ट्रेंडिंग:

>> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य >> लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास >> किसानको मिहिनेतमा व्यापारीको कमाई >> ज्याला–मजदुरीकै भरमा अपाङ्गता सन्तानको भरणपोषण >> सुदूरपश्चिम पहिलो ‘क्वालिफायर’मा, चितवन ४९ रनले पराजित >> विशेष महाधिवेशन पक्षधर नेता भन्छन्ः ‘नियमित’ स्वीकार गरेर महामन्त्रीहरूले गल्ती गरे >> राजमार्गबाट ६० क्विन्टल रासायनिक मल बरामद >> ६ हजार ८८७ नयाँ मतदाता थपिए >> सुदूरपश्चिमविरुद्ध चितवनले बलिङ गर्दै >> यस्तो बन्दैछ गुण्डुमा ओली निवास >> घोषित मितिमा चुनाव गराउन सरकार सम्पूर्ण रूपमा सक्रिय छ : प्रधानमन्त्री कार्की >> अध्यक्ष पदमा केपी ओली फाइनल भइसक्यो : विष्णु रिमाल
विचार

गुरु शब्दको अवमूल्यन !

१४ मंसिर २०७९, बुधबार
१४ मंसिर २०७९, बुधबार

संस्कृतको गुरु शब्दको अर्थ हुन्छ– अविद्यालाई नाश गरेर ज्ञान दिने पुरुष । यस कुराले गुरुले शिष्यलाई ज्ञान मात्र भरिदिएर हुँदोरहेनछ, शिष्यमा रहेको अविद्यालाई पनि नाश गरिदिनुपर्ने रहेछ भन्ने बुझिन्छ । यहाँ ज्ञान भरिदिइसकेपछि त अविद्याको नाश त स्वतः हुनुपर्ने हो । तर संसारमा रहेका सबै किसिमका ज्ञानले अविद्याको नाश गर्न नसक्ने हुनाले शिष्यले पनि त्यस्तो किसिमको ज्ञानको खोजीमा हिँड्नुप¥यो । जसले अविद्याको नाश गर्न सकोस् । आखिरी ज्ञान भनेको जान्नु हो । त्यसैले त्यो ज्ञान विश्व कल्याणका लागि हुनुप¥यो न कि विश्वलाई तहस नहस पार्नका लागि । यहाँ अविद्या भनेको इन्द्रियहरूको दोष र संस्कारको दोषबाट उत्पन्न दुष्ट ज्ञान हो । त्यसैले त्यो संस्कार दिने व्यक्ति अर्थात् गुरु पनि असल हुनुप¥योे । असल गुरुबाट आर्जित विद्याले मात्र व्यक्तिलाई अविद्याबाट मुक्त गराई ज्ञानको सागरमा डुबाउन सक्दो रहेछ । जुन ज्ञानले व्यक्ति, समाज, देश र विश्वकै कल्याण गर्दोरहेछ । कुनै विषयको जानकारीले मात्र वास्तवमा विद्या प्राप्ति हुँदोरहेनछ । त्यसैले त पाश्चात्त्य शिक्षासँग मात्र जोडिने युनेस्कोको नारा पनि हाम्रो पौरस्त्य सभ्यताले भनेजस्तै ध्जय अबल ऋजबलनभ जष्क दभजबखष्यच ष्क अबििभम भ्मगअबतष्यल हुन पुगेको छ । अर्थात् केही कुराको जानकारी मात्र शिक्षा होइन, व्यक्तिले आफ्ना इन्द्रियजन्य दोषबाट हुने व्यवहार परिवर्तन गरेर असल व्यवहारमा लाग्नु नै वास्तवमा शिक्षा हो । यहाँ शिक्षाको अर्थ गुरुबाट विद्या सिक्नु भन्ने बुझ्नुपर्छ । यी सबै कुराहरूले हामीलाई असल शिक्षा दिने असल गुरुको खोजी गर भन्ने बुझाउँछ । उपनिषद्मा विद्या दुई प्रकारका मानिएका छन् । एक परा विद्या अर्को अपरा विद्या । परा विद्या भनेको अध्यात्म विद्या हो । अध्यात्म भनेको आत्मा र ब्रह्मसम्बन्धी भन्ने हो । अपरा विद्या भनेको लौकिक विद्या हो, जस अन्तर्गत वेद, शिक्षा, व्याकरण, निरुक्त, छन्द र ज्योतिषसम्बन्धी ज्ञान आउँछ । कुरो गहिरिएर बुझ्दा आत्मा र ब्रह्म नजानिकन त वास्तवमा विद्या प्राप्ति नै हुँदो रहेनछ त । आत्मा र ब्रह्मको ज्ञानपछि मात्र बल्ल इन्द्रियजन्य दोषको निवारण भई वास्तविक विद्याको प्राप्ति हुँदोरहेछ त । हो बल्ल यस्तो कुराको ज्ञान दिने व्यक्ति नै गुरु हुन् । ती गुरुको परम्परा भगवान् नारायणबाट सुरु भई ब्रह्मा, वसिष्ठ, शक्ति, पराशर, व्यास, शुकदेव, गौडपद, गोविन्द, शङ्कराचार्य, रामानुजाचार्य, मध्वाचार्य, निम्बाकाचार्य, वल्लभाचार्य, गोरक्षनाथ हुँदै हामीमा आउने रहेछ । त्यसैले श्वेताश्वेतरोपनिषद्मा ‘यस्तं न वेद किमृचा करिष्यति’ अर्थात् जसले वेदप्रतिपाद्य त्यस तत्वलाई जानेको छैन भने वेदलाई मात्र जानेर त्यसले के नै जान्यो र । यहाँसम्मका कुराबाट हामीले व्यवहार चलाउन ज्योतिष आदि अपरा विद्या ज्ञान गरेतापनि वेदप्रतिपाद्य तत्वलाई जान्नको लागि त्यो परा विद्या, ब्रह्म विद्या जान्नैपर्दछ । नभए त्यो हामीले जानेको कुरा ज्ञान हुँदैन । अपरा विद्याले मात्र त झन् हामीमा अहङ्कार उत्पन्न गराइदिई आफूलाई एकदमै जान्नेसुन्ने गराई कता लगेर पतन गराउँछ पत्तै हुँदैन । त्यसैले हामीले परा एवं अपरा विद्याको ज्ञान भएको गुरुलाई नै गुरु मान्नुपर्ने देखिन्छ, जोद्वारा हामीहरूले भौतिक एवं आध्यात्मिक दुबै सुख प्राप्त गर्न सकौँ । यस्ता गुरुहरू अहिले पनि भारत र नेपालका विभिन्न कुनाहरूमा ब्रह्मश्चर्य साधनामा साधनारत हुनुहुन्छ नै ।

