ट्रेंडिंग:

>> ओलीको प्रश्न– फेरि दलकै सरकार नबनेर हाहुकै भरमा चल्ने हो र ? >> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर >> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण 

लापरवाहीले बढाएको स्वास्थ्य जोखिम

१३ मंसिर २०७९, मंगलवार
१३ मंसिर २०७९, मंगलवार

नेपालमा हालै गरिएको एक अध्ययनले बहुसंख्यक नेपालीहरु स्वास्थ्यप्रति सचेत नभएको देखाएको छ । पछिल्लोसमय विश्वमा नयाँ प्रकृतिका रोग र त्यसको बढ्दो जोखिम चुनौतिका रुपमा देखापरिरहेको छ । त्यस सन्दर्भमा स्वास्थ्यप्रतिको सचेतता अझै जरुरी देखिन्छ तर नेपालीहरु ती जोखिम लिएरै बाँच्न अभ्यस्त बनेका छन । त्यो परिणाम कुनैपनि बेला मानिस गंभीर प्रकृतिका रोगबाट ग्रस्त हुने अवस्था आउन सक्छ । त्यसैपनि नेपालका अधिकांश नागरिक अहिलेमात्र होइन पहिलेदेखि नै स्वास्थ्यप्रति सम्वेदनशील नबन्दा चुनौतिका अनेक जोखिम लिएर बाँचीरहेका छन । बढ्दो प्रदुषण, तनाव, आलस्यता र स्वास्थ्य सचेतनामा कमीका कारण रोगहरुको जोखिम बढ्दै गएको छ । अहिलेपनि हरेक दिनजसो अखवारका पानाहरुमा विभिन्न रोगका कारण असहाय वनेको भन्दै सहयोगको आग्रह गरिएका समाचार प्रकाशित भैरहेका छन । रोगहरुको जोखिम कसरी बढिरहेको छ भन्ने यो एक उदाहरण हो । वास्तवमै अहिले सानो लापरवाहीले रोगको शिकार हुने गरेको घटना सामान्य जस्तै वन्ने गरेका छन । खानपान र आहारविहारमा ध्यान नदिँदा मानिस भित्रभित्रै रोगी बन्दै गएका छन् । हामी अझैपनि शरीरमा कुनै लक्षण नदेखिँदासम्म स्वास्थ्य संस्था जादैनौ । सबै रोग लक्षण देखिएर मात्र लाग्दैन । त्यसकारण रोग लाग्नु अगावै रोकथामको उपायका विषयमा पूर्व सचेतता आवश्यक छ । शरीरको महत्वपूर्ण अंगहरुको हेरचाह राम्रोसंग भएन भने समस्या आउन सक्छ भन्ने सहयोगका याचनाहरुले प्रस्ट पारिरहेका छन । त्यसतर्फ नेपालीको ध्यान जानु जरुरी छ । स्वास्थ्यप्रतिको सचेतना अवको जीवनको लागि अपरिहार्य सर्त वनेको छ र वन्नुपर्दछ ।

त्यसमाथि पछिल्लोसमय मृगौला र मुटु नेपालका लागि गंभीर जोखिमका रुपमा देखापर्दैछन । मिर्गौला फेल हुँदा प्रत्यारोपण गर्नै त समस्या छ भने धेरै महंगो औषधि खानसक्ने हैसियत अधिकांशको छैन । काम नलाग्ने भएपछि मात्रै असर देखिने हुदा बेलैमा सचेत बन्नुपर्दछ । अहिले ५० हजार नेपालीको मिर्गौला बिग्रिएको बताइन्छ । बर्सेनि १० हजार नेपालीको मिर्गौला ‘फेल’ हुने गरेको छ । मिर्गौला रोगको उपचार अत्यन्तै मंहगो हुने हुँदा मिर्गौलालाई स्वस्थ राख्नको लागि समय समयमा परीक्षण गराउनु जरुरी छ । मिर्गौला रोग कम गर्न, धूमपान र मध्यपान नगर्ने, तौल बढ्न नदिने, पानी बढी पिउने, १५ मिनेट बिहान हिँड्डुल गर्ने, स्वस्थकर खाना खाने, समयमै सुत्नेबानी गर्नाले यसको जोखिम कम गर्न सकिने चिकित्सकहरु वताउँछन । मृगौलासंगै मुटुपनि समस्याका रुपमा देखापर्दैछ । ग्रामीण क्षेत्रका अशिक्षित मात्र हैन सहरकै धेरै शिक्षित वर्ग र व्यक्तिहरुमा पनि चेतनाको अभावकै कारण नेपालमा मुटु र मिर्गौला रोगीको जोखिम बढ्दै गएको छ । अतः यसतर्फको सचेतता अहिलेको चुनौति र आवश्यकता दुवै हो ।

स्वास्थ्य रिपोर्टहरुले पछिल्लोसमय नेपालमा उच्च रक्तचाप, मधुमेह, मोटोपना चुनौतिकै रुपमा बढिरहेको बताएका छन । त्यसको पहिलो कारण चेतनाको अभाव रहेको चिकित्सकहरुको भनाई छ । त्यसमाथि खानपानमा लापरवाही दोश्रो कारण हो । चिकित्सकहरुले आफू स्वस्थ रहेको ढुक्क हुन वर्षमा कम्तीमा पनि एकपटक मिर्गौला परीक्षण गराउन दिने गरेको सुझावलाई मनन गर्नु जरुरी छ । रोग नियन्त्रणको सवालमात्र होइन व्यक्ति व्यक्ति आफू सुरक्षित रहनको लागि पनि स्वास्थ्यमाथिको लापरवाही चुनौति हुने भएकोले यसतर्फको सजगता जरुरी छ । अर्कोतर्फ दूर दराजमा बस्ने नेपाली जो सूचनाको पहुँचभन्दा टाढा छन, उनीहरुलाई पनि स्वास्थ्यतर्फको चेतना प्रवाहमा महत्व दिनु आवश्यक छ । त्यसका लागि फेरिपनि रोग लाग्नै नदिनेतर्फको सुरक्षित यात्राको बाटो तय हामी आफै गर्नु जरुरी छ । सरकार र सम्वद्ध निकायले पनि स्वास्थ्य जोखिम र चुनौतिका विषयमा समयमै सचेतनामूलक कार्यक्रममा जोड दिनुपर्दछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?