ट्रेंडिंग:

>> अर्घाखाँची सिमेन्टको गुणस्तरमा गम्भीर त्रुटि >> उम्मेदवार सिफारिसमा ‘एकलौटी निर्णय’ : कांग्रेसभित्रै उर्लियो असन्तोष >> लोकसेवाले जोड्यो नाता : एउटै कार्यालयमा गुरु–चेलाको संगत >> कालिका कलेजको १२ औं वार्षिकोत्सव सम्पन्न >> नवलपरासी काङ्ग्रेसमा समीकरण फेरिने संकेत, चौधरीको नाम सिफारिस नगर्न सन्तुको अडान >> काठमाण्डु गोर्खाजलाई हराउँदै लुम्बिनी लायन्स दोस्रो क्वालिफायरमा प्रवेश >> मैले कुनै झोकमा उम्मेदवारी घोषणा गरेको छैन: ईश्वर पोखरेल >> काठमान्डु गोर्खा लुम्बिनीविरुद्ध पहिले ब्याटिङ गर्दै >> सेयर बजार २६०६ अंकमा झर्‍यो >> विश्वविद्यालयमा प्रधानमन्त्री कुलपति हुने व्यवस्थामा संशोधन हुने : प्रधानमन्त्री कार्की >> भ्रष्टाचार अन्त्य र सुशासनका लागि सरकारको विशेष ध्यान छ : सञ्चारमन्त्री खरेल >> भन्सार विभाग र एजेन्टबिच सहमति, देशभरका भन्सार कार्यालय खुल्ने >> सहकारी सञ्चालकहरूलाई दोहोरो पद तत्काल छाड्न विभागको निर्देशन >> इन्डोनेसियाको जाकार्तामा कार्यालय भवनमा आगलागी, २२ जनाको मृत्यु >> एमाले राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधिहरुको टुंगो लाग्यो >> सरकारले जेन–जी आन्दोलनको लक्ष्यअनुसार काम गरिरहेको छ : स्वास्थ्यमन्त्री गौतम >> आज सुनको मूल्य तोलामा २ सय रुपैयाँले बढ्यो >> डीएसपी मधु नेपाल बहुविवाहको कसुरमा पक्राउ >> मनोज सिलवाल भन्छन्– ७८ दिन जिम्मेवार भएर काम गरेँ >> मानव अधिकारको सबैभन्दा ठूलो चुनौती भ्रष्टाचार हो : प्रधानमन्त्री कार्की >> राष्ट्रिय महाधिवेशनमा नीतिगत बहस गर्नु उपयुक्त होइन- प्रदीप ज्ञवाली >> हितेन्द्र भन्छन् – अबको साढे तीन वर्ष सरकारसँग मिलेर काम गर्छु >> आज पनि देशभरका भन्सार कार्यालय बन्द >> प्राधिकरण फर्किए हितेन्द्रदेव शाक्य >> काठमाडौं–४ बाट कांग्रेसका महामन्त्री गगन थापाको नाम एकल सिफारिस >> रुपन्देही-३ बाट बालकृष्ण खाँणको नाम सर्वसम्मत सिफारिस >> कांग्रेसको सभापतिमा उम्मेदवारी दिने चन्द्र भण्डारीको घोषणा >> अक्षय थारु बाख्रा गोठालो देखि ‘स्टेज स्टारसम्म’ >> ‘मानव अधिकार अझै चिन्ताजनक’  >> भन्सार एजेन्टद्वारा ‘पेन डाउन’ को घोषणा >> स्वास्थ्य बिमामा सुविधा भन्दा ‘सास्ती’ बढी >> अष्ट्रेलियामा १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लागू >> विशेष अदालतमा प्रदीप अधिकारीको बयान: पोखरा विमानस्थलको लागत बढाउन मेरो भूमिका छैन >> एनपीएल : आज एलिमिनेटरमा भिड्दै काठमान्डु र लुम्बिनी, एउटा बाहिरिने >> नयाँ वर्षको स्वागत सहित जलजला समाज कतारको शुभकामना आदान–प्रदान  >> पेशा संकटमा परेपछि अश्वपालक महिलाहरू सिलाइ–कटाइतर्फ >> एक वर्षमा १७४ नयाँ कुष्ठरोगीः बाँके–बर्दियामा जोखिम अझै कायम >> लैङ्गिक हिंसा रोकथाममा ‘डिजिटल सचेतना’ अपरिहार्य >> तानसेनमा नेपाली कम्युनिष्ट पार्टी पाल्पाको एकता सन्देश सभा  >> विराटनगरलाई हराउँदै सुदूरपश्चिम लगातार दोस्रो पटक एनपीएलको फाइनलमा >> भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवसमा शान्ति समाज रुपन्देहीको प्रदर्शन >> सर्वोच्चको परमादेशपछि विदामा बसे सिलवाल, हितेन्द्रले बुधबारदेखि कार्यभार सम्हाल्ने >> इ–सिम दुरुपयोग प्रकरणमा एनसेलको गम्भीर ध्यानाकर्षण >> सुदूरपश्चिमले विराटनगरलाई दियो १५६ रनको लक्ष्य >> राप्रपाकी सांसद कञ्चन बिच्छालाई पदमुक्त नगर्न सर्वोच्चको आदेश >> विराटनगरले सुदूरपश्चिमविरुद्ध बलिङ गर्दै >> यी हुन् मन्त्रिपरिषद्ले लिएका १८ निर्णयहरू (सूचीसहित) >> टीओबी समूहका तेन्जिन विरुद्ध लागुऔषध र फर्जी नागरिकतासम्मको मुद्दा दर्ता >> शाहको एकल सिफारिसमा इतर पक्षको आपत्ति >> २०४६ यताको सबै उच्च पदस्थको सम्पत्ति छानबिन गरिनुपर्छ: प्रचण्ड

