ट्रेंडिंग:

>> ओलीको प्रश्न– फेरि दलकै सरकार नबनेर हाहुकै भरमा चल्ने हो र ? >> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर >> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण 
विशेष समाचार

को बन्ला लुम्बिनी प्रदेशमा मुख्यमन्त्री ?

१४ मंसिर २०७९, बुधबार
१४ मंसिर २०७९, बुधबार

बुटवल, १४ मंसिर ।

कुनै पनि दलले स्पष्ट बहुमत ल्याउन नसकेपछि लुम्बिनी प्रदेशमा आगामी सरकारबारे जोड घटाउ सुरु भएको छ । मुख्य दल एमाले र काँग्रेस आफ्नो नेतृत्वमा सरकार गठनको गृहकार्य गरेका छन् ।

लुम्बिनी प्रदेशसभामा ५२ प्रत्यक्ष र ३५ समानुपातिक गरी ८७ सदस्यीय प्रदेशसभा रहेको छ । ५२ जनाको टुंगो लागे पनि ३५ जनाको समानुपातिक बाँडफाँड भने केही दिनमा टुंगो लाग्नेछ ।

प्रत्यक्षतर्फ १८ सिट जितेर एमाले लुम्बिनी प्रदेशको सबैभन्दा ठूलो दल बनेको छ भने काँग्रेसले १७ सिट जितेर दोस्रो ठूलो दल बनेको छ । एमालेबाट प्रत्यक्ष जितेका १८ जनामध्ये लिला गिरी पार्टीमा सबैभन्दा वरिष्ठ हुन् । उनी पार्टीमा पोलिटब्यूरो सदस्य छन् । वरिष्ठताका आधारमा गिरी नै मुख्यमन्त्रीका प्रवल दावेदार रहेको एमाले स्रोतले बतायो । चुनाव लडेका अर्का पोलिटब्यूरो सदस्य दधिराम न्यौपाने भने पराजित भए ।

त्यस्तै एमालेबाट केन्द्र्रीय सदस्य भूमिश्वर ढकाल पनि विजयी भएका छन् । कतिपय नेताले ढकालको पनि मुख्यमन्त्रीमा दावी रहेको बताउँछन् । “तर गिरी अगाडि सर्ने हो भने सर्वसम्मत मुख्यमन्त्रीको निर्णय हुन सक्छ”–निर्वाचित एक प्रदेश सांसदले भने ।

२०७४ को निर्वाचनमा तालमेल गरेर चुनाव लडेका एमाले र माओवादीले दुईतिहाइ नजिकको सरकार बनाएका थिए । यसपालि पाँच दलको सत्ता गठबन्धनले मात्रै पनि बहुमत जुटाउने सम्भावना छैन । उसले बहुमत जुटाउन अन्य साना दल वा स्वतन्त्रको साथ लिनुपर्ने अनिवार्य देखिएको छ । यहाँ प्रत्यक्षमा ठूलो दल बनेको एमालेलाई पनि बहुमत जुटाउन सहज छैन । लुम्बिनीमा बहुमतका लागि ४४ सांसद आवश्यक पर्छ ।

यसअघि शंकर पोखरेल नेतृत्वको तत्कालीन नेकपाले साढे ३ वर्ष सरकार चलाएको थियो । नेकपा विभाजनपछि माओवादीको नेतृत्वमा डेढ वर्ष सरकार चल्यो ।

कांग्रेसबाट मुख्यमन्त्री दाबी गरेका यसअघिका संसदीय दलका नेता वीरेन्द्र कनौडिया कपिलवस्तु ३ (२) मा पराजित भए । कांग्रेस प्रदेश सभापति अमरसिंह पुन रोल्पाबाट चुनाव जित्न असफल रहे । यी दुवै नेता अहिले मुख्यमन्त्रीको दौडमा थिए ।

एमालेबाट मुख्यमन्त्रीका दाबेदारमध्येका दधिराम न्यौपाने रुपन्देही १ (२) र घनश्याम पाण्डे दाङ ३ (१) बाट पराजित भए । माओवादीबाट सुदर्शन बराल गुल्मी १ (१) मा रोकिँदा मुख्यमन्त्री बन्ने आकांक्षा यसपटक सम्भव भएन ।

कांग्रेसबाट केन्द्रीय सदस्य तथा पूर्वखानेपानी राज्यमन्त्री अब्दुल रज्जाक, महासमिति सदस्य डिल्लीबहादुर चौधरी र प्रदेश उपसभापति राजु खनाल मुख्यमन्त्रीका आकांक्षी हुन् । पार्टीको संस्थापन खेमाका नेता रञ्जाक रूपन्देही १ (२) बाट, चौधरी दाङ ३ (१) र राजु खनाल दाङ २ (१) बाट निर्वाचित भएका छन् ।

माओवादीमा भने सुदर्शन बराल पराजित भएसँगै रोल्पा १ (१) बाट निर्वाचित जोखबहादुर महराले दलको नेता बन्ने र पालो पाए उनैले नेतृत्व गर्ने निश्चित जस्तै छ । महरा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालका स्वकीय सचिव थिए र दाहालकै प्रस्तावमा उनी प्रदेशमा झरेका थिए ।

प्रत्यक्षबाट प्रदेशसभामा ७ दलको उपस्थिति

यसअघि ५ दल रहेको लुम्बिनी प्रदेशसभामा अहिले प्रत्यक्षतर्फ ७ वटा पार्टीले निर्वाचन जितेका छन् । एमाले, कांग्रेस, माओवादी केन्द्र, राप्रपा, जसपा, लोसपा, नागरिक उन्मुक्ति र स्वतन्त्र सांसद प्रदेशसभामा रहनेछन् । एमालेबाट १८, कांग्रेसबाट १७, माओवादीबाट ५, राप्रपा, जसपा, लोसपा, नागरिक उन्मुक्तिबाट २–२, जनमतबाट १ र स्वतन्त्रबाट ३ जना निर्वाचित भएका छन् । समानुपातिकबाट जनमोर्चा र नेकपा एस थपिने सम्भावना छ ।

कस्तो छ समानुपातिकको अवस्था ?

समानुपातिकमा पनि एमाले अगाडि रहेको छ । एमालेले ५ लाख ७० हजार ९२१ मत ल्याउँदा कांग्रेसले ४ लाख ९९ हजार ९८६ मत पाएको छ । माओवादीको १ लाख ९८ हजार ४५० रहेको छ ।

त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीको १ लाख २७ हजार ४५२, नागरिक उन्मुक्ति पार्टीको १ लाख २५ हजार ५२१, जनमत पार्टीको ८१ हजार ६०५, जनता समाजवादी पार्टीको ६० हजार ८८६ र नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीको ४२ हजार ६२१ मत पुगेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?