ट्रेंडिंग:

>> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य >> लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास >> किसानको मिहिनेतमा व्यापारीको कमाई >> ज्याला–मजदुरीकै भरमा अपाङ्गता सन्तानको भरणपोषण >> सुदूरपश्चिम पहिलो ‘क्वालिफायर’मा, चितवन ४९ रनले पराजित
लुम्बिनी प्रदेश सभा

एमाले र माओवादीले नौ सिट गुमाउँदा कांग्रेसले १० थप्यो

१३ मंसिर २०७९, मंगलवार
१३ मंसिर २०७९, मंगलवार

बुटवल, १२ मंसिर ।

लुम्बिनी प्रदेशमा हालै सम्पन्न निर्वाचनमा नेकपा एमालेले ९ सिट गुमाएको छ । २०७४ सालको निर्वाचनमा २७ सिट जितेको एमाले यो पटक १८ सिटमा खुम्चिएको हो । ५२ वटा प्रदेश सभा निर्वाचन क्षेत्र रहेको लुम्बिनीमा माओवादी केन्द्रले पनि ९ सीट गुमाएको छ । नेपाली काग्रेससँग गठबन्धन गरेको माओवादी केन्द्रले १४ सिट जितेको थियो ।

यद्यपि अहिले १८ सिट जितेको नेकपा एमाले लुम्बिनी प्रदेशमा भने पहिलो दल बनेको छ । २०७४ सालको चुनावमा प्रत्यक्षतर्फ २७ सिट जितेको एमालेले यसपटक ९ सिट गुमाएको हो । ०७४ मा ७ सिट मात्रै जितेको नेपाली कांग्रेस गठबन्धनको बलमा १७ सिट जित्दै दोस्रो दल बनेको छ ।

नेकपा माओवादी केन्द्रले ५ सिट जितेर तेस्रो बनेको छ । माओवादी केन्द्रले २०७४ मा वाम तालमेल हुंंँदा १४ सिट जितेको थियो । जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र नागरिक उन्मुक्ति पार्टीले २–२ सिट जितेका छन् भने सिके राउत नेतृत्वको जनमत पार्टीले एक सिट जितेको छ ।

यो पटकको गठबन्धन नेपाली काग्रेसलाई नाफा भएको छ । काग्रेसले गठबन्धनकै बलमा यो पटक १७ सिट जित्न सफल भएको हो ।
माओवादीबाट विद्रोह गरेर बागी उम्मेदवारी दिएका तीनजना स्वतन्त्र उम्मेदवारले समेत जितेका छन् । अघिल्लो प्रदेश सभामा ५ दलको सहभागिता रहेकामा यसपटक कम्तीमा ८ दलको प्रतिनिधित्व हुनेछ । समानुपातिकमा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाले १.५ प्रतिशत मत कटाए भने १० दलको प्रतिनिधित्व हुने छ । यसपटक लुम्बिनी प्रदेश सभामा नागरिक उन्मुक्ति पार्टी, जनमत र राप्रपा नयां दलका रुपका थपिएका छन् ।

पहिलो दल बनेको नेकपा एमालेबाट लिला गिरी–रुपन्देही २(१), भोजप्रसाद श्रेष्ठ–रुपन्देही २(२), तुल्सीप्रसाद चौधरी–रुपन्देही–३(२), भुमिश्वर ढकाल–रुपन्देही ५(१), चिन्तामणि पाण्डे–गुल्मी १(१), डिल्लिराज भुसाल–गुल्मी २(१) दिनेश पन्थी–गुल्मी २(२),.राजुप्रसाद श्रेष्ठ–पाल्पा १(१) र खेमबहादुर सारु –पाल्पा १(२) बाट निर्वाचित भएका छन् ।

यस्तै चेतनारायण आचार्य–अर्घाखांची १(२), राजजीप्रसाद घिमिरे–अर्घाखांची १(२), विष्णु पन्थी–कपिलवस्तु १(१), मधुशरणप्रसाद चौधरी–कपिलवस्तु १(२), नवराज लामिछाने–कपिलवस्तु २(१), अर्जुनकुमार केसी–कपिलवस्तु ३(१), तुल्सीराम शर्मा–प्युठान १(१),दुर्गाप्रसाद चौधरी–बांके १(२) र रत्नबहादुर खत्री–बांके ३(१) बाट निर्वाचित भएका छन् ।

