Butwal Today

मानव सेवा आश्रमका अध्यक्ष भन्छन्–रोटरीको मानवीय सेवा प्रशंसनीय

१३ मंसिर २०७९, मंगलवार
अ+
अ-

बुटवल, १३ मंसिर ।

रोटरी क्लव अफ बुटवलको १४ सय ३९ औं नियमित बैठक बुटवलमा सम्पन्न भएको छ । बैठकको एजेण्डा गेष्ट स्पिकर रहेको थयो ।

क्लवका अध्यक्ष बोनिन पियाको अध्यक्षतामा सम्पन्न बैठकमा गेष्ट स्पिकरको रुपमा मानव सेवा आश्रमका अध्यक्ष रामजी अधिकारी सहभागी थिए ।

त्यस अवसरमा बोल्दै उनले रोटरीयनहरु मानवीय सेवामा निरन्तर लागेको भन्दै प्रशंसा गरे । उनले मानव सेवा आश्रमले सरकारको सहयोगी बनेर सामाजिक अभियान चलाएको भन्दै सधैँ सरकारले गरेन भनेर बस्नु भन्दा पनि एउटा जिम्मेवार नागरिक भएर हामी सबैले पनि आफनो तर्फबाट गर्नुपर्ने बताए ।

अहिलेसम्म आश्रमले २६ सयको हाराहारीमा व्यक्तिहरूलाई परिवारसँग पुनर्मिलन गराउन सफल भएको भन्दै अधिकारीले यहाँ मात्र नभएर बंगलादेशका ५ जना नागरिकहरूलाई त्यही गएर पारिवारिक पुनर्मिलन गराएको जानकारी पनि दिए । यस्तै सयौँ भारतीय नागरिकलाई भारतमै गएर पनि उनीरूको परिवारसँग पुनर्मिलन गराउन सफल भएको उनले बताए । पारिवारिक पुनर्मिलन हुन नपाएका व्यक्तिलाई भने आश्रममा नै उनीहरूको लौरोको सहारा बनिरहेको उनको भनाई छ ।

त्यस अवसरमा रोटरीयनहरु अजयमान श्रेष्ठ, महेन्द्र श्रेष्ठ, मणिरत्न पाण्डे, डा. मनोहर जोशी, टिकाराम न्यौपाने, निर्मल लाकौललगायतले विभिन्न जिज्ञासा एवं सुझाव राखेका थिए । बैठकमा सचिव लालहरि पाण्डेले अघिल्लो बैठकका निर्णयहरुबारे जानकारी गराएका थिए भने गोपाल अधिकारीले पनि मन्तव्य व्यक्त गरेका थिए ।