Butwal Today

फुटपाथ अतिक्रमण रोक्न नागरिक समाजको अपिल

७ मंसिर २०७९, बुधबार
अ+
अ-

दाङ, ७ मंसिर ।

नागरिक समाज दाङले बजार क्षेत्रमा बढ्दो फुटपाथ अतिक्रमण रोक्न र बजारको सुन्दरतालाई जोगाएर राख्न सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ । समाजका संयोजक केबी मसालको अध्यक्षतामा बुधबार घोराहीमा बसेको नियमित बैठकले घोराही उपमहानगरपालिकाको बजार क्षेत्रका सडकपेटीमा व्यापारिक पसलहरु राख्ने गरिएको हुँदा सो क्षेत्रमा पैदलयात्रु र सवारीसाधन आवागमनमा भएको कठिनाई समाधान गर्न ध्यानाकर्षण गराएको हो ।

सार्वजनिक स्थलहरुमा बढ्दो अतिक्रमण रोकी बजारको सुन्दरता कायक गर्न र व्यवसायीहरुको वैकल्पिक व्यवस्थामा ध्यान दिन बजार व्यवस्थापन सरोकार समितिलगायत सम्बद्ध सबै निकायलाई अनुरोध गरिएको समाजका सचिव नारायणप्रसाद श्रेष्ठले बताए ।