यस्तो गहन अर्थको गुरु शब्द अहिले आएर हामीले कहाँसम्म प्रयोग गर्ने गरेका छौँ, त्यो सबैले जानेको विषय नै हो । चाहे जस्तोसुकै शिक्षा दिने पनि गुरु भित्रै पर्दछन् । रु ५०० मा गायत्री मन्त्र बेच्नेदेखि अहिलेका हामी हेलमेट टिचरहरू पनि गुरु भित्रै पर्दछौँ । त्यस्तै गाडीको सहयोगी भाइले आफूलाई ड्राइभिङ्गको ज्ञान दिनेलाई सम्बोधन गर्ने शब्द पनि गुरु नै हो । पेट पाल्नका लागि बाटोमा बसेर केही नजानिकन हातदेखि धर्को हेर्नेसम्मका पनि गुरु नै हुन् । रक्षाबन्धनका दिन झिस्मिसेमा मुण्डनादि कर्म र ऋषि तर्पण नगरिकनै ओरोडोरो लिएर हिँड्ने पनि गुरु नै हुन् । बाटामा गाँजा खाएर लड्ने पनि गुरु नै हुन् । मुण्डनादि कर्म नगरिकनै व्यास आसनमा बसी नारी नचाएर द्रव्य आर्जन गर्ने पनि गुरु नै हुन् । दिनमा सातवटा श्राद्ध गरी ल्याएको द्रव्यले धुम्रपानादि कर्म गर्ने पनि गुरु नै हुन् । एवं भक्तहरूलाई अनावश्यक रुपमा तर्साएर ग्रहका औँठी र माला बेच्ने एवं कालसर्प योगको डर देखाएर नागपञ्चमीका दिन सामूहिक कालसर्प योगको निवारण गर्ने भनेर लाखौँ कुम्ल्याउने पनि गुरु नै हुन् । एवं डलरमा बिकी मनगढन्ते चालले पाँच दिने र सात दिने क्रियाकर्म गराउँदै हिँड्ने पनि गुरु नै हुन् । ज्योतिष र कर्मकाण्डका दोकान खोलेर कालिदासले भनेजस्तै ज्ञान बेच्ने पसल खोलेकाहरू पनि गुरु नै हुन् । जटाधारी, लटाधारी, कुण्डले, मुण्डले सबै गुरु हुन् ।

