Butwal Today

दाङ–२ मा मतगणना सुरु

५ मंसिर २०७९, सोमबार
अ+
अ-

दाङ, ५ मंसिर ।

दाङ निर्वाचन क्षेत्र नम्बर –२ अन्तर्गतको मतगणना सुरु भएको छ । जिल्ला समन्वय समिति घोराहीको भवनमा दिउँसो १ बजे देखि मतगणना सुरु भएको हो । मुख्य निर्वाचन अधिकृत कृपासुर कार्कीले मतपेटिकाबाट मतपत्र खनाएर मतगणनाको सुरुवात गरेका हुन् ।

यो क्षेत्रमा नेकपा एमालेका महासचिव शंकर पोखरेल र नेकपा माओवादी केन्द्रका रेखा शर्मा बीचमा कडा प्रतिस्पर्धा रहेको छ ।