Butwal Today

चितवनमा रवि लामिछाने तेस्रोमा, एमालेका कृष्णभक्तको अग्रता

५ मंसिर २०७९, सोमबार
अ+
अ-

बुटवल, ५ मंसिर ।

यस आमनिर्वाचनमा सबैको चासोको विषय बनेको चितवनको क्षेत्र नम्बर २ मा मतगणना सुरु भएको छ । सुरुवाती गणनामा एमालेका कृष्णभक्त पोखरेलले अग्रता बनाएका छन् ।

सय मतको गण्ना सकिँदा पोखरेलले ५३ मतका साथ अग्रस्थान कायम गरेका हुन् । कांग्रेसका उमेशलाल श्रेष्ठले उनलाई पछ्याउँदै ३३ मत ल्याएका छन् । चर्चित उम्मेदवार राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेको ५ मत मात्र छ ।

विभिन्न सर्वेक्षणहरुले यस क्षेत्रमा रवि लामिछानेले जित्ने भविष्यवाणीहरु गरिरहेका छन् । त्यसले मत गणना अघि बढ्दा लामिछानेले छिट्टै अग्रता बनाउन उनका समर्थकको विश्वास छ ।