ट्रेंडिंग:

>> मिराज ढुंगानाले मागे प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा >> एकैपटक १३ उपसचिव र १८ शाखा अधिकृत सरुवा >> जनार्दन शर्माको गृहजिल्लामा माओवादीको सम्पत्ति नेकपा र प्रलोपाको नाममा भागबण्डा गरियो >> मानव अधिकार आयोगमा एक वर्षमा १०५ वटा नयाँ उजुरी दर्ता >> प्रदीप अधिकारीसहितको मुद्दा दर्ताका लागि अख्तियारको तयारी >> सिंहदरबार अवलोकनमा पूर्वराष्ट्रपति भण्डारी, प्रधानमन्त्रीसँग भेटवार्ता पनि >> मलेखु–मुग्लिङ सडकखण्डमा २ बस एक आपसमा ठोक्किए >> लुम्बिनी निर्माण व्यवसायी संघले १८औँ निर्माण दिवस सामाजिक सेवासहित मनाउँदै >> गुल्मीमा यस वर्ष सुन्तला उत्पादनमा कमी >> एनसेल फाउन्डेसनले एनपीएलका चौका बापत दुई हजार बढी शैक्षिक सामग्री वितरण गर्ने >> देशकै नमुना तीन मुखे पुल हस्तान्तरण नै भएन >> ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु  >> बाँके र बर्दियालाई टुक्राउने षड्यन्त्रविरुद्ध थारु युवाहरु एकजुट >> क्यानका महानिर्देशक अधिकारीको भ्रष्टाचार मुद्दामा थुनछेक बहस >> प्रदीप ज्ञवाली भन्छन् : देश जलाउनेलाई नो भनौँ >> प्रत्यक्षतर्फ उम्मेदवार बन्न रास्वपाले तोक्यो २५ हजार शुल्क >> मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले गरे शपथ ग्रहण >> खजुरीको पफ बजारबाट फिर्ता लिन विभागको निर्देशन, ट्रान्स फ्याट मात्रा उच्च >> जसपा लुम्बिनी प्रदेशको नेतृत्वमा पठान >> मधेसका नवनियुक्त मुख्यमन्त्री यादवले शपथ लिँदै >> कोल्याटर बेचेर फाइदा उठाउने प्रवृत्ति करप्सन हो : गभर्नर पौडेल >> हेटौंडा बजार क्षेत्रमा ५ सयभन्दा बढी घर भत्काइयो >> सुनको मूल्य २०० रुपैयाँले घट्यो, चाँदीको कति ? >> गोकुल बास्कोटा भन्छन् : प्रतिनिधि छनोटमा पाखुरा सुर्किने प्रवृत्ति घातक >> जनार्दन शर्मालाई गृहजिल्लामा कार्यकर्ताहरुले देखाए कालोझण्डा >> ओली कुटीलाई लिएर शिक्षामन्त्री पुनको कटाक्ष- इञ्जिनियरलाई कारबाही गर्नुपर्छ >> दार्चुलामा ४.६ म्याग्निच्युडको भूकम्प >> रामग्रामका संघाराम क्षेत्रको पोखरी संरक्षणमा बौद्ध भिक्षुको चासो >> मिचाहा वनस्पतिको बिस्तारः संरक्षणमा चुनौती >> नेपाली आकाश सुरक्षित हुने कहिले ?  >> सुख्खा ग्रस्त गाउँमा हरियाली: शिक्षक दिलबहादुर बने प्रेरणाका स्रोत >> धानको रैथाने जात संरक्षण गर्दै गङ्गानारायण >> समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु >> सचेतना र गरिबीले गुम्दै आँखाको ज्योति >> नागरिकता नपाएर बाबु–छोरीको आत्महत्या, प्रधानमन्त्री कार्कीको सार्वजनिक माफी >> एनपीएलमा लिग चरणको अन्तिम खेल आज : जनकपुर र कर्णाली भिड्दै >> गोवाको नाइट क्लबमा सिलिन्डर विस्फोट : २३ जनाको मृत्यु >> इभी लहरः दाङमा नयाँ ट्रेन्ड >> मधेसबाट सुरु भएको नयाँ समीकरण बाँकी प्रदेशमा पनि अगाडि बढ्छ : प्रचण्ड >> चौरासीपूजामा ज्वाइँहरूको अनौठो सम्मान : ८४ वर्षीया केशरी पाण्डेको जीवनीसहितको पुस्तक विमोचन >> ओलीको प्रश्न– फेरि दलकै सरकार नबनेर हाहुकै भरमा चल्ने हो र ? >> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर >> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर

नेपाली चेलीको रोदन कसले सुन्ने ?