दोस्रो दल बनेको नेपाली कांग्रेसबाट अब्दुल रज्जाक गद्दी–रुपन्देही १(२), वसिउद्दिन खां–रुपन्देही ४(२), विश्वप्रेम पाठक–नवलपरासी १(१), देवकरणप्रसाद कलवार– नवलपरासी १(२), सुधाकर पाण्डे –कपिलवस्तु २(२), सरोज थापा –प्युठान १(२), अनुराग खड्का–दाङ १(२), राजु खनाल–दाङ २(१), प्रचण्डविक्रम न्यौपाने –दाङ २(२), डिल्लीबहादुर चौधरी–दाङ ३(१) बाट निर्वाचित भएका छन् ।

यस्तै बादशाह कुर्मी–बांके ३(२), धनबहादुर केसी–रुकुमपुर्व १(२), भुवनेश्वर चौधरी–बर्दिया १(१), जन्मजय तिमिल्सेना–बर्दिया २(१), बीरबहादुर राना–पाल्पा २(१), धनेन्द्र कार्की–गुल्मी १(२) र बैजनाथ कलवार जैसवाल–नवलपरासी २(२) बाट निर्वाचित भएका छन् ।

तेस्रो दल बनेको नेकपा माओवादी केन्द्रबाट जोखबहादुर महरा–रोल्पा १(१),.इन्द्रजित थारु –दाङ १(१), कृष्णा केसी–बांके १(१), तुलाराम घर्ती–पाल्पा २(२) र धनबहादुर मास्की–दाङ ३(२) बाट निर्वाचित भएका छन् ।

यस्तै जनता समाजवादी पार्टीबाट भण्डारीलाल यादव–बांके २(१) र आदेशकुमार अग्रवाल–बांके २(२) बाट निर्वाचित भएका छन् । लोकतान्त्रिक समाजवादी पार्टीबाट सन्तोष पाण्डे –रुपन्देही ३(१) र कन्हैया बनिया–रुपन्देही ४(१) बाट निर्वाचित भएका छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टीबाट आशिषकुमार चौधरी–रुपन्देही १(१) र जानकीप्रसाद यादव–कपिलवस्तु ३(२) बाट निर्वाचित भएका छन् । नयां दलको रुपमा उदाएको नागरिक उन्मुक्ति पार्टीबाट राजकुमार चौधरी–बर्दिया १(२) र धर्मबहादुर चौधरी–बर्दिया २(२) बाट निर्वाचित भएका छन् ।

नयाँ दलकै रुपमा प्रदेश सभामा प्रवेश गरेको जनमत पार्टीबाट चन्द्रकेश गुप्त–रुपन्देही ५(२) बाट निर्वाचित भएका छन् । माओवादी केन्द्रबाट बागी उम्मेदवारी दिएका स्वतन्त्र उम्मेद्वार दीपेन्द्र पुन–रोल्पा १(२), सरुल पुन–रुकुमपुर्व १(१) र खड्ग बस्नेत–नवलपरासी २(२) बाट निर्वाचित भएका छन् ।
प्रतिनिधि सभामा को पहिलो ?
लुम्बिनी प्रदेशमा रहेको २६ प्रतिनिधि सभा निर्वाचन क्षेत्रको परिणाम आउँदा एमाले पहिलो दल बनेको छ । २६ मध्ये एमालेका उम्मेदवार लुम्बिनीका ११ क्षेत्रमा विजयी भए ।

दोस्रोमा नेपाली कांग्रेस ६, माओवादी र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ३–३ वटा निर्वाचन क्षेत्रमा विजयी भएका छन् । त्यसैगरी एकीकृत समाजवादी र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले १–१ वटा क्षेत्र जितेका छन् । प्रदेशको एउटा क्षेत्रमा स्वतन्त्र उम्मेदवार विजयी भएका छन् ।

एमाले ः एमालेबाट गुल्मी २ मा गोकर्ण विष्ट विजयी भए । विष्टले २८ हजार ४७६ मत पाएका थिए । अर्घाखाँचीबाट टोपबहादुर रायमाझी विजयी भए । उनले ४२ हजार ६७५ मत ल्याए । प्युठानबाट एमालेका सूर्य थापा विजयी भए । उनले ४१ हजार ११८ मत प्राप्त गरेका थिए ।

