Butwal Today

प्यूठानमा सूर्य थापा ४ हजार मतले अगाडि

७ मंसिर २०७९, बुधबार
अ+
अ-

प्यूठान, ७ मंसिर ।

प्यूठानको प्रतिनिधिसभा सदस्यमा एमालेका उम्मेदवार सूर्य थापाको मतान्तर निरन्तर उकालो लागेको छ । नौ स्थानीय तहमध्ये दिउँसो दुई बजेसम्म सात पालिकाको मतगणना सकिएको छ । सार्वजनिक नतिजा अनुसार थापा ४ हजार ६६ मतान्तरले अगाडि छन् ।

थापाले २७ हजार ९ सय ८९ र प्रतिस्पर्धी राष्ट्रिय जनमोर्चाकी दुर्गा पौडेलले २३ हजार ९ सय २३ मत लिएका छन् । अहिलेसम्म झिमरुक, मल्लरानी, ऐरावती, गौमुखी, सरुमारानी, नौवहिनी र माण्डवी गाउँपालिकाको मतगणना सकिएको छ । प्यूठान नगरपालिका र स्वर्गद्धारी नगरपालिकाको मतगणना जारी छ । जिल्लामा कुल ८८ हजार ९ सय ९८ मत खसेको छ ।