त्यसैले यसरी गुरुत्व हराएको गुरु शब्दको हामी गुरु कहलाइएकाहरूले पुनर्जीवन दिनु परम कर्तव्य हुन आएको छ । जीवनमा आउन लागेका ग्रह जनित दोषहरूलाई ट्राफिक सिग्नलको रुपमा देखाएर जीवन जीउन केही मार्गदर्शन गर्ने ज्योतिष विद्या, अर्थकरी विद्या त पक्कै हो, तर यसरी विना अध्ययन दलका जस्ता सङ्गठन खोलेर मानिस तर्साउने खालको विद्याको रुपमा व्यवहार नगरी यसलाई आफ्नो गहिरो अध्ययनपछि मात्र शास्त्रोचित प्रयोग मात्र गर्ने तर्फ ज्योतिषगुरुहरू लाग्नुपर्ने देखियो । त्यस्तै कर्मकाण्ड गर्नेहरू पनि शास्त्रोचित तरिकाले लोभ नगरिकनै कर्मकाण्ड गर्नेतर्फ लागि आफूलाई सम्बोधन हुने गुरु शब्दको महत्ता बढाउनेतर्फ लाग्नुप¥यो । एवमेव सबैले आफ्नो धर्म सम्झी अनुचित तरिकाले ल्याएको धन हितकारी भन्दा पनि हतकारी हुन्छ भन्ने शास्त्रको वचन पालना गर्दै गुरु शब्दको अर्थलाई प्राकृत अवस्थामै ल्याउन लाग्नुप¥यो ।

अन्त्यमा हामी शिक्षक वर्ग जसलाई हाम्रा विद्यार्थीहरूले अति सम्मान गरी गुरु शब्दले पुकार्दछन्, उनीहरूलाई उचित शिक्षा दिन अहोरात्र खट्नुप¥यो । योगी नरहरिनाथले पटक पटक “शिक्षाविकारे सकलविकारः शिक्षासुधारे सकलसुधारः” भन्ने कुराको हृदयङ्गम गर्नुप¥यो । आधुनिक शिक्षाका शिक्षकहरूले आफू कार्यरत सरकारी क्याम्पसमा आफ्नो समय नियमानुसार बिताउनुप¥यो । प्राचीन शिक्षाका शिक्षकहरूले पनि त्यस्तो गुरु शब्दको पूर्ण अर्थको पराविद्या सिकाउन सक्ने नभए पनि कमसेकम तोकेको पाठ्यक्रमलाई राम्रोसँग पूरा गरी सही गुरु हुनुप¥यो । कर्मकाण्ड आदि धनार्जनका कुरा विदाको दिनमा मात्र गर्नप¥योे । आफूले पढ्दादेखिका नोट लेखाएर मात्र नभएर विद्यार्थीलाई नै सक्रिय बनाएर उसको विद्याप्रतिको भोकलाई मेटाउनुप¥यो । हाम्रो शिक्षणको जादुले विद्यार्थीलाई पढ्ने रुचि पैदा गरिदिनुप¥यो । अनि मात्र अरुले गुरु भनेर सम्बोधन गर्दा आंशिक मात्रामा भएपनि भित्रैदेखि आफूलाई आनन्दको महसुस हुनेछ । जय गुरुदेव ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?