ तर त्यतिले मात्र अव पुग्ने अवस्था छैन । यसको संरक्षणको सवाल अर्को महत्वपूर्ण पाटो हो । तिलौराकोटमा यसअघि पनि उत्खनन नभएको होइन । प्रत्येक वर्ष हुने उत्खननवाट प्राचीन तिलौराकोट दरवार क्षेत्रमा नयाँ नयाँ ऐतिहासिक वस्तुहरु प्राप्त भैरहेका छन र ती वस्तुहरुले समग्र कपिलवस्तुकै ऐतिहासिक गरिमा अभिवृद्धिमा सघाउ पुराएका छन । ती ऐतिहासिक वस्तुहरुको उत्खननवाट प्राप्त वस्तु र बुद्ध सम्पदाको संरक्षणका लागि ठोस योजना अघि बढाउनु जरुरी छ ।

तिलौराकोट क्षेत्रमा विगत कैयौं वर्षयता भैरहेका उत्खननका गतिविधिले निश्चितरुपमा यस क्षेत्रको पुरातात्विक र पर्यटकीय विकास संभव छ भन्ने पुष्टी भैरहेको छ । खासगरी भगवान बुद्धले विताएको २९ वर्षे बाल्यकाल तिलौराकोट दरवार यही क्षेत्र हो भन्ने विश्वले प्रमाणित गरिसकेको छ । अव कोही कसैले दावी गर्दैमा प्राचीन तिलौराकोटको अस्तित्व हराउन सक्दैन । भारतले नक्कली कपिलवस्तु वनाएको भन्ने भ्रममा विदेशी पर्यटकहरुलाई गुमराहमा पार्ने प्रयास नभएको होइन तर विश्वका वरिष्ठ पुरातत्ववीदहरुले तिलौराकोट नेपालकै कपिलवस्तुमा पर्दछ भन्ने प्रमाणित गरिदिएका छन र भ्रममा कोही पर्नुपर्ने अव कुनै कारण र आवश्यकता पनि छैन । निश्चितरुपमा कपिलवस्तुमा छरिएर रहेका बुद्धकालीन अवशेषहरु लोप हुंदै गएका छन । तिनको खोजीनीति गर्ने कार्य भैरहेको छैन । मात्र तिलौराकोटको उत्खननले मात्रै अव पुग्दैन । कपिलवस्तुको विकास तवमात्र संभव छ जव समग्र बुद्धकालीन ऐतिहासिक कपिलवस्तु क्षेत्रको विकास र उत्खननमा सरकारले ध्यान दिनेछ । तसर्थ अव तिलौराकोटको उत्खननसंगै बुद्धकालीन दर्जनौं ऐतिहासिक सम्पदाहरुको संरक्षणमा पनि ध्यान दिनु जरुरी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?