ट्रेंडिंग:

>> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य >> लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास >> किसानको मिहिनेतमा व्यापारीको कमाई
स्थानीय सरकारप्रति बढ्दो जनआक्रोश

पार्किङ थलो छैन, नो पार्किङको उर्दी

१५ मंसिर २०७९, बिहीबार
१५ मंसिर २०७९, बिहीबार

बुटवल, १५ मंसिर ।

भदौको अन्तिम साता बुटवल उपमहानगरपालिकाले सार्वजनिक सडक अतिक्रमण हटाउन तीन दिने सुचना जारी गर्यो । ट्राफिक प्रहरी र नगरप्रहरी परिचालन गरी एकाएक आफ्नो क्रियाशिलता देखायो । तर यो धेरै दिन टिकेन । लगत्तै नेपालीहरुको ठुलो चाडपर्व दशै तिहार र निर्वाचनको कारण देखाउँदै यो काम रोकियो । वास्तविकता भने राजनीतिक दबाब मान्न सकिन्छ । पछिल्लो एक सातापछि भने फेरि यो विषयले मौसमले चिसिएको बुटवललाई ताताएको छ ।

बुधबार नाम चलेका एक जनाको सवारी साधन पार्किङ स्थलमा ट्राफिक प्रहरीले लक गरिदिंदा उनी आक्रोशित भए । स्थानीय पालिकाबाट पार्किङको बिकल्प ल्याउनुपर्ने उनको तर्क छ । ‘सशुल्क पार्किङको ब्यवस्था स्थानीय पालिकाले गर्नुपर्छ’–उनले भने । बजार क्षेत्रमा पार्किङको समस्या हटाउन जरुरी रहेको उनी बताउँछन् । ‘सार्वजनिक शौचालय, फोहोर ब्यवस्थापन, सडक अतिक्रमण जस्ता मुद्दाले चर्चामा रहेका काठमाडौ महानगरपालिकाका मेयर बालेन शाहको नक्कल देशभर हुन थालेको छ’– उनले भने ।

मेयर बनेसंगै नायक फिल्मका अनिल कपुर स्टाईलमा बालेन शाहले काम अघि बढाएका छन । जसको नक्कल देशभरका स्थानीय जनप्रतिनिधिहरुले गरिरहेको भेटिन्छ । बुटवल उपमहानगरपालिका पनि यसैको सिको गर्दै सार्वजनिक सडक अतिक्रमण हटाउन सूचना जारी गरेको भएपनि त्यो निर्णयबाट पछि हटेको थियो । आफ्नो एक सय दिनका उपलब्धिहरु सार्वजनिक गरेको बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डे सवारी दुर्घटना न्युनीकरणसंँगै सडक अतिक्रमण हटाउने यो अभियान थालेको दाबी गरे । स्वतन्त्र उम्मेदवार हुँदै मेयर बनेका शाहलाई नगरको विकासमा निर्णय गर्न राजनीतिक दलको दबाब छैन । पार्टीगत झण्डा बोकेर चुनाब जितेका जनप्रतिनिधिहरुलाई भने अहिले काम गर्दै धेरै चुनौती छ ।

राजमार्ग चौराहा औषधी किन्न गएका दिपक कार्की अलमल परे । सवारी लिएर आएका उनी पार्किङ गर्न लागेका बेला प्रहरीले रोक्यो । मुना फार्मेसी अगाडि बाईक पार्क गर्ने स्थान खोज्दा कतै पाएनन् । करिब ५ सय मिटर टाढा सवारी पार्क गरेर उनी औषधी किनेर घर फर्किए । गर्मीले असिनपसिन भएका र अर्कोतर्फ पार्किङ नपाएर तातिएका उनी रिसले आगो भए । ‘उपनगरपालिकाको काम केवल पार्किङ हटाउने हो की यसको बिकल्प खोज्ने हो ?’–उनले भने । बुटवल उपमहानगरपालिका, नगरपालिकाको कार्यालयले सार्वजनिक स्थान खाली गराउने तथा तोकिएका स्थानबाहेक पार्किङ रोकेसंगै यस क्षेत्रका आम उपभोक्ता र ब्यापारीहरु समस्यामा छन् । सबैभन्दा भिड हुने अमरपथ, बुटवल अस्पताल लाईन, भुडकी चोक जस्ता भित्री सडकमा एकतर्फी पार्किङ ब्यवस्थापन गरेको छ । तर पनि लामो ट्राफिक जामको समस्या हुने गरेको छ ।

