Butwal Today

रुपन्देही–२ मा विष्णु पौडेल ६५ मतले मात्र पछाडि

६ मंसिर २०७९, मंगलवार
अ+
अ-

बुटवल, ६ मंसिर ।

रुपन्देहीको निर्वाचन क्षेत्र नम्बर २ मा एमालेका विष्णु पौडेल ६५ मतले मात्र पछि परेका छन् । करिव ५०० ले पछाडि परेका पौडेलले मतान्तर घटाउँदै ६५ मा झारेका हुन् । पछिल्लो विवरण अनुसार राष्ट्रिय स्वतनत्र पार्टीका गणेश पौडेलले ४ हजार १३४ मत ल्याउँदा एमाले उपाध्यक्ष समेत रहेका पौडेलले ४ हजार ६९ मत ल्याएका छन् । यहाँ अहिलेसम्म १२ हजार ३०० मत मात्र गणना भएको छ । रुपन्देही–२ मा ८१ हजार २०२ मत खसेको थियो ।