सल्यानका सबै सिटमा गठबन्धनका उम्मेदवारहरु विजयी

८ मंसिर २०७९, बिहीबार
८ मंसिर २०७९, बिहीबार

सल्यान, ८ मंसिर ।

सल्यानको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका सबै सिटमा गठबन्धनका उम्मेदवारहरुले जीत दर्ता गराएका छन् । एक मात्रै प्रतिनिधिसभा रहेको सल्यानमा गठबन्धनका साझा उम्मेवार एकीकृत समाजवादीका उपमहासचिव प्रकाश ज्वाला विजयी भएका छन् ।

कुल ८४ हजार २२ मत खसेको सल्यानमा ज्वालाले ३५ हजार ७ सय मतका साथ विजयी भएका हुन् । उनका प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार राजेन्द्र बहादुर शाहले १९ हजार ७ सय ८९ मत ल्याएका छन् । शाह कांग्रेसबाट राजीनामा दिएर गठबन्धन विरुद्ध चुनाव लडेका थिए । ज्वालाले शाहलाइ १५ हजार ९ सय ११ मतको फराकिलो अन्तरले हराएका हुन् ।

नेकपा एमालेका उम्मेदवार राजेन्द्रवीर रायले १३ हजार ०२९ मत प्राप्त गरेका छ्न । प्रतिनिधि सभा तर्फ जम्मा खसेको ८३ हजार ६ सय ७४ मत मध्ये सदर मत ७६ हजार ३ सय ५ र बदर ७ हजार ३ सय ६९ रहेको थियो ।

प्रदेशसभा (१) मा शर्मा र (२) मा अधिकारी

यस्तै दुई वटा प्रदेश सभा रहेको सल्यानमा गठबन्धनकै उम्मेदवार विजयी भएका छ्न । सल्यान ‘१’ बाट नेकपा माओवादी केन्द्रबाट भिम प्रकाश शर्मा विजयी भएका छन् । उनले निकटतम प्रतिद्वन्दी नेकपा एमालेका कुल बहादुर गिरिलाई ८ हजार ०१८ मतान्तरले हराउँदै विजयी भएका हुन । शर्माले २२ हजार २ सय ४३ मत र गिरिले १४ हजार २ सय २५ मत प्राप्त गरेका छ्न् । प्रदेश ‘१’ तर्फ खसेको ४१ हजार १ सय ७६ मत मध्ये ३८ हजार ८ सय २८ सदर र २ हजार ३ सय ४८ बदर मत रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालय सल्यानले बताएको छ ।

यस्तै प्रदेश सभा ‘२’ बाट पनि गठबन्धन तर्फबाट नेपाली कांग्रेसका सुरेश अधिकार विजयी भएका छ्न । उनले निकतम प्रतिद्वन्द्वी नेकपा एमालेका गुलावजंग शाहलाइ ३ हजार ७ सय ९० मतान्तरले पछि पार्दै विजयी भएका हुन् । अधिकारीले २० हजार ४ सय ८ मत प्राप्त गरेका छ्न भने शाहले १६ हजार ६ सय १८ मत प्राप्त गरेका छ्न । खसेको जम्मा मत ४१ हजार ९ सय ६७ मध्ये ४० हजार ६९ मत सदर र १ हजार ८ सय ९८ मत बदर रहेको थियो ।

संसदीय निर्वाचनमा नेपाली कांग्रेसले सल्यानमा २८ वर्षपछि निर्वाचन जितेको हो । २०५१ सालको आम निर्वाचनपछि सल्यानमा कांग्रेसले संसदीय चुनाव जितेको थिएन । यसपटक गठबन्धनको बलमा कांग्रेसले सल्यान प्रदेशसभा (२) मा निर्वाचन जितेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?