१२ मंसिर २०७९, सोमबार
१२ मंसिर २०७९, सोमबार

मंसिर ४ को निर्वाचन सम्पन्न भएर नेपाली जनता परिणाम सुन्न आतुर भैरहेका थिए, त्यही बेला विदेशमा कामको खोजीमा पुगेकी एक नेपाली चेलीको शारीरिक यातनाको पीडासहितको दर्दनाक भिडियो बाहिरिदै थियो । नेपाली जनता नयाँ जनादेशमार्फत नयाँ सरकार निर्माण भएर सुनौलो नेपालको परिकल्पना गरिरहेको बेला बिदेशबाट बाहिरिएको नेपाली चेलीको दर्दनाक भिडियोले एकपटक नेपाली शासकलाई गहिरिएर सोँच्न बाध्य बनाएको छ । आखिर नेपाली चेलीले यस्तो पीडा कहिलेसम्म सहनुपर्ने ? कतिञ्जेल नारकीय जीवन व्यतित गर्नुपर्ने ? नेपालमा लैंगिक हिंसाविरुद्धको १६ दिने अभियानमा महिला हिंसाको चर्चा भैरहेको बेला विदेशमा नेपाली चेलीले पाएको पीडाको चर्चामात्र पनि हुँदैन । त्यसो त बिदेसिनु नेपाली चेलीको रहर मात्र नभई, बाध्यता हो । तर नेपालीको त्यही बाध्यतालाई दुरुपयोग गर्ने काम भैरहेको छ । आखिर नेपाली युवा युवती विदेशमा कतिञ्जेल रगत पसिना वगाउनु पर्ने हो ? विदेशी भूमिमा पसिना चुहाएर पनि स्वदेशी माटोका लागि युवाहरूको महत्वपूर्ण योगदान छ । अर्थात उनीहरूले पठाएको रेमिट्यान्स नै देशको प्रमुख आयस्रोत बनिरहेको छ । विदेशमा युवाले चुहाएको रगत र पसिनाबाट कमाएको पैसा स्वदेशमा आउँदा सरकारले गौरव महसुस गर्छ तर तिनै पसिना चुहाउनेहरू समस्यामा पर्दा भने बेखबर जस्तै बन्छ । सन्दर्भ अहिलेको मात्र होइन, देश रेमिटान्समा बाँचीरहेको छ । समस्या पर्दा भने सरकार औपचारिकताका पुलिन्दा अघि सार्छ, समस्याबाट ‘पुच्छर लुकाएर’ भाग्ने कोसिस गर्छ । नेपालमा २०४६ सालयता बनेका हरेक सरकारले यही निरिहता प्रकट गर्दै युवालाई विदेशको भडखालोमा जाक्ने काम गरिरहेका छन । युवालाई नेपालमै रोजगारीको विषयमा सम्वोधनसम्म गर्दैनन् ।

बैदेशिक रोजगारीका क्रममा सबैभन्दा बढी नेपाली घरेलु कामदारका रुपमा खाडीका विभिन्न मुलुकमा जाने गरेका छन् । त्यसमा नेपाली युवतीहरुको बाहूल्यता छ । त्यसरी गएका युवतीहरु अहिलेपनि भाषागत ज्ञानको अभावमा दोहोरो सञ्चारमा समस्या, सोचेको भन्दा फरक काम, घेरै घण्टा काममा घोटिनुपर्दा पनि धेरै दुःख पाएका छन् । नेपालीहरु श्रम शोषणमा मात्र होइन शारीरिक र मानसिक शोषण अर्थात घरेलु हिंसामा पर्ने गरेका छन् । वैदेशिक रोजगारीमा जानेहरु धेरै ठगिएका छन् । सामान्य कुरा नजान्दा कतिपयले सजाय पाएका छन् । नेपाली युवाहरु विदेशमा बन्दी जीवन जिउन बाध्य छन् । नेपाली चेलीको पीडा जस्तै थुप्रै युवाहरू विदेशमा अलपत्र छन । स्वदेशमै रोजगारीका अवसर र आर्थिकरूपमा सुरक्षित भविष्यको निर्धारण नगरेसम्म नेपाली युवाहरू हरेक दिन विदेश गइरहनुपर्छ, रेमिट्यान्स पठाइरहनुपर्छ । स्वदेशी उत्पादन विदेश निर्यात गर्नुपर्ने सरकारले युवा निर्यात गरिरहनेछ । नेपालीलाई चेलीमाथि पीडा दिने काममा पहिलो दोषी नेपाली नै छन । नेपाली दलाल र म्यानपावर कम्पनीले एउटा काम भनेर विदेश पठाउँछन्, त्यहाँ पुगेपछि थोरै पैसामा अर्कै काममा लगाउने गर्छन । असन्तुष्टी जनाए मानसिक यातनामात्र होइन शारीरिक पीडा समेत दिइन्छ । अव बन्ने सरकारले विदेशमा कामदार पठाउने म्यानपावर कम्पनीमाथि कडाइ गर्नैैपर्छ । आखिर नेपाली चेलीको रोदन कहिलेसम्म ? अव नयाँ बन्ने सरकारले यसको जवाफ दिनुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?