Butwal Today
मतगणना अपडेट

ललितपुर–२ मा एमाले र कास्की–२ मा स्वतन्त्र पार्टीको सुरुवाती अग्रता

५ मंसिर २०७९, सोमबार
अ+
अ-

बुटवल, ५ मंसिर ।

आइतबार भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मतगणना केही स्थानमा सुरु भैसकेको छ । प्रतिनिधिसभा सदस्य अन्तर्गत ललितपुर क्षेत्र नम्बर २ मा मतगणना सुरु भएको छ ।

५ सय मत गणना हुँदा नेकपा एमालेले सुरुआती अग्रता लिएको छ । एमालेका उम्मेदवार प्रेमबहादुर महर्जनले ११७ मत पाएका छन् । यस्तै नेकपा एसका उम्मेदवार कृष्णलाल महर्जनले ९७ मत पाएका छन् ।

यस्तै राप्रपाका उम्मेदवार रघुवर राज थापाले ९० मत प्राप्त गर्दा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार बुद्धरत्न महर्जनले ९२ मत पाएका छन् ।

निर्वाचन कार्यालय कास्की क्षेत्र नं २ को मतगणना सुरु भएको छ । पोखरा–१५ वडा नम्बरबाट कोलपाटनको मतपेटिकाबाट गणना सुरु भएको हो ।

प्रतिनिधि सभा चुनावतर्फ ९ सय मत गणना हुँदा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार माधवप्रसाद कँडेलको अग्रता छ । उनले अहिलेसम्म ३ सय ८९ मत प्राप्त गरेका हुन् । त्यसै गरी नेकपा एमालेकी विद्या भट्टराईले २ सय ११ मत, नेकपा समाजवादीका श्रीनाथ बरालले १ सय ४४ मत, राष्ट्रिय प्रजातन्त्र पार्टीका सूर्वणराज पन्तले १ सय २ मत प्राप्त गरेका छन् ।