Butwal Today

समानुपातिकमा एमालेको अग्रता

६ मंसिर २०७९, मंगलवार
अ+
अ-

काठमाडौं, ६ मंसिर ।

समानुपातिक प्रणालीतर्फको प्राप्त पछिल्लो मतगणनाको परिणाम अनुसार नेकपा एमाले पहिलो स्थानमा छ । उसले हालसम्म ५५ हजार ४६८ मत प्राप्त गरेको छ भने दोस्रो स्थानमा रहेको नेपाली काँग्रेसले ४९ हजार ७४६ मत प्राप्त गरेको छ । त्यस्तै तेस्रो स्थानमा राष्ट्रिय स्वतन्त्र पार्टी छ । उसले २४ हजार ५७२ मत प्राप्त गर्दा नेकपा माओवादी केन्द्रले २१ हजार ५६३ मत प्राप्त गरेको छ । त्यसैगरी राप्रपाले ११ हजार ७५९ र जनता समाजवादी पार्टीले ३ हजार ८७० मत पाएका छन् ।