Butwal Today

दाङ–२ मा एमालेका शंकर पोखरेलको अग्रता

५ मंसिर २०७९, सोमबार
अ+
अ-

दाङ, ५ मंसिर ।

दाङ क्षेत्र नम्बर २ को मतगणना सुरु भएको छ । सुरुवाती ५०० सय मत गनिसक्दा लुम्बिनीका पूर्वमुख्यमन्त्रीसमेत रहेका नेकपा एमालेका शंकर पोखरेलले अग्रता बनाएका छन् ।
उनले दाङ २ मा १५४ मतसहित अग्रता लिएका हुन् । त्यहाँ उनलाई नेकपा माओवादी केन्द्रकी रेखा शर्माले पछ्याइरहेकी छन् ।

उनले १०८ मत ल्याउन सफल भएकी छन् । त्यहाँ राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारले २० मत ल्याएका छन् । त्यस्तै राप्रपाका उम्मेदवारलाई ४ मत खसेको छ ।