रुपन्देही क्षेत्र नं. ५ बाट वासुदेव घिमिरे विजयी भए । उनले ३६ हजार ८२२ मत प्राप्त गरे । कपिलवस्तु क्षेत्र नं. १ बाट बलराम अधिकारी विजयी भए । अधिकारीले ३६ हजार ६७५ मत प्राप्त गरे । बाँके १ बाट सूर्य ढकाल विजयी भए । ढकालले २५ हजार २६ मत ल्याए । पाल्पा क्षेत्र नं. १ बाट नारायण प्रसाद आचार्य विजयी भए । उनले ३१ हजार १०३ मत प्राप्त गरेका हुन् । पाल्पा क्षेत्र नं. २ बाट ठाकुर गैरे विजयी भए । उनले २७ हजार ८१७ मत प्राप्त गरेका हुन् ।

रुपन्देही क्षेत्र नं. १ बाट छविलाल विश्वकर्मा विजयी भए । उनले २४ हजार ८७२ मत प्राप्त गरी विजयी भए । रुपन्देही २ मा विष्णु पौडेल निर्वाचित भए । पौडेलले २७ हजार १४८ मत प्राप्त गरी विजयी भएका हुन् ।

कांग्रेसबाट विजयी हुनेहरूमा बाँके क्षेत्र नं. ३ बाट किशोरसिंह राठौर छन् । उनले २९ हजार ४० मत प्राप्त गरेक थिए । बर्दिया क्षेत्र नं. १ बाट सञ्जय गौतम ३० हजार ६११ मतका साथ विजयी भए । दाङ क्षेत्र नं. ३ बाट दीपक गिरी विजयी भए । गिरीले ३६ हजार ८४२ मत प्राप्त गरे । नवलपरासी पश्चिम क्षेत्र नं. १ बाट विनोद चौधरी विजयी भए । उनले २९ हजार ४९५ मत ल्याएका थिए । गुल्मी क्षेत्र नं. १ मा चन्द्र भण्डारी विजयी भए । उनले ३३ हजार ७४४ मत गरेका हुन् ।

कपिलवस्तु २ मा सुरेन्द्रराज आचार्य विजयी भए । ३९ हजार १४ मत प्राप्त गरे । माओवादीः माओवादी केन्द्रबाट रोल्पामा वर्षमान पुन विजयी भए । उनले ४१ हजार ७१४ मत प्राप्त गरेर विजयी भएका हुन् । रुकुम पूर्व क्षेत्र नं. १ बाट पूर्ण बहादुर घर्ती विजयी भए । घर्तीले १२ हजार २६२ मत प्राप्त गरी विजयी भएका हुन् । दाङ २ मा रेखा शर्मा विजयी भइन् । उनले २६ हजार ८८० मत प्राप्त गरेकी हुन् ।

राप्रपाः राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट बाँके २ मा धवलसमशेर जबरा विजयी भए । धवल समसेर जवराले २९ हजार ५७७ मत प्राप्त गरे भने पश्चिम नवलपरासी क्षेत्र नं. २ बाट ध्रुवबहादुर प्रधान विजयी भए । प्रधानले ३४ हजार ४५९ मत प्राप्त गरेका हुन । रुपन्देही क्षेत्र नं. ३ मा दीपक बोहोरा विजयी भए । बोहराले ३६ हजार ७१७ मत पाएका थिए ।

एमाजबादीः एकीकृत समाजवादीबाट दाङ १ मा मेटमणि चौधरी विजयी भए । मेटमणि चौधरीले २६ हजार ५६३ मत प्राप्त गरेका थिए ।
लोसपाः लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले रुपन्देही ४ मा विजयी हासिल गरेको छ । त्यहाँ सर्वेन्द्रनाथ शुक्ल विजयी भए । उनले २८ हजार मतले विजयी भएका हुन् ।

स्वतन्त्रः बर्दिया २ बाट भने स्वतन्त्र उम्मेदवार लालवीर चौधरी विजयी भए । उनले २६ हजार ५२० मत प्राप्त गर्दा माओवादीका सुरेश पन्थले २६ हजार ३८४ मत प्राप्त गरे ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?