Butwal Today

दाङमा ६४ जना उम्मेदवारको जमानत जफत

१२ मंसिर २०७९, सोमबार
अ+
अ-

दाङ, १२ मंसिर ।

दाङमा प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा सहभागी मध्ये ६४ जना उमेदवारको जमानत जफत भएको छ । ३ प्रतिनिधि सभा र ६ प्रदेशसभा रहेको दाङमा कुल सदर मतको १० प्रतिशत मत नल्याउने ६४ उमेदवारको जमानत जफत भएको प्रदेश निर्वाचन कार्यालय दाङले जनाएको छ ।

जमानत जोगाउन नसक्नेमा ७ जना महिला र ५७ जना पुरुष उमेदवार रहेका छन् । प्रदेश निर्वाचन कार्यालय दाङका निर्वाचन अधिकारी नारायण भण्डारीका अनुसार क्षेत्र नम्बर १ मा १७, क्षेत्र नम्बर २ मा २० र क्षेत्र नम्बर ३ मा २७ जना उमेदवारको जमानत जफत भएको हो ।