स्थानीय वडा कार्यालयका जनप्रतिनिधिहरु पनि टोल विकास संस्थाहरुलाई लगाएर पार्किङ ब्यवस्थापन गर्ने जिम्मा दिने गरेका छन् । बिहान ८ बजेबाट दिनभर बुटवल राजमार्गको दुबैतर्फको सर्भिस लेनमा लोड सवारी रोक्ने निर्णय गरेको छ ।

नगरमा ब्यवसाय गर्दै आएका ब्यवसायीहरु पिडामा छन । उनीहरु आफुले तिरेको कर वापतको सेवा पाउन नसकेको दुःख व्यक्त गर्छन् । राजमार्ग चौराहामा औषधी पसल चलाएका विष्णु अधिकारी उपमहानगरपालिकामा वार्षिक ४ हजार रुपैयाँ कर तिर्दै आएका छन् । सर्भिस लेनसंगै जोडिएको उनलाई अहिले पार्किङको समस्या छ । महगो घर भाडासंगै कर तिर्दै आएका उनी पसल चलाउनै समस्या भएको बताउँछन् । नगरले पार्किङ ब्यवस्थापनको योजना बिना सार्वजनिक स्थानको पार्किङ रोक्दा आफु जस्ता सुनसान ब्यवसायीहरु समस्यामा परेको उनले दुःखेसो गरे ।

कालिकानगर स्थित हिमालयन ईन्टेरियर प्रालिका संचालक बालकृष्ण मैनाली पनि अहिले तनावमा छन् । सर्भिस लेनमा पार्केटिङ र काठको ढोकाको पसल रहेका उनी सवारी साधन पार्किङको ब्यवस्थापन नहुँदा ट्राफिक जाम अत्याधिक हुने गरेको बताउँछन् । सवारी लिएर आएका ग्राहकको सवारी राख्ने उचित ब्यवस्थापन सर्भिस लेनमा समयतालिका अनुसार गरिनुपर्ने सुझाव दिन्छन् । ‘हचुवाको भरमा आम जनतालाई नियम लाद्नु गलत हो’– उनी भन्छन् । कम्तीमा ट्राफिक परिचालन गरेर भएपनि सवारी पार्किङको ब्यवस्थापन गरिनुपर्ने उनी बताउँछन् ।

बुटवल उपमहानगरपालिकालाई सफा, सुन्दर, बस्नयोग्य बुटवल शहर बनाउनका लागि गोलपार्कदेखि योगीकुटी, रामनगरदेखि तामनगरसम्म र भित्री सडकहरु समेतमा सडकको क्षेत्राधिकार, सडक पेटी चोक चौराहामा अब्यवस्थित रुपमा रहेका ठेला, टंकी, बजार, निर्माण सामग्री, सवारी पार्किङ, वर्कसप लगायतका सामानहरु राखी अवरोधलाई हटाउन आग्रह गरेको छ । बुटवलको बजार बढ्दै जाँदा पार्किङको भने ठूलो समस्या उत्पन्न भैरहेको छ । लुम्बिनी प्रादेशिक अस्पतालको उत्तरमा रहेको खाली स्थानमा अस्थायी पार्किङ भैरहेको छ । यही स्थानमा पार्किङको ब्यवस्थापनसहितको प्रदेश सरकारले बहुउद्देश्यीय भवन बनाउने योजना ल्याएको छ । तीन तहकै सरकारले दीर्घकालिन पार्किङ, सार्वजनिक जग्गा ब्यवस्थापनको योजना बनाएर कार्यान्वयन अघि बढाउन जरुरी देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?