ट्रेंडिंग:

>> ओलीको प्रश्न– फेरि दलकै सरकार नबनेर हाहुकै भरमा चल्ने हो र ? >> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर >> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण 
संघर्षपछिको सफलता

चार दशकपछि चुनाव जितेका गुप्ता भन्छन्–‘जनताको सेवक बनेर काम गर्नेछु’

१० मंसिर २०७९, शनिबार
१० मंसिर २०७९, शनिबार

चन्द्रौटा (कपिलवस्तु), १० मंसिर ।

भनिन्छ ः “परिश्रम गरे फल अवश्य पाइन्छ” मंगल प्रसाद गुप्ता त्यसै अनुरुप करिब चार दशकदेखिको लामो संघर्ष गर्दै आएका एक उदाहरण हुन् । नेपाल कम्युनिष्ट पार्टी एमालेका केन्द्रीय सल्लाहकार सदस्य समेत रहेका गुप्ता पञ्चायतकालदेखि विभिन्न पार्टीबाट निर्वाचन लडे पनि पराजित हुँदै आएका थिए ।

गतवर्ष पुस ८ गते नेकपा एमालेमा प्रवेश गरेका उनी एक वर्ष पूरा नहुँदै टिकट पाएर कपिलवस्तु क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार बने । एमाले उम्मेदवार बनेका गुप्ता यसपटक विजयी भएका छन् । गुप्ताले २२ हजार ६ सय १९ मत प्राप्त गरी विजयी भएका हुन् ।

सत्ता गठबन्धनको तर्फबाट उम्मेदवार बनेका कांग्रेसका अभिषेक शाहले १८ हजार ९ सय ८२ मत प्राप्त गरेका थिए । एमाले उम्मेदवार गुप्ताले ३ हजार ६ सय ३७ मतान्तरले गठबन्धनका उम्मेदवार शाहलाई हराएका हुन् । गुप्ताको अहिले निर्वाचनको जितपछि कपिलवस्तुमा पहिलोपटक सांसद बन्ने बाटो खुलेको छ ।

पञ्चायत कालदेखि संसदीय चुनाव लड्दै आएका गुप्ताले अहिले सम्म जित निकाल्न सकेका थिएनन् । तर अहिले एमालेबाट यो निर्वाचनमा भने उनको जित भएको हो । पञ्चायत, नेपाली कांग्रेस, मधेश केन्द्रित गरी विभिन्न ५ दलबाट पटक–पटक चुनाव हार्दै यहाँ सम्म आएका गुप्तालाई करिब एक वर्ष अगाडि बहादुरगञ्जमा नेकपा एमाले अध्यक्ष केपी ओलीले प्रवेश गराएका थिए । जीवनको उत्तराद्र्धमा पुगेका गुप्ताले यसपटक एमालेबाट चुनाव जितेर आफ्नो धोको पूरा गरेका छन् ।

कपिलवस्तु क्षेत्र नम्बर ३ बाट २०७४ को प्रतिनिधि सभा सदस्य निर्वाचनमा गुप्ताले दोस्रो स्थान हात पारेका थिए । नेपाली काँग्रेसका अभिषेक प्रताप शाहले २० हजार मत प्राप्त गरेर जित्दा उनले करिब १६ हजार मत प्राप्त गरेका थिए । पश्चिम कपिलवस्तुका लोकप्रिय नेता मंगल गुप्ता एमाले प्रवेशपछि एमाले झनै बलियो भएको छ । गुप्ताको नतिजाले अहिले त्यसलाई प्रमाणित समेत गरेको छ ।

लामो समय कपिलवस्तुमा राजनीति गरेका मंगल प्रसाद गुप्ता कांग्रेस, तमलोपा, फोरमबाट चुनावी प्रतिस्पर्धामा रहेका थिए । २०४७ र २०५६ मा नेपाली कांग्रेसबाट उम्मेदवार भएका उनी २०७० मा तमलोपा र २०७४ मा फोरमबाट लडेका थिए । तर सबै चुनावमा उनी थोरै मतले पराजित हुँदै आएका हुन् । छोराबुहारी अमेरिकामा रहेका ७४ वर्षीय गुप्ता पनि जाने आउने गर्दछन् । कपिलवस्तुको कृष्णनगर क्षेत्रमा लामो समय राजनीति गरेका उनको एमाले प्रवेशसँगै सो क्षेत्रमा एमाले बलियो छ ।

हालको निर्वाचन प्रकृया सुरु भएसँगै एमालेले उनलाई टिकट दिने कुरा टुंगिएको थियो । त्यो सँगै उनी प्रचारमा लागेका होम्मिएका थिए । चुनावी अभियानमा यहाँका बलियो उम्मेदवार मानिएका कांग्रेसका शाहले सहजै चुनाव जित्न सक्ने धेरैले आंकलन थिए । विभिन्न सर्वेक्षणले समेत शाहले निर्वाचन जित्ने आधार देखे पनि परिणाम भने उल्टो आएको छ ।

एमालेका नेता गुप्तासँग कांग्रेसका उम्मेदवार शाह चुनावी मैदानमा थिए । उम्मेदवार कांग्रेसका शाहलाई सत्ता गठबन्धनको बलियो साथ थियो । विभिन्न दलबाट लगातार तीन पटक निर्वाचित हुँदै आएका शाहलाई यस पटक हार बेहोर्नु प¥यो । शाह २०६४ र २०६९ मा मधेशवादी दलबाट जितेका थिए । उनी २०७४ सालमा कांग्रेसबाट जीत हात पारेका थिए । सत्ता गठबन्धनमा रहेका शेर बहादुर देउवा निकट मानिएका शाहलाई चौथो पटक चुनाव जितेर मन्त्री बन्ने प्रयासमा ब्रेक लागेको छ । शाह २०६४ मा तमलोपा, २०७० सालमा संघीय समाजवादी हुँदै २०७४ मा नेपाली कांग्रेस प्रवेश गरेर चुनाव लडेर जितेका थिए ।

कपिलवस्तुको शाह परिवारका सदस्य रहेका उनी अघिल्लो निर्वाचन अघि कांग्रेस प्रवेश गरेर चुनाव जितेका थिए । पार्टीको केन्द्रीय सदस्य बनिसकेका उनलाई अहिले भने पहिलो पटक नेकपा एमालेमा प्रवेशपछि टिकट ल्याउन सफल भई शाहको १७ वर्षे विरासत तोड्न सफल भए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?